संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो, आज थपिए ११२० संक्रमित

काठमाडौं, १७ भदौ । नेपालमा काेराेना भाइरसका संक्रमित दिनप्रतिदिन बढ्दै गएका छन् । मंगलबार एक हजार नाघेकाे संक्रमण बुधवार ११ सयभन्दा बढी देखिएकाे छ ।

बुधवार देशभरका प्रयाेगशालामा गरिएकाे परिक्षणाबाट ११२० जना कोरोना भाइरसका नयाँ संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा ३२० महिला र ८०० पुरुषमा संक्रमण पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ३८८ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लाका ३५०, ललितपुरका २९ र भक्तपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सुनसरीका ७३ जना, धनुषाका ६३, मोरङका ५३, सर्लाहीका ५०, पर्साका ४९, चितवनका ४२, बाँकेका ४१, जुम्लाका ३७, महोत्तरीका ३१, रुपन्देहीका २७, कास्कीका २४, बाराका २३, कालीकोटका २१, लमजुङका १९, रौतहटका १८, नवलपुरका १६, सिराहाका १५, कैलालीका १३, झापाका ११ र बझाङका ९ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

दाङका ६ जना, बर्दियाका ५, तनहुँका ४ जना, भोजपुर, नवलपुर र कञ्चनपुरका ३/३ जना, ओखलढुंगा, धनकुटा, धादिङ, सिन्धुपाल्चोक, रामेछाप र प्युठानका २/२ जना तथा उलयपुर, खोटाङ, पाँचथर, काभ्रे, नुवाकोट सिन्धुली, गोरखा, पर्वत, स्याङ्जा, अर्घाखाँची, पाल्पा, रोल्पा, दैलेख, अछाम, डडेलधुरा र बैतडीका १/१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको छ । त्यसमध्ये २५१ जनाको मृत्यु भएको छ भने २३ हजार २९० कोरोनामुक्त भएका छन् । उनीहरुमध्ये १११२ जना पछिल्लो २४ घण्टामा डिस्चार्ज भएका हुन् ।

Loading...