काठमाडौं । प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ३७ वटा दल दर्ता भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि हालसम्म ३७ वटा दल दर्ता भएको जनाएको हो । निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्ने पार्टीहरूमा देश विकास पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, देश भक्त समाज, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा), राष्ट्रिय स्वतन्त्र पार्टी […]
राजनीति
नेकपा एमालेले आज काठमाडौँमा कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ । कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय […]
माओवादीका महासचिव र प्रवक्ताले भेटे प्रधानमन्त्री
काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का शीर्ष नेताहरूबीच बिहीबार बालुवाटारमा भेटवार्ता भएको छ । महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ बालुवाटार पुगेर प्ररधानमन्त्री लाई भेटेका हुन् । प्रधानमन्त्री कार्कीले दलहरूसंग बुधबार सिंहदरवामा भेटवार्ता गरेकी थिइन् । माओवादीका नेताहरू छुट्टै बालुवाटार पुग्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ […]
न्यायाधीशविरुद्ध परेको उजुरी छानबिन नभएको भन्दै सर्वोच्चमा रिट
काठमाडौँ । न्याय परिषदमा न्यायाधीशहरु विरुद्ध परेको उजुरीको छानबिन नभएको भन्दै सर्वोच्च अदालतमा रिट पेस भएको छ । अधिवक्ता प्रेमसिंह धामीले ४ जना न्यायाधीशविरुद्ध दिएको उजुरी छानबिन नभएको भन्दै न्याय परिषद् अध्यक्षसहित ६ जनालाई विपक्षी बनाएका छन् । जिल्ला न्यायाधीश पुष्पराज थपलिया, उच्च अदालतका न्यायाधीशहरू कृष्णराम कोइराला, चन्द्रमणि ज्ञवाली र टिकाराम आचार्यविरुद्ध परेको उजुरीको तत्काल […]
फेरि सर्यो कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज (बिहीबार) का लागि बोलाइएको बैठक शनिबारसम्मका लागि सरेको जानकारी दिए । उनले अब बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने बताए । यसअघि कांग्रेसले ३० कात्तिकमा सूचना जारी गरेर १ मंसिरका लागि बोलाइएको बैठक स्थगित गरेर आज […]
एकताका लागि नेकपा-जसपाबीच आज निर्णायक वार्ता
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् । दुवै दलका प्रतिनिधिहरूबीच आज विहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए । बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा […]
रवि र छविको मुद्दामा सुनुवाइका लागि पेसी तोकियो
बुटवल । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ । गत हप्ता मुद्दाको मूल मिसिल झिकाउन लागि उच्च अदालत तुलसीपुर बुटवलका न्यायाधीशद्वय वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासमा आदेश दिएको थियो। मिसिल आएकोले आज पेसी […]
मंसिर ६ पछि प्रधानमन्त्रीले आफैं राजिनामा दिने महेश बस्नेतको दावी
काठमाडौ । पूर्वमन्त्री एवं नेकपा एमालेको पोलिटब्यूरो सदस्य महेश बस्नेतले मंसिर ६ मा हुने एमालेको विशाल प्रदर्शनपछि प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा दिने दाबी गरेका छन्। प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले संसद पुनर्स्थापनाको माग गर्दै मंसिर ६ को एमाले सभा सरकारले सहन नसक्ने गरी प्रभावशाली हुने दाबी गरेका हुन् । सिमरा […]
मधेस प्रदेश सभामुख मण्डल पदमुक्त
काठमाडौँ । मधेस प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । प्रदेश सभामा पदीय आचरण विपरीत काम गरेको भन्दै उनलाई पदमुक्त गर्ने प्रस्ताव बुधबार दुई तिहाइले पारित भएको हो । मधेस प्रदेश सभामा उपस्थित रहेका ७८ प्रदेश सभा सदस्यहरू मध्ये ७६ ले सभामुख मण्डल विरुद्ध दर्ता भएको प्रस्तावको पक्षमा मत दिएका थिए । प्रस्तावको विपक्षमा भने […]
संसदीय सुनुवाइबिनै संवैधानिक पदाधिकारी नियुक्ति गर्ने प्रावधानसहितको अध्यादेश सिफारिस
काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश–२०८२ को जारी गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सम्माननीय राष्ट्रपतिसमक्ष […]











