काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल (कर प्रस्तावबाहेकको छलफल) सुरु हुनेछ । त्यसका लागि बिहान ११ बजे बैठक बोलाइएको छ । विनियोजन विधेयक अर्थात् बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफल सकिएपछि यही जेठ १५ गते आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत हुनेछ । विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि […]
राजनीति
नेताहरूको कार्यविभाजन गर्न एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजे बैठक बस्न लागेको हो । यसअघि जेठ २ गते बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै आजका लागि सारिएको थियो । ११औँ महाधिवेशनपछि नेताहरूको कार्यविभाजन नभएकाले आजको मुख्य एजेन्डा यसमै […]
पार्टी मिलाउन विधानको परिधिमा रहेर जे पनि गर्न तयार छु : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी मिलाउनका लागि विधानको परिधिमा रहेर जे पनि गर्न तयार रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रियामा सभापति थापाले १५ औँ महाधिवेशन कसरी स्वच्छ र निष्पक्ष गराउन सकिन्छ, त्यो गर्न तयार रहेको बताए । ‘१४ औँ महाधिवेशनबाट निर्वाचित बाहिर हुनुहुन्छ । उहाँहरू चाहनेलाई […]
ओलीले पार्टी सदस्यता खोसेकी विद्या भण्डारी एमालेको प्रमुख अतिथि
काठमाडौ । नेकपा एमालेले ३३औं मदन–आश्रित स्मृति सभामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथि बनाएको छ । पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीलाई प्रमुख अतिथि बनाएर एमालेले पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा मदन–आश्रित सभा गरेको छ । पार्टी सदस्यता नवीकरण रोकिए यता पूर्वराष्ट्रपति भण्डारीलाई एमालेले बक्ता बनाएको यो पहिलो कार्यक्रम हो । गत वर्ष साउन पहिलो साता […]
गगन थापाले आज जेनजी अगुवासँग संविधान संशोधनबारे छलफल गर्दै
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले संविधान संशोधनका लागि जेनजी अगुवाहरुको राय सुझाव लिने भएका छन् । आज दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा जेनजी अगुवाहरुलाई संविधान संशोधनका विषयमा छलफल गर्ने गरी डाकिएको छ । कांग्रेसको संविधान संशोधन अध्ययन तथा सुझाव पेश गर्नको लागी गठित समितिले उक्त कार्यक्रम आयोजना गरेको हो । १८ जना […]
जे सुकै गाली गर्नुस्, डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहन्छु : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले बालेन शाह नेतृत्वको सरकारको जमेर विरोध गरिरहने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै साम्पाङले यस्तो बताएका हुन् । उनले सुकुमबासी, अव्यवस्थित बसोबासीहरूलाई उठिबास लगाएर डोजर आतङ्क मच्चाउने सरकारको जमेर विरोध गरिरहने बताएका हुन् । जसले जेसुकै गाली गरेपनि विरोध गरिरहने […]
मोदीको यूएई भ्रमणमा भयो तेल र एलपीजीदेखि रणनीतिक सम्झौतासम्म
दुबई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार यूएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नाह्यानसँगको कुराकानीका क्रममा पश्चिम एसियामा शान्ति ल्याउन भारत जस्तोसुकै सहयोग गर्न तयार रहेको बताएका छन्। मोदी र अल नाह्यानबिचको भेट मोदी खाडी देश पुगेको केही समयमै भएको थियो। यो मोदीको पाँच देशको भ्रमणको पहिलो चरण हो, जसमा चार युरोपेली देश पनि […]
अत्यावश्यक बाहेक सार्वजनिक खर्चमा मितव्ययी बन्न प्रधानमन्त्री कार्यालयको परिपत्र
काठमाडौं । प्रधानमन्त्री कार्यालयले अत्यावश्यक बाहेक नयाँ सामग्री खरिद नगरी सार्वजनिक खर्चमा मितव्ययीता अपनाउन निर्देशन दिएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालय, निकाय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र सबै प्रदेशलाई अत्यावश्यक बाहेकका सामान नकिन्न परिपत्र गरेको हो । परिपत्रमा भनिएको छ, ‘कार्यालय प्रमुखहरुले अत्यावश्यक बाहेक नयाँ सामग्रीहरु खरिद नगरी कार्यालयमा भइरहेका सामान, औजार, उपकरण, […]
‘कार्य विभाजन नियमावली, २०८३’ जारी गर्दै मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर
काठमाडौँ । सरकारले ‘कार्य विभाजन नियमावली, २०८३’ जारी गर्दै विभिन्न मन्त्रालयहरूको कार्यक्षेत्र र जिम्मेवारी हेरफेर गरेको छ। नेपालको संविधानको धारा ८२ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी मन्त्रिपरिषद्ले यो नियमावली बनाएको हो। नेपाल राजपत्रमा प्रकाशित यस नियमावलीले यसअघि कायम रहेको ‘नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०७४’ लाई खारेज गरेको छ। नयाँ नियमावलीको अनुसूची–१ […]
बहिस्कार र नाराबाजीबिच प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
काठमाडौँ । विपक्षी दलको बहिस्कार, नाराबाजी र विरोधकाबिच प्रतिनिधिसभा बैठकबाट सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ । नीति तथा कार्यक्रम पारित भएसँगै सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा वैशाख २८ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । अर्थमन्त्री स्वर्णिम वाग्लेले […]










