भदौ १ गतेदेखि सिन्धुपाल्चोकमा लकडाउनको घोषणा

सिन्धुपाल्चोक । छिमेकी जिल्लामा कोरोना सङ्क्रमण बढेको र जिल्लामा पनि सङ्क्रमण बढ्न सक्ने देखिएकाले भन्दै सिन्धुपाल्चोकमा भदौ १ गतेदेखि लकडाउन गर्ने निर्णय भएको छ। शनिबार बसेको जिल्ला कोभिड –१९ सङ्कट व्यवस्थापन समितिको बैठकले एक सातासम्मका लागि जिल्लामा बन्दाबन्दी गर्ने निर्णय गरेको हो। कोरोना नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनाका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य […]

शनिवार एकै दिन थपिए ४६८ कोरोना संक्रमित, काठमाडौंमा मात्रै ८० जना

काठमाडौं । आज नेपालभर थप ४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा देशभर थप ४६८ जनालाई कोरोना भाइरस रोग(कोभिड –१९) पुष्टि भएको जानकारी दिएको हो । ११ हजार ४७ पीसीआर परीक्षण गरिएकोमा ४६८ लाई कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । गौतमका […]

झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार !

झारफुक गर्ने बहानामा भाउजूलाई बलात्कार गरेको अभियाेग लागेका एक युवक पक्राउ परेका छन् । भाउजूकाे जाहेरीपछि सल्यान प्रहरीले देवरलाई पक्राउ गरेको हाे । सल्यान प्रहरीले जनाए अनुसार शारदा नगरपालिका ८ सिमखर्कका ३८ वर्षीय शंकर वली पक्राउ परेका हुन् । भाउजू नाता पर्ने ४० वर्षीया बिरामी महिलालाई झारफुक गरिदिन्छु भन्दै बलात्कार गरेको आरोपमा उनलाइ बिहीवार पक्राउ […]

कोरोनाबाट मृत्यु हुने १०० नाघ्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १०० नाघेको छ । पछिल्लो २४ घण्टामा धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका वरिष्ठ प्रशासक […]

राजधानीमा थपिए १२७ संक्रमित, काठमाडौंमा मात्र १११

काठमाडौं, २९ साउन । काठमाडौं उपत्यकामा बिहीबार १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले नयाँ संक्रमितकाबारे जानकारी दिदै उपत्यकामा संक्रमण दर तीब्र रहेकाे बताएकाे छ । उपत्यकाका तीन जिल्ला मध्ये काठमाडाैंमा संक्रमण दर बढ्दाे छ । मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १११ जना संक्रमित फेला परेका छन् । त्यसैगरी ललितपुरमा ११ […]

एकैदिन ५२५ संक्रमित थपिएसँगै २४,९५७ पुगे कोरोना पोजिटिभ

काठमाडौं । बिहीबार ५२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । गाैतमले हालसम्म सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ भने १४ हजार ७६९ जना […]

कोरोना लागेपछि दुई बैंक गरिए सिल

गुलरिया । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि दुई बैंक सिल गरिएको छ । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकामा रहेको मुक्तिनाथ विकास बैंक लिमिटेड र बर्दियाकै बढैयाताल गाउँपालिकामा रहेको सिटिजन बैंक लिमिटेडको शाखा कार्यालय सिल गरिएको हो । उक्त बैंकमा कार्यरत कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि सिल गरिएको बताइएको छ । अहिले ती दुबै बैंकका शाखाबाट कुनै कारोवार […]

एकैदिन कोरोनाले ११ को मृत्यु, थपिए ४८४ नयाँ संक्रमित

काठमाडौं, २८ साउन । कोरोना भाइरसबाट एकैदिन ११ जनाको ज्यान गएको छ । साथै बुधवार ४८४ जना संक्रमित थपिएका छन् । बुधवार सबैभन्दा धेरै संक्रमित थपिएका हुन् । यससँगै नेपालमा कूल संक्रमितको संख्या २४ हजार ४ सय ३२ भएको छ । संक्रमित मध्ये अहिलेसम्म ९२ जनाको मृत्यु भएको छ । अहिलेसम्म १६ हजार ७ सय […]

२ चिकित्सकसहित ६ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि, त्रिवि शिक्षण अस्पतालसहित राजधानीका २ ठूला अस्पताल सिल

काठमाडौं, २७ साउन । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा कार्यरत २ जना चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ । अस्पतालका चिकित्सकमा समेत कोरोना भाइरसको संक्रमण भएपछि अहिले बुधवार साँझ अबेर अस्पताल सिल गरिएको हो । कोरोना संक्रमण पुष्टि भएको खबर आउने बित्तिकै अस्पतालको मूल गेट बन्द गरेर सिल गरिएको त्यहाँ उपचारका लागि गएका विरामीले […]

कोरोनाका कारण सर्वोच्च अदालतका २ न्यायाधिश नै आइसोलेसनमा

काठमाडौं, २८ साउन । सर्वोच्च अदालतका दुई जना न्यायाधीश ‘सेल्फ आइसोलेसन’ मा बसेका छन् । सुरक्षामा खटिएका प्रहरीमा काेराेना पुष्टिभएपछि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलले आफूहरू ‘सेल्फ आइसोलेसन’ मा बसेको जानकारी दिएका हुन । न्यायाधीश खतिवडाको सुरक्षामा खटिएका एक जना सुरक्षाकर्मीको कोभिड–१९ रिपोर्ट पोजेटिभ आएकाे थियाे । ती सुरक्षाकर्मीको २६ साउनमा संकलन गरेको स्वाबको […]