ढोरपाटनमा आएको बाढीले ९ जनाको मृत्यु, ३० बढी बेपत्ता

बागलुङ । बागलुङको ढोरपाटन क्षेत्रमा बाढीले ठूलाे जनधनकाे क्षति पुर्याएकाे छ । ढाेरपाटन नगरपालिका वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा ठूलाे क्षति पुर्याएकाे हाे । 

सुकुर्दुङस्थित भूजी खोला आएको बाढीमा परी अहिलेसम्म  मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । त्यसैगरी अहिलेसम्म ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले गाउँका घर बगाएर क्षति बनाएको छ।

मृत फेला परेका ९ जनामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ। अरु पाँच महिला र तीन पुरुषको पहिचान नभएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ । बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने बताएकाे छ । बाढी पीडित परिवारका सदस्यले दिएको जानकारीअनुसार बेपत्ताको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएकाे छ ।

अरिवरल वर्षासँगै बुधबार मध्ये रातिमा आएको बाढीले बस्तीका घर बगाएको घटनास्थलमा रहेका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

Loading...