जेनजी आन्दोलनमा प्रहरीको अस्वाभाविक बल प्रयोग- अहिलेसम्म ६ जनाको मृत्यु, मानव अधिकार आयोग मौन

काठमाडौँ । काठमाडौंको बानेश्वरमा भएको  जेनजीको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अस्वाभाविक बल प्रयोग गरेर गोली चलाएको छ । प्रहरीको गोली लागेर ज्यान गुमाउनेको संख्या ६ पुगेको छ।

ट्रमा सेन्टरमा उपचारका लागि लागिएका ४ जना, सिभिल अस्पतालमा १ जना र केएमसी अस्पतालमा १ जना गरी ६ जनाको मृत्यु भएको छ ।ट्रमा सेन्टर र सिभिल अस्पतालमा घाइतेहरू भरिभराउ भएका छन्।

सामान्य प्रदर्शनको समेत अनुगमन गर्ने र मानव अधिकारको पालनाको अनुगमन गर्ने राष्ट्रिय मानव अधिकार आयोग भने प्रहरीको हिंसात्मक बल प्रयोगमा अहिलेसम्म मौन बसेको छ ।