भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा पुल निर्माणमा समस्या

कञ्चनपुर १० मङ्सिर । सीमा क्षेत्रको शारदा ब्यारेजबाट भारतले अव्यवस्थित रूपमा पानी छाडिदिँदा महाकालीमा निर्माणाधीन चार लेनको पक्की पुल निर्माणमा समस्या भएको छ । निर्माण कम्पनीले डाइभर्सन बनाएर काम गरिरहे पनि बेलाबेला पानी निर्माणस्थलमै पुग्ने गरेको छ । ‘काम रोकिएको छैन, तर जुन गतिमा हुनुपर्थ्यो त्यो हुन सकेको छैन,’ निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका […]

सफल जीवन बनाउन पोर्चुगल पुगेका नेपालि सडकमै सुत्छन्

लिस्बन, पोर्चुगल १० मंसिर । नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट रातो पासपोर्ट का कारण पोर्चुगल […]

मोटरसाइकलको ठक्करबाट १७ वर्षीय युवक घाइते

भक्तपुर, १० मङ्सिर । मध्यपुर थिमि नगरपालिका–४ थिमिस्थित एसओएस चोकमा आज बिहान मोटरसाइकलको ठक्करबाट एक युवक घाइते भएका छन् ।घाइते हुनेमा मध्यपुर थिमि नगरपालिका–९ राधेराधेका १७ वर्षीय पैदलयात्री विकल्प राजवस्ती रहेको प्रहरीले जनाएको छ । पैदल हिडीरहेका उनलाई आज बिहान सवा ६ बजे बा ४४ प ७७६८ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । उनको मध्यपुर […]

डाक्टर रमेशसिंह भण्डारीको टोलीद्वारा प्रधानमन्त्रीको एपेन्डिसाइटिसको अपरेशन

काठमाडौं, १० मंसिर । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अप्रेशन थालिएको छ। त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको अप्रेशन थालिएको हो। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले प्रमको एपेन्डिसाइटिसको अप्रेशन केहीबेरअघिबाट थालेको हो। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा दिव्या सिंहको टोली पनि अप्रेशन थिएटरमै रहेको […]

नक्कली नागरिकता बनाएर ३४ करोड  बैंकको रकम अनियमितता

काठमाडौँ , १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली नागरिकता बनाई खाता खोलेर बैंकको रकम हिनामिना गरेको आरोपमा कृषि विकास बैंकका शाखा अधिकृत केदारप्रसाद गौतमविरुद्ध ३३ करोड ९३ लाख रुपैयाँ बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको छ । बैंकको स्वयम्भू शाखामा १० महिना रहँदा उनले त्यति रकम अनियमितता गरेको अख्तियारको आरोप छ । अनियमिततामा सघाएको आरोपमा अख्तियारले […]

कुकुरले चाटेका कारण ६३ वर्षीय मालिकको मृत्यु

काठमाडौँ , १० मंसिर । आफैले पालेको कुकुरले चाटेपछि जर्मनीका ६३ वर्षीय वृद्धको मृत्यु भएको छ । कुकुरले चाटेका कारण उनलाई दुर्लभ किसिमको संक्रमण भएको थियो । उनको मृत्युपछि घर पालुवा जनावरका मालिकलाई फ्लू लागेको जस्तो वा अचम्म खालको लक्षण देखिए तुरुन्त स्वास्थयकर्मीको सहयोग लिन डाक्टरले आग्रह गरेका छन् । कुकुरले चाट्नुअघि निकै स्वस्थ रहेका […]

भारतीय ज्यादती, १७ स्थानमा सीमा मिचेर लगाउँछन खेतीपाती

बारा १० मंसिर। नेपाल भारत सीमाक्षेत्रअन्तर्गत बाराका विभिन्न १७ स्थानमा भारतीय पक्षले दशगजा क्षेत्र मिचेर खेतीपाती र व्यापार गरिरहेका छन् । विगतदेखि नै दशगजा क्षेत्र कब्जा गरेर व्यवसाय चलाइरहे पनि नेपाली पक्ष भने मौन रहेको छ । बारासँग जोडिएका दशगजा क्षेत्रका १७ स्थानमा भारतबाट सीमा मिचेर व्यापार सञ्चालन भइरहेको छ । मटिहर्बामा दशगजामै व्यापारिक सटर […]

अस्पतालमै बिरामीलाई करणीको प्रयास गर्ने मेडिसिटी अस्पतालका डाक्टर पक्राउ

काठमाडौं, ९ मङ्सिर । विरामीले भगवान मान्ने डाक्टर नै राक्षस परेपछि प्रहरीले पक्राउ गरेको छ । अस्पतालमा उपचार गर्न आएकी एक युवतीलाई जबर्जस्ती करणीको प्रयास गरेपछि डाक्टर प्रहरीको फन्दामा परेका हुन् । पक्राउ पर्नेमा ललितपुरस्थित मेडिसिटी अस्पतालका एक डाक्टर रहेका छन् । झा थर भएका डाक्टरमाथि एक युवतीले आफूलाई अस्पतालमै बलात्कार प्रयास गरेको जाहेरी दिएपछि […]

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंका

प्रधानमन्त्री ओलिलाई एपेन्डिसाइटिस भएको आशंकाकाठमाडौैं १० मंसिर । स्वास्थ्य अवस्था विग्रिएपछि त्रिवि मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरमा भर्ना पुगेका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले एपेन्डिसाइटिस भएको आशंका गरेका छन् । प्रारम्भिक परीक्षणबाट एपेन्डिसाइटिसको ‘सिन्टोमहरु’ देखिएको मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान सेन्टरका एक चिकित्सकले जानकारी दिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने अहिले पनि […]

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल भर्ना

काठमाडौँ १० मंसिर । केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । ‘प्रधानमन्त्री नियमिति चेकजाँचका लागि गएका थिए । चिकित्सकहरुले भर्ना गर्न सुझाव दिएपछि […]