झापा, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको बुद्धशान्ति गाउँपालिका, बुधबारेस्थित भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गरेका छन्। नेपालकै पहिलो तत्कालीन प्रधानपञ्च भागीरथा न्यौपानेको नाममा स्थापना भएको १० शैय्याको आधारभुत अस्पतालले दैनिक चार सय जनालाई सेवा दिनेछ। प्रधानमन्त्री ओलीले जग्गा दान दिएर अस्पताल निर्माण सम्भव भएको उल्लेख गर्दै मृत्युपछि कसैले केही साथ लैजान नसक्ने […]
राजनीति
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक : झलनाथ खनाल
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् । शनिबार चीन भ्रमण सकेर स्वदेश फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् । पूर्वराष्ट्रपति भण्डारीले वामपन्थी एकताको आवश्यकता महसुस गर्दै त्यसको पहलकदमीलाई सकारात्मक रुपमा लिएको खनालले बताए । ‘अहिले जे खालको समस्याबाट एमालेको […]
पार्टी निर्णयको विरोध गरेको भनेर जनमतले सोध्यो दुई नेतालाई स्पष्टीकरण
काठमाडौँ । जनमत पार्टीले दुई जना नेतालाई स्पष्टीकरण सोधेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) र वीरेन्द्र सोनार (रौतहट)लाई स्पष्टीकरण सोधेको हो। उनीहरूले पार्टी निर्णयको विरोध गरेको विधान विपरीत ढंगले अनुशासनहिनता प्रदर्शन गरेको अनुशासन समितिको ठहर छ। ‘तपाईं विगत केही दिन देखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुभएको र जनमत […]
प्रधानमन्त्री ओलीको अर्ती- तीस वर्षमा तीन सन्तान पाउनु,रमाउन चालिस नकुर्नु
काठमाडौँ, २७ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको समान विकास आवश्यक रहेको उल्लेख गर्दै समयमै विवाह गरी सन्तान उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय जनसङ्ख्या नीति, २०८२’ सार्वजनिक कार्यक्रममा ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्नेमा जोड दिए। जनसङ्ख्यालाई धर्तीका लागि उत्तरदायित्वका रुपमा लिनुपर्ने धारणा व्यक्त […]
आश्रम पुगे प्रचण्ड, मानव सेवामा सहयोग पुर्याउन आग्रह
काठमाडौ । आफ्नी पत्नी एवं पार्टी सल्लाहकार सीता दाहालको दोश्रो स्मृति दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मानव सेवा आश्रम, रानीवन पुगेर त्यहाँ आश्रय लिइरहेकाहरुलाई मिस्ठान्न भोजन गराएका छन् । अध्यक्ष प्रचण्डले आश्रममा आश्रितहरु संग आत्मीय भेटघाट गर्दै आफैले भोजन गराउनुका साथै स्वयं पनि उनीहरूसँगै बसेर खाना […]
आज माओवादीसहित १२ दलले प्यालेस्टाइनको पक्षमा प्रदर्शन गर्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको नेतृत्वमा १२ वटा बामपन्थी दलले आज प्यालेस्टाइनी जनताको पक्षमा प्रदर्शन गर्ने भएका छन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चासहित संसद बाहिर रहेका साना बामपन्थी दल र संगठनहरूले काठमाडौंमा आज प्रदर्शन गर्न लागेका हुन् । सो प्रदर्शन दिउँसो १ः०० बजे शान्तिवाटिक, रत्नपार्कमा हुनेछ । […]
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
काठमाडौँ । आज आषाढ शुक्ल पूर्णिमा अर्थात गुरु पूर्णिमा आफूलाई शिक्षा प्रदान गर्ने गुरुप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठुलो गुन […]
खाइजूको असाधारण भोगाइ समेटिएको ‘यमलोक यात्रा’ माथि शनिबार परिचर्चा
भक्तपुर । जनयुद्धका कठिन दिनहरू र व्यक्तिगत जीवनका असाधारण भोगाइलाई समेटिएको लेखक श्रीराम खाइजूको संस्मरणात्मक कृति ‘यमलोक यात्रा’ माथि परिचर्चा हुने भएको छ । लेखक खाइजूको यमलोक यात्रामाथि शनिबार बिहान ११ बजे सूर्यविनायकस्थित नेपाल प्रेस सोसाइटीको सभाहलमा परिचर्चा हुने भएको हो । लोमश वाङ्मय प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा वरिष्ठ अधिवक्ता एवं मानव अधिकारकर्मी एकराज […]
नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित दाहाल रास्वपा प्रवेश
ललितपुर । नेपाली कांग्रेसजस्तो पुरानो र स्थापित राजनीतिक दलको सदस्यतासहित निर्वाचित वडा सदस्य पद समेत परित्याग गर्दै युवा नेता रोम प्रसाद दाहाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। उनीसँगै अरु दर्जनौं युवाहरू पनि रास्वपामा आवद्ध भएका छन्। दाहाल ललितपुरको बागमती गाउँपालिका-४ का निर्वाचित जनप्रतिनिधि हुन् । उनले गाउँपलिका अध्यक्षलाई पत्र लेख्दै पदबाट राजीनामा […]
रोकियो न्याय, रोकिएनन् गौरीशंकरका आँसु
काठमाडौं । “बम पड्किएको म आफैंले देखेको छु, कान उडे, छाती जल्यो… आज पनि पीडा उस्तै छ,” – २०६४ सालको संविधानसभा निर्वाचनअघिको बम विस्फोटमा घाइते भएका गौरीशंकर राम चमार भन्छन्, “तर दोषी छुटे भनेर थाहा पाउँदा मनै चिरिन्छ।” भारत बिहारको सीतामढी निवासी ४३ वर्षीय गौरीशंकर रौतहटको राजपुर फरहदवास्थित राजा इँटाभट्टामा काम गर्थे। त्यहीँ बेला उनी […]











