एसईई ग्रेड सुधारका लागि मौका परीक्षाको तालिका आयो

भक्तपुर, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले २०७५ मा सम्पन्न एसईईकाे पूरक परीक्षाकाे समय तालिका सार्वजनिक गरेको छ। गत साल चैतमा सम्पन्न एसईई परीक्षामा नियमित समूहबाट सम्मिलित भई बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ सी वा सीभन्दा तल ग्रेड ल्याएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित परीक्षार्थीका लागि पूरक परीक्षाको समय तालिका सार्वजनिक गरिएको हो। परीक्षा बोर्डले […]

अछाममा सडक भासिएर बस दुर्घटना , १५ जना घाइते

अछाम, १८ असार ।अछाम जिल्लाको साँफेबगर नगरपालिका–२, झकालेमा बुधबार बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परि १५ घाइते भएका छन् । घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी अछामले जनाएको छ ।घाइतेहरुको अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए। महेन्द्रनगरबाट बाजुराका लागि छुटेको ना७ख २५६४ नम्बरको बस सडकबाट […]

नेपाली चेली कञ्चनले पाइन ‘प्रिन्सेस डायना अवार्ड’

काठमाडौं : नेपाली चेली कञ्चन अमात्यले ‘प्रिन्सेस डायना अवार्ड’ पाएकी छन्। अमेरिकमा रहेर राष्ट्रसंघमार्फत् महिलाको आर्थिक सशक्तिकरणको अभियानमा रहेकी अमात्य उक्त अवार्ड पाउने पहिलो नेपाली हुन्। १९९७ मा प्रिन्सेस डायनाको कार दुर्घटनाबाट फ्रान्समा निधनपछि नै बेलायती राजपरिवारले मानवीयता र सामाजिक क्षेत्रमा काम गर्ने युवालाई उक्त अवार्ड डायनाको जन्मदिनमा दिँदै आएको छ। डायनाको सम्झनास्वरुप उक्त अवार्डको […]

चट्याङ लागेर एकै हप्तामा चारजनाको मृत्यु

घाेराही । दाङमा चट्याङ लागेर एक हप्तामा चारजनाको मृत्यु भएको छ। मंगलबार साँझ चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए। चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो। एकहप्ता अघि […]

अझै भेटिएनन चन्दननाथमा चोरिएका बहुमुल्य मूर्ति

खलङ्गा, १८ असार । जुम्लाको प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएको छैन । विसं २०७३ मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट ऐतिहासिक महत्वका मूर्ति चोरी भएका थिए । मन्दिरबाट मुख्य दत्तात्रयलगायत २१ थान मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विभिन्न विरोधका कार्यक्रम सञ्चालन गरेका […]

सरकारलाई आइफा अवार्ड रोक्न संसदीय समितिको निर्देशन

काठमाडौं, १७ असार । भारतीय चलचित्र पुरस्कार आईफाको कार्यक्रम रोक्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले सरकारका नाममा यस्तो निर्देशन जारी गरेको हो । समितिको मंगलबार बसेको बैठकले आइफा अवार्डसँग जोडिएर आएका कुराहरुप्रति चासो देखाउँदै छलफल गरेको थियो । बैठकपछि ननस्टपखबरसँग कुरा गर्दै समितिकी सभापति पवित्रा निरौलाले यो अवार्डले नेपालको […]

दिउँसै गोली हानेर ४ लाख लुटियो

बुटवल, १७ असार । बुटवल–रुपन्देहीमा गोली हानेर लुटपाट भएको छ। गैडहवा गाउँपालिका वडा नं. ४ की रेशम कुमारी मल्लले लुम्बिनीस्थित कृषिविकास बैंकबाट निकालेको ४ लाख रुपैयाँ मोटरसाईकलमा आएका व्यक्तिले लुटेको बताएको प्रहरीले जनाएको छ। अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेकी उनी चढेको इरिक्सामा गोली चलाएर ४ लाख लुटेको बताएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता धर्म […]

सिंहदरवार गेटमै समातिए सरकारी छाप र दस्तखत किर्ते गर्ने जोडी

काठमाडौं, १७ असार । काठमाडौं महानगरपालिका–११ सिंहदरबार दक्षिण गेट नजिकबाट सरकारी छाप र दस्तखत किर्ते गर्ने कार्यमा संलग्न काभ्रे धुलीखेल बस्ने बारा निजगढ घर भएकी ३३ वर्षीया लक्ष्मी अधिकारी र उनका श्रीमान ३८ वर्षीय राजन कुमार थापालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा सरकारी छाप र दस्तखत किर्ते गर्ने व्यक्ति रहेको भन्ने […]

चितवनमा घुमुवा प्रहरीका ठाउँमा सूचना संकलन तथा विश्लेषण टिम

चितवन, १७ असार । जिल्ला प्रहरी कार्यालय चितवनले सेवा प्रभावकारी बनाउन विभिन्न ३० बुँदे वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ। मंगलवार कार्यालयमा कार्यक्रम गरी ११ वटा मुख्य प्राथमिकताका आधारमा ३० बुँदे योजना सार्वजनिक गरेको हो। सार्वजनिक गरिएका प्राथमिकतामा प्रहरी संगठनको आन्तरिक सुदृढीकरण, जनशक्ति व्यवस्थापन, परिचालन गरी सेवा थप प्रभावकारी बनाउने, चोरी तस्करी, मानव बेचविखन, अनैतिक क्रियाकलाम […]

सिनामंगलमा दुई माइक्रोबस ठोक्किए, १६ जना घाइते

काठमाडाँै, १७ असार १७, काठमाडौँको सिनामंगलमा मंगलबार बिहान दुई माइक्रोबस ठोक्किएर भएको दुर्घटनामा १६ जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरी वृत गौशालाले जनाएको छ। मंगलबार बिहान करिब ५ बजे बा ४ ख ५१०० नम्बरको माइक्रोमा विपिरित दिशाबाट आउँदै गरेको बा १ झ ९७७६ नम्बरको अर्को माइक्रो ठक्कर खाँदा दुर्घटना […]