हरिवनमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ, ४ सय २२ जनालाई दिइयो रोजगारी

सर्लाहीको हरिवन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ४ सय २२ जनालाई रोजगारी दिएको छ । शनिवार विशेष कार्यक्रम गरि हरिवन नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको हो ।

नगरपालिकाले गत चैत्र २३ गतेदेखि बैशाख मसान्त सम्मको समय अबधी दिएर बेरोजगारहरुको लागि १ सय दिन बराबरको रोजगारी दिने उदेश्यले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आबेदन माग गरेको थियो । नगरपालिका भित्रबाट १ हजार ४ सय आबेदन परेका र तिनीहरु मध्ये रोजगार कार्यक्रमको मापदन्ड पूरा गरेका ४ सय २२ जना छनौटमा परेका रोजगार कार्यक्रमका नगर संयोजक प्रदिप महतोले जानकारी दिए ।

नगरपालिकालाई कार्यक्रम मार्फत प्राप्त २८ लाख बजेटबाट त्यस को ७० प्रतिशत श्रमिक मै खर्च गर्ने गरि छनौट मा परेकाहरुलाई  एक कार्यक्रमका बिच रोजगारी दिइएको हो ।

छनौटमा परेका हरु ले दैनिक ८ घण्टा काम गरे बापत ५ सय ७५ रुपैया पारिश्रमिक पाउने बताईएको छ । रोजगारीका लागि १८ बर्ष देखि ५८ बर्ष भित्रका धेरैजसो महिला दिदीबहिनी छनौटमा परेको नगरपालिकाले जनाएको छ ।

बेरोजगारहरुलाई बढीमा दस दिन सम्म नगरपालिकाले तोकेको वा समन्धित वडामा नै बगैँचा, फुलबारी निर्माण गोडमेल,तथा सरसफाई , झाडी बुट्यान हटाउने काम, शिबसागर पोखरी सरसफाई, वडा नम्बर ५ मा रहेको ५बिगाह जमिन को सरसफा,ई घेराबेरा लगाउने काम लगायतमा रोजगारी उपलब्ध गराइएको बताइएको छ ।

नगरपालिकाका उप प्रमुख रेनुका पौडेलको अध्यक्षता एवम नगरप्रमुख गणेश प्रसाईंको प्रमुख आतिथ्यतामा नगरपालिकाको नवनिर्मित भवनको प्राङ्गणमा गरिएको कार्यक्रममा बक्ताहरुले नगर बिकाशको काममा सानो ठूलो नभनी सामाजिक भावना सहित लाग्नपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिल्ला समन्वय समितीकि उप प्रमुख जमुना पौडेल, वडा अध्यक्ष शेष मेहबुब रेजा, समाजबादी पार्टिका संतोश भुजेल,नेपाली काङ्ग्रेसका रामशरण उप्रेती ,संचारकर्मी चुडामणी वाग्ले,नेकपाका नेता बिदुर कुमार प्याकुरेल, प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकाल, लगायतले आ आफ्नो धारणा राखेका थिए ।

Loading...