संसारकै अनौठो ठाउँ, जहाँ होचा–पुड्का मानिस मात्र

एजेन्सी – बिश्वका धेरै देशहरुमा अनौठा मानिसहरु बस्ने गर्छन् । त्यस्तै चीनको एक गाउँमा पनि हामिलाई पत्यारै नलाग्ने मानिसहरु बस्छन् । चीनको याङ्सी नाम गरेको गाउँमा होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । पहाडले घेरिएको उक्त अनौठो गाउँमा सबै होचा–पुड्का मानिसहरुमा मात्र बस्ने गर्छन् । त्यहाँका ४० प्रतिशत भन्दा बढी मानिस ज्यादै होचा र पुड्का छन् […]

कलंकी–कोटेश्वर–जगातीसम्मको सडकमा सवारी साधनलाई रोक: ५ घण्टा बन्द

भक्तपुर, २० मङ्सिर । आज र भोलि शनिबार कलंकी–कोटेश्वर–जगातीसम्मको मुख्य लेनको बाटो ५ घन्टाको लागि सवारी साधन चलाउन नपाउने भएको छ । हाल चलिरकेको १३ औं दक्षिण एसियाली खेलकुदमा साइक्लिङ गर्न सडकमा सवारी साधनलाई रोक लगाईएको हो । सडकको मुख्य लेनको दायाँबायाँको सर्भिस लेनमा भने सवारी चलाउन सकिने ट्राफिक प्रहरीले जनाएको छ । उनको जानकारी […]

गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र बाहिरिएपछि विवाद उत्पन्न

भक्तपुर, २० मङ्सिर । पोखराको गण्डकी मेडिकल कलेजमा पारिक्षाको प्रश्नपत्र आउट भएको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन्। क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी पाँच जनालाई परीक्षामा सामेल गराउन एमबीबीए पहिलो वर्षको पारिक्षाको प्रश्नपत्र आउट गरेको हो। आन्दोलनरत विद्यार्थीक अनुसार प्रश्नपत्र बाहिरिएपछि विद्याथी र कलेज सञ्चालकबीच भएको विवादले तनावको स्थिति निम्तिएको हो । […]

मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुदा एकको मृत्यु

काभ्रेपलाञ्चोक, २० मंसिर । पाँचखाल नगरपालिका–८, अरनिको राजमार्गस्थित त्रिपन्नकिलोमा बिहीबार बेलुका मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार दोलालघाटबाट धुलिखेलतर्फ आउँदै गरेको प्रदेश नं ३–०२–००५ प ९७८५ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका नवलपरासी जिल्ला दाउन्ने गाउँपालिका–७ का […]

भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोज्दै

काठमाडौँ १९ मंसिर । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा नेपाल पर्यटन बोर्ड एनटीबीले नयाँ नेतृत्व खोजेको छ । हाल बाहलवाला बोर्ड प्रमुख कार्यकारी अधिकृत सीईओ दीपकराज जोशीको कार्यकाल सकिनै लाग्दा बोर्डले नयाँ नेतृत्व खोजेको हो । जोशीको कार्यकाल यही डिसेम्बर ७ तारिखमा सकिँदै छ । बोर्डले बुधबार राष्ट्रि दैनिक पत्रिका सूचना प्रकाशित गर्दै नयाँ […]

सागको पाँचौ दिन, १७ खेलमा प्रतिस्पर्धा हुँदै

काठमाडौँ १९ मंसिर । १३ औँ साग अन्तर्गत पाँचौँ दिन आज बिहीबार विभिन्न १७ खेलमा प्रतिस्पर्धा हुँदैछ । चौथो दिनको सम्पूर्ण नतिजा सकिँदा पदक तालिकाको दोस्रो स्थानमा रहेको नेपाल आज आफुलाई अग्रस्थानमा राख्ने योजनामा छ । नेपालले चौथो दिन २९ स्वर्ण जितेको थियो । नेपाल दोस्रो स्थानमा रहँदा ३७ स्वर्ण जितेको भारत पदक तालिकाको शीर्ष […]

पाल्पाको तिनहुँमा जीप दुर्घटना , २ जनाको मृत्यु

पाल्पा, १९ मंसिर । पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पाल्पाको तिनहुँ गाउँपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लु १ ज ४२०९ नम्बरको जीप तिनहुँ गाउँपालिका ५ चौबिसमाइलस्थित सिद्धार्थ राजमार्गबाट करिव २०० मिटर तल खसेको छ । विहीबार विहान ११ बजे दुर्घटना भएको जिल्ला […]

श्रीमानकै संग्लनतामा श्रीमतिलाई आगो लगाएर हत्या

डोटी, १९ मंसिर । डोटीको शिखर नगरपालिकामा एक युवतीलाई आगो लगाएर हत्या गरिएको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन् । हत्यामा उनका […]

पूर्व राजा ज्ञानेन्द्र शाह धार्मिक भ्रमण गर्न आज तानसेनमा जादैँ

पाल्पा १९ मंसिर । पूर्व राजा ज्ञानेन्द्र शाह पाल्पाको तानसेनमा धार्मिक भ्रमण गर्न आउनुहुने तयारी छ । रणउजिश्वरी भगवती मन्दिरमा पूजा र दर्शनका लागि पूर्व राजा शाह आज बिहीबार दिउँशो तानसेन आउने कार्यक्रम रहेको स्रोतले जनाएको छ । ५ नं प्रदेशका विभिन्न ल्लाहरुको भ्रमण गर्ने कार्यक्रम अनुसार शाह तानसेन आउन लाग्नुभएको हो । पूर्व राजा […]

जहाजसँग ठोक्किँदा जंगली बँदेल मर्‍यो, यात्रु सकुशल

काठमाडौं,१९ मंसिर। नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार […]