काठमाडौं । देशको समृद्धि र विकासका लागि सरकार, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नागरिक समाजका बिचमा आसपी सहकार्य गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । बुधबार प्लान इन्टरनेशनलले ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै सरोकारवालाहरुले देशको समृद्धि र विकासका लागि त्रिपक्षीय सहकार्य आवश्यक रहेको बताएका हुन् । उनीहरुले गैरसरकारी संस्थाहरुले राम्रा काम गरिरहेकाले नकारात्मक दृष्टिले हेर्नु नहुने भन्दै […]
समाज
गणतन्त्र दिवस जनस्तरमा मनाउन प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौँ, ११ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसलाई सरकारी मात्र नभई जनस्तरबाट पनि भव्य रूपमा मनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस चौतारी नेपालका नेतासंगको भेटमा प्रधानमन्त्री ओलीले जनताको संघर्षबाट प्राप्त गणतन्त्रलाई दिवसकोरुपमा खुशीयालीपूर्वक मनाउनुपर्नेमा जोड दिदैँ जनस्तरमा कार्यक्रम गर्नुपर्ने बताएका उनका प्रेस संयोजक प्रकाश सिलवालले जनाएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले […]
भिजिट भिसा काण्डमा गृहमन्त्री लेखकको संलग्नता आरोप, राजीनामा माग्दै सर्वोच्चमा रिट
काठमाडौं, ९ जेठ । गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्च अदालतमा रिट दर्ता गराउँदै लेखकमाथि गम्भीर आरोप लगाएकी हुन्। अब उक्त रिट दर्ता गर्ने वा नगर्ने भन्ने निर्णय आइतबार सर्वोच्च अदालतको प्रशासनले गर्नेछ। रिटमा भनिएको छ कि गृहमन्त्री लेखकले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह नगरेको, भ्रष्टाचारमा […]
रविलाई रिहा गर्न सर्वोच्च अदालतको अस्वीकार
काठमाडौं, ९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको आदेश नदिएको हो। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले रविको बन्दी प्रत्यक्षीकरण मुद्दा र उच्च अदालतले गरेको थुनछेक आदेशमाथिको पुनरावेदन उपर सुनवाइ गरे पछि […]
चाँगुनारायणमा विपद् अभ्यास
भक्तपुर । चाँगुनारायण नगरपालिकाको आयोजनामा, आईसेट नेपाल/डिसिए नेपालको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको सहकार्यमा, भूकम्पीय सुरक्षा तथा आगलागी नियन्त्रणसम्बन्धी कृतिम घटना अभ्यास सम्पन्न भएको छ। खरिपाटीमा सो अभ्यास सम्पन्न भएको हो । अभ्यासको उद्देश्य आपतकालीन कार्यसञ्चालन केन्द्रबारे समान बुझाइ विकास गर्नु, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको प्रभावकारिता परीक्षण गर्नु, […]
जोगीको भेषमा चोरी गर्ने पक्राउ
चितवन, ८ जेठ । जोगीको भेषमा तन्त्र-मन्त्र गर्ने नाउँमा सर्वसाधारणलाई झुक्याएर नगद र सुन चोर्ने दुई जना भारतीय नागरिकलाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ। भरतपुर महानगरपालिका–१० बालमन्दिर रोडस्थित एक पीडितले तन्त्र-मन्त्र गर्ने भन्दै जोगीको भेषमा आएका व्यक्तिले आफूलाई लठ्ठ पारी नगद र सुनको मुन्द्रा लिएर फरार भएको जानकारी दिएपछि जिल्ला प्रहरी कार्यालय चितवन सक्रिय भएको […]
भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ
भक्तपुर । भक्तपुरबाट नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् । प्रहरीले गए राति उनलाई पक्राउ गरेको हो । पक्राउ परेका ब्यक्ति भोजपुर स्थायी घर भएका २३ वर्षीय सुजन गिरी रहेका प्रहरीले जनाएको छ । उनलाई मध्यपुर थिमि नगरपालिका-२ दिव्यस्वरी नेवा भुटु रेष्टुरेन्ट अगाडिबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। प्रहरीका अनुसार उनले आफ्नो मोबाइलको […]
स्कुटी चोरी आरोपमा ९ जना नियन्त्रणमा
भक्तपुरको मध्यपुर थिमिमा स्कुटी चोरीको आरोपमा प्रहरीले ९ जनालाई नियन्त्रणमा लिएको छ । जेठ २ गते मध्यपुर थिमि-९ बाट बा. ५७ प. ९९५७ नं. को स्कुटर र ४ गते वडा नं. ८ बोडेबाट बा. ७७ प. ३३५९ नं. को स्कुटर चोरी भएको घटनाको अनुसन्धान गर्दा उनीहरुलाई चोरीको स्कुटीसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना […]
पालिकाले प्रहरीलाई दियो दुर्घटनामा तत्काल उपचार गर्न मिल्ने १० थान किट्स
भक्तपुर । सडक दुर्घटनामा हुने मानवीय क्षति न्यूनिकरण तथा घाइतेहरूको तत्काल उपचारमा सहायता पुर्याउने उद्देश्यले मध्यपुर थिमि नगरपालिकाले प्रहरी वृत्त थिमिलाई १० थान प्राथमिक उपचार किट्स बक्स हस्तान्तरण गरेको छ । नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले ती किट्सहरु प्रहरी वृत्त थिमिका प्रमुख रहेका डिएसपी नवराज ढुङ्गानालाई हस्तान्तरण गरेका छन् । नगर प्रमुख श्रेष्ठले सडक दुर्घटनापछि प्रारम्भिक […]
राजधानीमै नक्कली प्रमाण पत्र तथा छाप बनाउने समूह पक्राउ
काठमाडौं, १ जेठ । काठमाडौंमा नक्कली प्रमाण पत्र तथा छाप बनाउने गिरोह चलाएको आरोपमा प्रहरीले एक समूहलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रमाण पत्र र छाप नक्कली बनाउने गिरोहलाई तारकेश्वर नगरपालिका–७ फुटुङबाट पक्राउ गरेको बताएको हो । बुधबार पक्राउ परेको गिरोहलाई बिहीबार पत्रकार सम्मेलन गरी कार्यालयले सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोरखा […]











