प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भेन्टिलेटरबाट हटाइयो

काठमाडौ, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार देखिएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मङ्गलबार भेन्टिलेटरमा राखिएकोमा आज बिहानदेखि त्यो हटाइएको छ । थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको जानकारी दिए । प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर उपचार भइरहेको छ । एपेन्डिसाइटिस सहित […]

उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालय तीन दिन बिदा

कास्की, ११ मंसिर । क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरेको हो । महानगर शैक्षिक प्रशासन महाशाखाका प्रमुख गङ्गाबहादुर […]

नेपाल प्रहरीको फुटबल टिमले अब नेपाल टेलिकमको प्रवद्र्धन गर्ने, मूख्य प्रयोजक बन्यो टेलिकम

काठमाडौं, ११ मंसिर । नेपाल प्रहरीको पुरुष तथा महिला फुटबल टिमको लागि नेपाल टेलिकम मूख्य प्रयोजक बनेको छ । टेलिकम एक वर्षका लागि भए मुख्य प्रायोजक बनेको हो । नेपाल टेलिकम र नेपाल प्रहरीबीच यस सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र नेपाल प्रहरीको तर्फबाट केन्द्रीय […]

वीर अस्पतालको २ सय रोपनी जग्गा पनि व्यक्तिको नाममा दर्ता, छानविन प्रतिवेदन नै गायव

काठमाडौं । वीर अस्पतालको गुठीको नाममा रहको दुई सय रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएकोे ठहरसहित २०६७ सालमा तयार भएको प्रतिवेदन गुपचुप राखी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले अर्को समिति गठन गरेको छ। तत्कालीन सहसचिव दुर्गा मानन्धरको नेतृत्वमा गठित वीर अस्पताल गुठी जग्गा छानबिन समितिले बुझाएको प्रतिवेदनमा अस्पताल गुठीको नाममा मुलुकभर रहेको करिब १४ […]

मेडिसिटी अस्पतालमा बरिष्ठ पत्रकार विनय कसजूको निधन

काठमाडौं, ११ मंसिर । वरिष्ठ पत्रकार विनय कसजूको निधन भएको छ। कात्तिक १९ गते निमोनियाका कारण ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका कसजुको मंगलबार दिउँसो निधन भएको हो। ‘अस्पतालले हामीलाई दिउँसो ३ बजे उहाँ हामीबीच नरहेको जानकारी गराएको छ’, उनको पारिवारिक सदस्य ओमिका प्रधानले जानकारी दिइन। कसजू सूचना आयोगका संस्थापक प्रमुख आयुक्त हुन्। सूचना हक […]

भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा पुल निर्माणमा समस्या

कञ्चनपुर १० मङ्सिर । सीमा क्षेत्रको शारदा ब्यारेजबाट भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा समस्या भएको छ । निर्माण कम्पनीले डाइभर्सन बनाएर काम गरिरहे पनि बेलाबेला पानी निर्माणस्थलमै पुग्ने गरेको छ । ‘काम रोकिएको छैन, तर जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका […]

सफल जीवन बनाउन पोर्चुगल पुगेका नेपालि सडकमै सुत्छन्

लिस्बन, पोर्चुगल १० मंसिर । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट रातो पासपोर्ट का कारण पोर्चुगल […]

मोटरसाइकलको ठक्करबाट १७ वर्षीय युवक घाइते

भक्तपुर, १० मङ्सिर । मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् ।घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ । पैदल हिडीरहेका उनलाई आज बिहान सवा ६ बजे बा ४४ प ७७६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको मध्यपुर […]

डाक्टर रमेशसिंह भण्डारीको टोलीद्वारा प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन

काठमाडौं, १० मंसिर । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट थालेको हो। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा दिव्या सिंहको टोली पनि अप्रेशन थिएटरमै रहेको […]

नक्कली नागरिकता बनाएर ३४ करोड  बैंकको रकम अनियमितता

काठमाडौँ , १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकको स्वयम्भू शाखामा १० महिना रहँदा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ । अनियमिततामा सघाएको आरोपमा अख्तियारले […]