गएराति जाजरकोटमा रात्रीबस दुर्घटना हुँदा ५ को मृत्यु २५ घाइते

सुर्खेत, १२ मंसिर । जाजरकोट कुदु नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहानै कुदुको खहरे खेला नजिक उक्त बस दुर्घटना भएको त्यहाँका स्थानीयले जनाएका छन् । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति […]

१५ मंसिरदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोकिने

काठमाडौँ । सर्वोच्च अदालतमा १५ मंसिरदेखि गोलाप्रथाबाट मुद्दाको पेसी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराबाहेकका न्यायाधीशहरूको फुलकोर्टको बिहीबार बसेको बैठकले १५ मंसिरबाट गोलाप्रथाबाट मुद्दाको पेसी तोक्ने निर्णय गरेको हो । गोलाप्रथासम्बन्धी नियमावली सोमबार राजपत्रमा प्रकाशित भएपछि बिहीबार फुलकोर्ट बैठक बसेर त्यसलाई कार्यान्वयन गर्ने गरी १५ मंसिरबाट लागु गर्ने निर्णय गरेको हो । गोलाप्रथाबाट […]

नारीलाई सम्मान गर्ने चलनको प्रचार गर्न १०८ कन्यापूजाको आयोजना

मङ्सिर ७ , काठमाडौँ।    काठमाडौंको बसन्तपुरमा १०८ कन्यापूजाको आयोजना गरिएको छ । महिला सशक्तिकरणको क्षेत्रमा काम गर्दै आएको ईनर ह्वील क्लब अफ कीर्तिपुर, टोखा, महालक्ष्मी र ईनर ह्वील क्लब अफ कीर्तिपुर मिलेनियल्सले संयुक्त रुपमा कन्यापूजाको आयोजना गरेको हो । ‘कन्यालाई नेपाली समाजमा कुमारी र तुलजा भवानीको रुपमा पूज्ने चलन छ । त्यसैले पनि नारीलाई […]

सिन्धुपाल्चोकको हेलम्बुमा गोठमा आगलागी, तीन बालकको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका सन्त तामाङ गोठमा आगलागी हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान […]

एनआरएनए कार्यसमितिलाई महाधिवेशन गराउन रोक

काठमाडौँ । गैर आवासीय नेपाली संघको वर्तमान कार्यसमितिलाई महाधिवेशन गराउन रोक लगाइएको छ । परराष्ट्र मन्त्रालयले पत्र लेख्दै वर्तमान कार्यसमितिको कार्यकाल पूरा भइसकेको भन्दै महत्वपूर्ण निर्णय पनि नगर्न निर्देशन दिएको छ । संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशन सन् २०२१ भित्रै गर्ने गरी संरक्षक परिषद्लाई मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले हाल संघमा विवाद देखिएको भन्दै […]

काठमाडौँ महानगरमा खुल्ला शारीरिक व्यायाम स्थल पार्क स्थापना

काठमाडौँ । काठमाडौँ महानगरको वडा १८ मा खुल्ला शारीरिक व्यायाम स्थल स्थापना गरिएको छ । पुष्पलाल पार्कमा जडान गरिएका शारीरिक अभ्यास उपकरणको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आज उद्घाटन गर्नुभयो । त्यस क्रममा बोल्दै प्रमुख शाक्यले, महानगर क्षेत्रभित्रका खुल्ला ठाउँलाई उपयोग गर्न स्थानीयलाई आग्रह गर्नुभयो । ‘हामीले खुल्ला गरेर पार्कका रुपमा विकास गरेका ठाउँहरु स्थानीयका लागि […]

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सप्तरी – जिल्लाको बोदेबरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । गए राति भएको दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका […]

पशुपतिनाथमा रामदेवको योग शिविर

काठमाडौँ । योग गुरु बाबा रामदेवले पशुपतिनाथ मन्दिर क्षेत्रमा योग अभ्यास गराएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोषको आयोजनमा रामदेवले मन्दिर परिसरस्थित हंस मण्डपमा योगाभ्यास गराएका हुन् । शिविरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले पनि सहभागी थिए । शिविरमा योग गर्न चाहनेलाई निःशुल्क प्रवेश दिइएको […]

नेपाल प्रहरीका १३ इन्सपेक्टर डीएसपीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका १३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) बढुवाका लागि सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालय बढुवा समिति सचिवालयले शनिबार राति १३ जना इन्सपेक्टरलाई प्रहरी नायव उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा समितिका सदस्य सचिव एआईजी विश्वराज पोखरेलकाअनुसार एक नम्बरमा अनिशकुमार कर्ण (साइबर ब्यूरो) सिफारिस भएका छन् । यस्तै […]

महिला क्रिकेटलाई ऐतिहासिक शृंखला

काठमाडौँ । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले कतारविरुद्धको तीन टी–ट्वान्टी खेलको शृंखला जितेको छ । बुधबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई ६१ रनले पराजित गर्दै एक खेल अगावै शृंखला २–० ले आफ्नो पक्षमा पारेको हो । योसँगै नेपालले पहिलो पटक खेलेको अन्तर्राष्ट्रिय क्रिकेट शृंखला हात पारेको छ । मंगलबार भएको पहिलो खेलमा नेपालले कतारलाई एक […]