काठमाडौं १५ असार। धादिङको कृष्णभीरमा तीनवटा सवारीसाधन आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । दुर्घटनामा ज्यान गुमाउनेमा धादिङका श्यामकुमार श्रेष्ठ छन् । मृतक एकजना महिलाको पहिचान खुल्न सकेको छैन ।
प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी उपरीक्षक ९एसपी० दिपक थापाका अनुसार कृष्णभीरमा काठमाडौंबाट नारायणघाट जाँदै गरेको लु १ ख ९०७९ नम्बरको गाडीसँग नारायणघाटबाट काठमाडौं आउँदै गरेको बा २ ख ४५६७ र बा ३ ख १००४ नम्बरको माइक्रो एकआपसमा ठोक्किन पुगेका थिए ।
दुर्घटनाको कारण खुल्न सकेको छैन । घाइतेमध्ये १८ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको र अन्यको स्थानीय अस्पतालमा उपचार भइरहेको एसपी थापाले बताए ।