काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाबारे नेपाली कांग्रेस र नेकपा एमालेले सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन् । कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र एमालेका मुख्य सचेतक महेश बर्तौला सभामुख घिमिरेलाई भेट्न सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए । कांग्रेसका प्रमुख सचेतक घिमिरेले अनौपचारिक भेटघाट भएको बताए । घिमिरे आफू प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ भन्नेमा प्रष्ट रहेको बताउँछन् । […]
राजनीति
नेपाली कम्युनिस्ट पार्टीको ‘एकता सन्देश सभा’ कार्यक्रम सार्वजनिक
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले देशव्यापी ‘एकता सन्देश सभा’ सञ्चालन गर्न कार्यक्रम सार्वजनिक गरेको छ। केन्द्रीय कार्यालयबाट सोमबार जारी गरिएको प्रेस नोटमा मंसिर महिनाभर विभिन्न प्रदेश, जिल्ला र स्थानीय तहमा सभा आयोजना गरिने उल्लेख छ। पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले संयुक्त रूपमा जारी गरेको प्रेस नोटअनुसार, प्रदेशस्तरीय एकता सन्देश सभाहरू […]
मधेस प्रदेशका पाँच सांसदलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले मधेस प्रदेशका पाँच सांसदको पदमुक्त नगर्न आदेश जारी गरेको छ । मधेसका सभामुख रामचन्द्र मण्डलले गत कात्तिक २७ गते जसपाका ४ र नागरिक उन्मुक्तिका १ गरी पाँच सांसदलाई पदमुक्त गरेका थिए । जसपाका सांसदहरू मनिष कुमार सुमन, संजयकुमार यादव, सिंहासन साह कलवार र सारदा शंकर साह कलबनर र नागरिक उन्मुक्ति पार्टीकी […]
माओवादी केन्द्र सहित सात दल खारेज
काठमाडौँ । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र सहित सात दल खारेज गरेको छ । आयोगमा यसअघि दर्ता भएका माओवादी, नेकपा एकीकृत समाजवादी, जन समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिस्ट(समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी खारेज भएका हुन् । यी पार्टीले कात्तिक १९ गते एकता गरी नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बनाएका थिए । सोही दिन आयोगमा दल […]
आयोगले बढायो नयाँ दल दर्ताको समय, मंसिर ६ सम्म निवेदन दिन सकिने
काठमाडौं । निर्वाचन आयोगले कात्तिक ३० गतेसम्मको नयाँ दल दर्ताको निवेदन दिने समयावधि बढाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मंसिर ६ गतेसम्म पनि नयाँ दल दर्ताको निवेदन दिन सकिनेछ । यसअघि आयोगले कात्तिक ३० गतेसम्म नयाँ दल दर्ताका लागि निवेदन दिएर प्रमाणपत्र लिइसक्न भनेको थियो । साथै, आयोगले मंसिर १ देखि ७ गतेसम्म […]
७ दलीय गठबन्धनका सांसदले दिए सडकमा धर्ना
जनकपुरधाम । मधेश प्रदेशमा मुख्यमन्त्री नियुक्ति विवाद चर्कंदै जाँदा सात दलीय गठबन्धनका सांसद आइतबार पनि धर्ना बसेका छन् । नेपाली काँग्रेससहित सात दलका सांसदहरू मधेश प्रदेश सभा भवन अगाडि बाटो छेकेर धर्नामा बसेका हुन् । सभामुख रामचन्द्र मण्डलमाथि कारबाहीको माग गर्दै उनीहरूले शनिबार प्रदेश सभा परिसरको चौरमा प्रदेश सभा बैठक चलाएका थिए। गत २४ कात्तिकमा तत्कालीन […]
आज सकिँदैछ नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय
काठमाडौँ । नयाँ दल दर्ताको लागि निर्वाचन आयोगले दिएको समय आज सकिँदै छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि आयोगले आज साँझसम्म नयाँ दल दर्ताको लागि समय दिएको हो । आयोगमा दर्ता भएका दलले निर्वाचन प्रयोजनार्थ भने पुनः दल दर्ता गर्नुपर्ने हुन्छ । आयोगले फागुन २१ गते हुने प्रतिनिधि सभा […]
लैनचौरस्थित स्काउटको जग्गामा बनाइएका संरचना महानगरले भत्कायो
काठमाडौं । काठमाडौं महानगरपालिकाले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा पूर्व ऊर्जा मन्त्री दीपक खड्काले निर्माण गरेका संरचनामा आज बिहान डोजर चलाएर भत्काएको छ। महानगरका अनुसार सो जग्गा नेपाल स्काउटको स्वामित्वमा रहेको र त्यहाँ बिना अनुमति स्थायी संरचना निर्माण गरिएको भन्दै आज बिहानै महानगर प्रहरीको टोली डोजरसहित पुगेको थियो। घटनास्थलमा प्रहरीको बाक्लो उपस्थिति रहेको र केही […]
राष्ट्रवादी छवि बनाएका नेता भीम रावल प्रचण्ड नेतृत्वको नेकपामा समाहित
काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चितवन महाधिवेशनमा उम्मेदवारी दिएपछि पार्टीको साधारण सदस्यता समेत खारेज गरिएका पूर्वगृहमन्त्री भीम रावल अब पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा औपचारिक रूपमा प्रवेश गरेका छन्। रावलले केही समयदेखि संचालन गर्दै आएको ‘मातृभूमि जागरण अभियान’ बुधबार राजधानीमा आयोजित विशेष समारोहमार्फत प्रचण्ड नेतृत्वको पार्टीमा एकीकृत […]
एक्लिएपछि विप्लवले छोडे समाजवादी मोर्चा
काठमाडौं । समाजवादी एकताको प्रयास स्वरूप गठन गरिएको चार दलीय समाजवादी मोर्चा करिब २ वर्ष ४ महिनापछि महिनापछि विघटन भएको छ। नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बुधवार विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको घोषणा गरेपछि उक्त गठबन्धन स्वतः विघटन भएको हो। चार दलीय मोर्चाका तीन घटक एकीकृत भइ एउटै पार्टी नेपाली कम्युनिस्ट […]










