काठमाडौँ । चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को महाधिवेशन जारी छ । गत आइतबारदेखि सुरु भएको महाधिवेशनमा आज केन्द्रीय सदस्य पदका लागि मतदानको कार्यक्रम छ। साढे ८ बजेदेखि मतदानको समय तोकिएको थियो । तर समयमै मतदान नभएपछि समय सारिएकाे छ । अब राति १० बजेदेखि मतदान हुने भएको छ । मतदान भोलि बिहान १० बजेसम्म हुने […]
राजनीति
श्रमिकलाई न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कारबाही गर्ने सरकारको चेतावनी
काठमाडौँ । सरकारले श्रमिकलाई तोकिएको न्यूनतम ज्याला नदिने रोजगारदातामाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयका सचिव डा. दीपक काफ्लेले तोकिएको न्यूनतम ज्याला श्रमिकलाई नदिए कानुन विपरीत हुने भएकाले त्यस्ता रोजगारदातामाथि सरकारले कानुनी कारबाही गर्ने चेतावनी दिएका हुन्। बुधबार काठमाडौँमा आयोजित व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद कार्यक्रममा बोल्दै उनले यस्तो […]
सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित
बुटवल । सत्ता पक्षकै केही सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै विरोध गरेपछि लुम्बिनी प्रदेश सभाको बैठक लगातार प्रभावित बनेको छ। बुधबारका लागि बोलाइएको बैठकसमेत बस्न नसकी पुनः बिहीबारसम्मका लागि स्थगित गरिएको छ। मंगलबार बैठक सुरु भएलगत्तै सत्ता पक्षका केही सांसद तथा प्रतिपक्षी दलका सांसदहरूले बजेटप्रति विरोध जनाएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका थिए। त्यसपछि […]
रास्वपा केन्द्रीय सदस्य उम्मेदवारको प्रारम्भिक सूची नै प्रकाशन हुन सकेन, महाधिवेशन अवधि थप लम्बिने
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा हालसम्म निर्वाचन आयोगले विद्युतीय मतदानका लागि उम्मेदवारको सूची उपलब्ध नगराउँदा मतदान प्रक्रिया झनै लम्बिने भएको छ। निर्वाचन आयोगका प्रमुख भुवन केसीले मतदानको समय बिहान ९ बजेदेखि हुने प्रतिक्रिया दिएका थिए । तर, हालसम्म उम्मेदवारको प्रारम्भिक नामावली पनि सार्वजनिक गरिएको छैन । निर्वाचन आयोगले बिहान साढे १० […]
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम साह रास्वपा केन्द्रीय सदस्यका उम्मेदवार
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम साह राष्ट्रिय स्वतन्त्र पार्टीको जारी प्रथम महाधिवेशनमा केन्द्रीय सदस्य पदका उम्मेदवार छन्। उनले खुल्ला मुस्लिम समावेशी क्लस्टरतर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। साहलाई तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सुत्रधारको रूपमा चर्चासमेत गरिन्छ। उनले भदौ २३ र […]
सैन्य रणनीति बदल्दै इरानले भन्यो – ‘प्रतिरक्षा होइन, पहिले आक्रमण’
काठमाडौं । इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो । इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग कुरा गर्दै यो जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । पुरदस्तानका अनुसार इरान अब प्रतिरक्षात्मक कारबाहीमा मात्र सीमित रहनेछैन, बरु […]
रास्वपा महाधिवेशन : ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन तयार, मतदानको छैन टुङ्गो
चितवन । रास्वपाका ९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोग प्रमुख भुवन केसीले उम्मेदवारहरुको संख्या अहिले नै निश्चित नभए पनि करिब ४०० जनाको मनोनयन दर्ता भएको जानकारी दिएका हुन् । ‘केन्द्रीय सदस्यका लागि करिब चार सय जनाको मनोनयन दर्ता भएको छ । दर्ता भएकाहरुको संख्या […]
ट्रम्पको चेतावनी– इरानले परमाणुस्थल निरीक्षण नगराए वार्ता रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका परमाणुस्थल निरीक्षण गर्न नदिइए वार्ता बन्द गर्ने चेतावनी दिएका छन् । इरान पहिले नै यो शर्तमा सहमत भइसकेको भन्दै उनले इरानका परमाणु स्थलहरूको अन्तर्राष्ट्रिय निरीक्षण अनुमति दिनुपर्ने बताए । पेन्सिलभेनियामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भनेका छन्, ‘यदि उनीहरू यो कुराबाट पछि हटे भने म अहिले नै वार्ता रद्द […]
यस्तो आयो रवि लामिछानेको राजनीतिक प्रतिवेदन (हेर्नुहोस् पूर्णपाठसहित)
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा मंगलबार प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा रास्वपा स्थापना हुनुको कारण, उद्देश्य र चार वर्षको राजनीतिक यात्राको विस्तृत समीक्षा गरेका छन्। ‘चार वर्षमा शून्यबाट सिंहदरबारसम्म’ शीर्षकको प्रतिवेदनमा लामिछानेले आफूहरू राजनीतिमा किन प्रवेश गरे भन्ने प्रश्नको जवाफ नै पार्टीको मूल मार्गदर्शक रहेको उल्लेख गरेका छन्। […]
रवि लामिछानेले दर्ता गराए उम्मेदवारी, प्रधानमन्त्री बालेन प्रस्तावक
काठमाडाैँ । रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) काे सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् । उनले केहीबेर अघि बन्द सत्र हलमा आफ्नो उम्मेदवारी दर्ता गराएको उनको सचिवालयले जनाएको छ । उनकाे प्रस्तावक प्रधानमन्त्री बालेन शाह रहेका छन्।











