काठमाडौँ – कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्ष बोर्डको शुक्रबार बिहान बसेको बैठकले नतिजा सार्वजनिक गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन भएको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । कोरोना भाइरसको महामारीका कारण परीक्षाको तालिका सार्वजनिक गरेर […]
समाज
प्रधानन्यायाधीश अस्पतालबाट डिस्चार्ज
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अस्पतालबाट स्वास्थ्यलाभपछि डिस्चार्ज भएका छन् । मंसिर १३ गते कोभिड निमोनियाको उपचारका लागि सशस्त्र प्रहरी अस्पताल भर्ना भएका प्रधानन्यायाधीश राणा आज बिहान साढे ९ बजे डिस्चार्ज भएको अस्पतालले जनाएको छ । प्रधानन्यायाधीश राणा आज घरमै आराम गर्ने र आइतवारदेखि सर्वोच्च अदालत जाने पारिवारिक स्रोतले जनाएको छ । राणा अस्पताल […]
ए डिभिजन लिगमा आजदेखि तेस्रो चरणका खेल सुरु हुँदै
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा बिहीबारदेखि तेस्रो चरणका खेल सुरु हुँदैछन्। तेस्रो चरण अन्तर्गत शुक्रबार दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने पहिलो खेलमा थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा च्यासल युथ क्लबलाई हराएको थ्री स्टार क्लबले दोस्रो खेलमा सातदोबाटो युथ क्लबसँग […]
धरहराको टुप्पाबाट ’नेपाल आइडल सिजन-४’ प्रसारणको डेट घोषणा
काठमाडौं । राणाकालमा तत्कालिन शासक र राजाले धरहरा चढेर बिगुल फुक्ने र उपत्यकाबासीलाई जम्मा पार्ने इतिहास नयाँ कुरा हैन । नेपाल राज्यको इतिहासदेखि नै धरहरा र सूचनाको सम्बन्ध प्रगाढ रहँदै आएको छ । नेपाली इतिहासको यो किस्सालाई सांगीतिक रियालिटी सो नेपाल आइडलले पछ्याउने जमर्को गरेको छ । नेपाल आइडलले आफ्नो चौंथो सिजन प्रसारणको घोषणा पुनःनिर्मित […]
एनआरएनए निर्वाचन तालिका सार्वजनिक, डिसेम्बर २६ र २७ मा मतदान
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पछिल्लो पटक डिसेम्बर १५ तारिखमा निर्धारण गरेको नयाँ नेतृत्व चयनको निर्वाचन केही दिन हेरफेर गर्दै नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको छ । संघको बैठकले यसअघि १०औं अन्तर्राष्ट्रिय महाधिवेशन डिसेम्बर १९ र २० मा हुने र त्यो अगावै निर्वाचन हुने कार्यतालिका सार्वजनिक गर्दै डिसेम्बर १५ तारिखमा निर्वाचन मिति तय गरेको […]
महर्जन बिजनेस भवनमा व्यवसायीको आकर्षण बढ्दो
काठमाडौं, १४ मङ्सिर । राजधानीको सबैभन्दा ब्यस्त ब्यापारिक केन्द्र मानिने नयाँ सडक (न्युरोड) जुद्ध शालिक अगाडि रहेको महर्जन बिजनेस एसोसिएट प्रालिले आफ्नो भवन निर्माण सम्पन्न गर्दै सञ्चालनमा ल्याएको छ । यो व्यवसायिक भवन दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण धकेलिएपछि भवनलाई थप प्रविधियुक्त गरेर सञ्चालनमा ल्याइएको हो । मल्लकालिन बसन्तपुर […]
जीप दुर्घटनामा ४ को मृत्यु, ३ घाइते
म्याग्दी, १३ मंसिर । म्याग्दीमा जीप दुर्घटना हुँदा एक जनप्रतिनिधिसहित चार जनाको मृत्यु भएको छ । सदरमुकाम बेनीबाट रघुगंगा गाउँपालिका-१ बेग गाउँ जाँदै गरेको निलगिरी यातायात प्रालिको ग १ ज ७२५१ नम्बरको जीप सोमबार साँझ दुर्घटनामा परेको हो । दुर्घटनामा परी गौमाया विक, जीप चालक दुतबहादुर थापा, खिमु पुन र खिमानन्द शर्माको ज्यान भएको प्रहरी […]
कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश जबरा अस्पताल भर्ना
काठमार्डौं । कोभिड १९ कोरोना संक्रमणका कारण प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सोमबार अस्पताल भर्ना भएका छन् । जबरा बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना भएका हुन् । केही दिनअघि परिवारका सदस्यलाई संक्रमण भएर अस्पताल भर्ना गरिएको थियो । परिवारका सदस्यबाटै प्रधानन्यायाधीशमा संक्रमण भएको अनुमान गरिएको छ । प्रधानन्यायाधीशको सचिवालयले भने यसबारे केही पनि बताउन चाहेको छैन । […]
उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षणमा ज्यापु समुदायको योगदान महत्वपूर्णः प्रम
मंसिर १२,काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाको सम्पदा र संस्कृतिको संरक्षण र प्रवद्र्धनमा आदिवासी जनजाती ज्यापु समुदायको ठूलो योगदान रहेको बताउनुभयो । १८ औं ज्यापु दिवस समारोह समितिको परम्परागत निमन्त्रणा (ग्वय्दां तयेगु) हस्तान्तरण गर्न प्रम निवास पुगेका समतिका पदाधिकारीहरुसँगको छलफलमा उहाँले सो कुरा भन्नुभएको हो । निमन्त्रणा दिन पुगेका ज्यापु समुदायलाई सम्बोधन गर्नेक्रममा प्रधानमन्त्री देउवाले […]
स्वास्थ्य मन्त्रालयद्वारा महाशाखा र अस्पतालका निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महत्त्वपूर्ण महाशाखा र अस्पतालका निर्देशकको सरुवा गरेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा अनुप बास्तालेलालाई सार्क क्षयरोग केन्द्रमा सरुवा गरिएको छ । यस्तै टेकु अस्पतालको निर्देशकमा डा मनीषा रावललाई ल्याइएको छ । नीति योजना तथा अनुगमन महाशाखा प्रमुखको जिम्मेवारी क्षयरोग केन्द्रका प्रमुख डा तारा […]










