चट्याङ लागेर एकै हप्तामा चारजनाको मृत्यु

घाेराही । दाङमा चट्याङ लागेर एक हप्तामा चारजनाको मृत्यु भएको छ।

मंगलबार साँझ चट्याङ लाग्दा तुलसीपुर उपमहानगरपालिका– १५ पहेँलपुरका १८ वर्षीय सुमन चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए।

चट्याङ लागेर गम्भीर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मंगलबार राति मृत्यु भएको हो।

एकहप्ता अघि पनि चट्याङ लागेर दाङको लालमटियामा तीन जना बालकको ज्यान गएको थियो।

रुखमा चडेको बेला चट्याङ पर्दा उनीहरुको मृत्यु भएको थियो। घटनामा अर्का एक बालक गम्भीर घाइते भएका थिए।

Loading...