मन्त्रिपरिषद् बैठकका २५ निर्णय सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । मंगलबार बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्ले गरेका २५ निर्णय सार्वजनिक गरेका हुन् । निर्णयअनुसार सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा कल्पना कुमारी श्रेष्ठलाई तोकिएको छ । यस्तै नयाँ व्यवस्था नहुँदासम्म […]

बागमती प्रदेश सरकारको चालु पुँजीगत खर्च चिन्ताजनक

काठमाडौ । बाग्मती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनासम्म पुँजीगत खर्च उल्लेख्य रूपमा बढाउन नसकेको देखिएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयका सूचना अधिकारी सुरज पौडेलका अनुसार हालसम्म कुल बजेटको सात दशमलव २७ प्रतिशत मात्र खर्च भएको छ। चालु आव २०८२/८३ का लागि प्रदेश सरकारले रु ६७ अर्ब ४७ करोड ७३ लाख २७ […]

संसद पुनर्स्थापनाको रिट बोकेर आइतबार एमाले सर्वोच्च जाने

काठमाडौँ । प्रतिनिधि सभा विघटनको विपक्षमा उभिएको नेकपा एमाले पुनर्स्थापनाकाे मुद्दा लिएर आइतबार औपचारिक रूपमा सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएको छ । मंगलबार बसेको एमाले विघटित संसदीय दलको बैठकले तत्कालीन प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराललाई अदालत जान अख्तियारी दिएको थियो । साथै एमालेले सबै राजनीतिक पार्टी, नागरिक समाज र सबै पेसा […]

महेश बस्नेत बारा आउने थाहा पाएपछि जेनजीले घेरे सिमरा विमानस्थल

बारा । नेकपा एमालेका नेता महेश बस्नेत मधेस प्रदेश स्तरीय युवा जागरण अभियान कार्यक्रममा सहभागी हुन आज बारा जाने कार्यक्रम तय भएपछि जेनजीहरुले विरोध गरेका छन् । एमाले नेता बस्नेत आज बाराको परवानीपुरमा हुने कार्यक्रममा सहभागी हुन बारापुग्ने कार्यक्रम तय भएपनि यो समाचार तयार पर्दासम्म पुगेका भने छैनन् । सिमराका जेनजी समुहका युवाहरूले अहिले सिमरा […]

माडवी हिड्मा : नक्सल आन्दोलनको त्यो आदिवासी अनुहार, जसले युद्धनीति नै बदलिदियो

काठमाडौँ । भारतको दक्षिण बस्तरका घना जंगलहरूमा वर्षौंदेखि एक नाम फुसफुसाहट जस्तै गुन्जिरहन्थ्यो— हिड़मा। माड़वी हिड़मा— कसैका लागि ‘खूँखार’ माओवादी कमाण्डर, भने स्थानीय युवाहरूका लागि ‘बस्तरको नायक’। हालै सुरक्षा निकायले एक ‘मुठभेड़’मा उनको मृत्यु भएको दाबी सार्वजनिक गरे पनि बस्तरमा उनको कथा अझै वर्षौंसम्म सुनिरहनेछ। सन् १९८१ मा छत्तीसगढको सुकमा जिल्ला अन्तर्गत पर्ने पुवर्ती गाउँमा […]

मधेसका मुख्यमन्त्रीलाई नीतिगत र दीर्घकालीन निर्णय नलिन अदालतको आदेश

काठमाडाैँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारलाई दीर्घकालीन प्रभाव पार्ने र नीतिगत निर्णय नगर्न नगराउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । प्रदेशका ७४ जना सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको हो । नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादव, […]

जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ दिने सरकारको निर्णय

काठमाडौँ । सरकारले जनेजी आन्दोलनका २ हजार ४२९ घाइतेलाई जनही १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यस्तै प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब ५ मिलियन अमेरिकी […]

अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन-२०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता तता सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । ‘नेपाल विशेष सेवा ऐन २०४२ लाई संशोधन गर्न बनेको अध्यादेश जारी […]

मुख्यमन्त्रीलाई काम गर्न देऊ भन्दै मधेशमा एमालेको धर्ना

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई काम गर्न दिन भन्दै नेकपा एमालेले दबाब दिएको छ । एमालेका नेता-कार्यकर्ता आज धर्ना दिएका छन् । जनकपुरको जनकचोकमा उनीहरुले ‘संविधानको रक्षा गरौं’, ‘मुख्यमन्त्रीलाई काम गर्न देऊ’ लगायतको नारा लगाउँदै धर्ना सुरु गरेका हुन् । गत कात्तिक २४ गते संविधानको धारा १६८ को ३ बमोजिम शपथ लिएका मुख्यमन्त्री […]

दुर्गा प्रसाईंको गिरफ्तारीविरुद्ध नागरिक बचाउ दल सडकमा उत्रिने

काठमाडौं । दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ । मंसिर ७ गते प्रदर्शन गर्ने घोषणा गरिए पनि प्रसाईंको गिरफ्तारीको विरोधमा आजैबाट प्रदर्शनमा उत्रिने सो पार्टीका नेताहरुले बताएका छन् । नागरिक बचाउ दलका महामन्त्री प्रेमकुमार थाम्सुहाङले आफ्ना नेता दुर्गा प्रसाईंलाई मध्यराति अपहरण शैलीमा पक्राउ गरेर […]