अछाममा सडक भासिएर बस दुर्घटना , १५ जना घाइते

अछाम, १८ असार ।अछाम जिल्लाको साँफेबगर नगरपालिका–२, झकालेमा बुधबार बिहान बस दुर्घटना भएको छ। दुर्घटनामा परि १५ घाइते भएका छन् । घाइते मध्ये ५ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी अछामले जनाएको छ ।घाइतेहरुको अहिले बयालपाटा अस्पतालमा उपचार भइरहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिए।

महेन्द्रनगरबाट बाजुराका लागि छुटेको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

विपरीत दिशाबाट आइरहेको अर्को सवारीसाधनलाई साइड दिने क्रममा सडक भासिएर बस खसेको प्रहरीले जनाएको छ । पहाडी इलाकामा सडकको न्युन गुणस्तरका कारण नेपालमा बर्सेनि सयौ दुर्घटना हुने गरेको पाइन्छ । येस्ता दुर्घटना रोक्न प्रभावकारी पहल भएको पाइदैन ।

Loading...