काठमाडाैं । हरेक दिन कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा बढाएको छ । अहिलेसम्म कामपाले कन्ट्याक्ट ट्रेसिङको माध्यमबाट ३२ वटै वडामा दुई हजार ७७५ जनालाई परीक्षणको दायरामा ल्याएको छ। आज वडा ३१ मा ३०० जनाको परीक्षण भइरहेको छ। केही दिनअघि काठमाडौँ उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउने निर्णय गरेपछि कामपाले हरेक […]
समाज
श्रीमानलाई हत्या गरी डोकोमा लगेर भिरबाट खसालेको अभियोगमा महिला पक्राउ
बुटवल । रुकुम पश्चिममा आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई पक्राउ गरिएको छ । रुकुमको बाफिँकोट गाउँपालिका वार्ड नं. १० की २२ वर्षीया अन्जना पुन बुढालाई श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ गरिएको हो । ३६ वर्षीय श्रीमान भिमबहादुर बुढाको हत्या गरी भिरमा फालेको अभियोगमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरिक्षक […]
चंखेलीबाट २८ वर्षीया गर्भवतीलाई सेनाको हेलिकप्टरबाट उद्धार
हुम्ला, १८ भदाै । हुम्लाको चंखेली गाउँपालिकाबाट एक गर्भवती महिलालाई सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । चंखेली गाउँपालिकाको वार्ड नं. २ गर्खाबाट २८ वर्षीय गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरी सुर्खेत पु(याइएको हो । चंखेली गाउँपालिका वार्ड नं. २ की गर्भवती महिला पर्वा शाहीलाई उद्धार गरिएको हो । समय नै नपुगेर प्रसुति व्यथा लागेको र पाठ्घरमा […]
काठमाडौं उपत्यकामा ४४५, देशभर १२२८ कोरोनाका नयाँ संक्रमित भेटिए
१८ भदौ, काठमाडौं । बिहीबार १२२८ जना नयाँ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालामा १३४१३ नमूना परीक्षण गरिएकाेमा १२२८ नयाँ संक्रमित बिहीबार थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैभन्दा बढी संक्रमित काठमाडाैं उपत्यकामा देखिएकाे जनाएकाे छ । काठमाडौं उपत्यकामा बिहीबार ४४५ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमध्ये काठमाडौं जिल्लामा २५७, ललितपुरमा ४६ र […]
ढोरपाटनमा आएको बाढीले ९ जनाको मृत्यु, ३० बढी बेपत्ता
बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा बाढीले ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । ढाेरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा ठूलाे क्षति पुर्याएकाे हाे । सुकुर्दुङस्थित भूजी खोला आएको बाढीमा परी अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । त्यसैगरी अहिलेसम्म ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ […]
चितवनमा संक्रमितमध्ये एक चौथाइ स्वास्थ्यकर्मी
चितवन । जिल्लामा कोरोना सङ्क्रमण वढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव स्वास्थ्य क्षेत्रमा काम गर्नेमा परेको छ । हालसम्म सङ्क्रमित ७ सय ९६ मध्ये १ सय ९३ जना स्वास्थ्य क्षेत्रमा काम गर्ने छन्। विश्व स्वास्थ्य संगठनले स्वास्थ्य क्षेत्रमा काम गर्ने सबैलाई स्वास्थ्यकर्मीको रुपमा मानेको छ । सङ्क्रमित स्वास्थ्यकर्मीमा चिकित्सक, नर्स, पारामेडीक्स, एम्बुलेन्स चालक, सरसफाइकर्ता, अस्पताल प्रशासन […]
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो, आज थपिए ११२० संक्रमित
काठमाडौं, १७ भदौ । नेपालमा काेराेना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । मंगलबार एक हजार नाघेकाे संक्रमण बुधवार ११ सयभन्दा बढी देखिएकाे छ । बुधवार देशभरका प्रयाेगशालामा गरिएकाे परिक्षणाबाट ११२० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको […]
एकैसाथ चार बच्चालाई जन्म दिएकी महिलाको मृत्यु
जनकपुरधाम । जनकपुरधाममा चार बच्चाको जन्म दिने महिलाको आज दिउँसो मृत्यु भएको छ। धनुषाको विदेह नगरपालिका वडा नम्बर-७ जोगियाराकी २२ वर्षीय अरमाना खातुनले मंगलवार साँझ शल्यक्रिया मार्फत एकैपटक चार शिशुलाई जन्म दिएकी थिइन्। एकैपटकमा चारवटा बच्चा जन्माएपछि उनको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। तर दुर्भाग्य आज उनको मृत्यु भएको छ । अरमानाको फोक्सोमा पानी तथा […]
कोरोनाको उपचारपछि मात्रै क्यान्सरको उपचार
भरतपुर । कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पीसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका लागि आउने भएपछि अस्पतालले सङ्क्रमण फैलन नदिन सबै बिरामीको पीसीआर परीक्षण अनिवार्य गरेको हो । क्यान्सरका बिरामीको उपचारका क्रममा अन्य रोगसँग लड्ने क्षमता कमजोर हुने भएकाले […]
कोरोनाले आमा गुमाएको चार दिनमै भक्तपुरका ४० वर्षीय छोराको कोरोनाकै कारण मृत्यु
काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा मंगलबार राति भक्तपुरका ४० वर्षीया पुरुषको कोरोना भाइरसकाे संक्रमणका कारण मृत्यु भएको छ। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। चार दिनअघि मात्र ती पुरुषकी आमाको पनि कोरोनाकै कारण मृत्यु भएको छ। ६२ वर्षीया ती महिलाले पाटन अस्पतालमै ज्यान गुमाएकी थिइन्। १५ दिनअघि छोरामा कोरोना संक्रमण देखिएको थियो। लगत्तै उनलाई भेन्टिलेटरमा […]










