काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तहको एक हजार ५४४ शिक्षकको नयाँ पदपूर्तिका लागि खुला विज्ञापन गरेको छ। आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्कमा परीक्षा आवेदन फाराम भर्ने गरी आयोगले मंगलबार सूचना प्रकाशित गरेको छ। नयाँ विज्ञापनअनुसार आगामी चैत १५ गते परीक्षा सञ्चालन हुनेछ। परीक्षा आवेदन फाराम […]
समाज
ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत […]
अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ८ लाख भन्दा धेरै
कोरोना भाइरसको संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । विश्वव्यापी महामारीका कारण एकै देशमा यति धेरै मानिसको मृत्यु भएको हो । गएको सोमबार अमेरिकामा कुल संक्रमितको संख्या पाँच करोड नाघेको छ । सन् २०२० को तुलनामा यो वर्ष (२०२१) मा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेमा अधिकांश खोप नलगाएका तथा पाको […]
इसीडीका शिक्षकलाई तलब दिन स्थानीय तहलाई निर्देशन
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षक (इसिडी शिक्षक)लाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताएका छन् । सोमबार शिक्षक महासंघका पदाधिकारीहरुसँगको वार्तामा मन्त्री पौडेलले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको जानकारी दिएका हुन्। ‘इसीडीका शिक्षकहरुले सरकारले तोकेको पारिश्रमिक नपाएको गुनासो छ,’ उनले भने, ‘सरकारले गरेको […]
शेयर बजारमा ७९ अंकको गिरावट
काठमाडौँ । लगातार घटिरहेको शेयर बजारलाइृ थप नकरात्मक प्रभाव पार्ने सत्ता गठबन्धनको एक महत्वपूर्ण दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति आयो। जसको प्रभाव सोमबारको शेयर बजारमा परेको छ । सोमबार १३ वटै उपसमूहका परिसूचक राताम्मे बन्दा बजार मापक परिसूचक नेप्से ७९.५७ अंकले घटेर २२८१.६७ को बिन्दुमा झरेको छ । प्रचण्डले शनिबार पार्टीको […]
ए डिभिजन लिगमा जावलाखेलले खोल्यो खाता
कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिगमा जावलाखेल युथ क्लबले अंकको खाता खोलेको छ। त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा भएको चौथो चरणको अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा राख्दै जावलाखेलले लिगमा पहिलो अंक जोडेको हो। पहिलो हाफमा आक्रामक खेलेकाे जावलाखेलले दोस्रो हाफमा सोही लयलाई निरन्तरता दिन सकेन। बराबरीसँगै जावलाखेल हंक तालिकाको १३औँ स्थानमा उक्लेको छ। जावलाखेल […]
तीनजना शेर्पाले अन्टार्ट्रिकाको माउण्ट भिजन आरोहण गर्ने
काठमाडौँ । तीनजना नेपालीले अन्टार्ट्रिका महादेशको माउण्ट भिजन हिमाल आरोहण गर्ने भएका छन् । तीनजना शेर्पा दाजुभाइ सो हिमाल आरोहणका लागि त्यसतर्फ लागेका छन् । मिङ्मा शेर्पा, छाङ दावा शेर्पा र टासि लाक्पा शेर्पाले दक्षिणी ध्रुवको ४८९२ मिटर अग्लो सो माउण्ट भिजन मिहाल आरोहण गर्न लागेका हुन् । सो हिमाल अन्टार्ट्रिका महादेशको सबैभन्दा अग्लो हिमाल […]
काठमाडौँ महानगरको १ करोड ५४ लाख रुपैयाँ लागतमा बन्ने च्वाकँ वहीः आँगछे शिलान्यास
मंसिर २४, काठमाडौँ । काठमाडौँ महानगरको १ करोड ५४ लाख रुपैयाँ लागतमा महानगर पालिका २१ वडा स्थित किर्तिपुण्य बिहार च्वाकँ वहीः आँगछे शिलान्यास भएको छ। महानगरपालिकाका प्रमुख बिध्य्सुन्दर शाक्यले सो अँगछेको आज शिल्यानायास गर्नु भएको हो। च्वाकँ वही आँगछें शिलान्यास गर्दै मेयर शाक्यले भन्नु भयो – ‘काठमाडौँ महानगरभित्र पुननिर्माण गर्नु पर्ने सबैजसो सम्पदा पुननिर्माण […]
ललितपुरका जातिय संस्थाहरु एकीकृत हुँदै
मंसीर २१ , ललितपुर। आ-आफ्ना संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा संगठित ललितपुरका २१ भन्दा बढी जातिय समाजहरुसँगै नेपालभाषा मंका: खल: यल पनि एक्यबद्धभै बनेको यल जातिय समाजलाई बिधिवत दर्ता गरिने भएको छ । पाटन झटापोल सत्तलमा मंसीर १९ गते यल जातिय समाजका संयोजक (पा:ल्हा) एवं नेपाल तण्डुकार समाजका अध्यक्ष शिवराम तण्डुकारको अध्यक्षतामा बसेको बैठकले […]
पाटनको मन्दिरबात ४० बर्ष अगाडी हराएका मूर्ति पुनः प्रतिस्थापन
मंसीर २० , ललितपुर। ललितपुर महानगरपालिका १६ वडा भित्रको पाटन पटको टोलमा करीव ४० वर्षअघि लक्ष्मीनारायणको मूर्ति हराएपछि स्थानीयहरूले दुरुस्तै मूर्ति बनाएर प्राणप्रतिष्ठा गरी पूजा गर्दै आएका थिए । बिदेशको संग्रहालयमा पाईएको उक्त मूर्तिलाई फर्काएर बिधिवत रूपमा यथास्थानमा प्राणप्रतिस्थापन गरिएपछी अब सो मन्दिरमा लक्ष्मीनारायणका दुबै मूर्तिलाई पुजिने भएको छ । ३७ वर्षअघि पाटनको पटको […]










