कैलालीमा दुःखद घटना : दुई किशोरी मृत्त अवस्थामा भेटिए

धनगढी । कैलालीको गोदावरी नगरपालिकामा दुई किशोरी मृत अवस्थामा फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मंगलबार गोदावरी नगरपालिका–५ गेटाकी १६ वर्षीया र वडा नम्बर–८ स्याउलेकी १५ वर्षीया किशोरी आ–आफ्नो घरको कोठाभित्र पङ्खामा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले दुवै घटनाबारे अनुसन्धान […]

प्रतिनिधिसभाको शून्य समय: बाढी जोखिम, दलित हत्या र सुकुम्वासी विस्थापनबारे सांसदहरूको चिन्ता

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्ने सांसदहरूले बाढीपहिरो, डुबान, शिक्षा, स्वास्थ्य, दलितमाथि हिंसा तथा सुकुमबासी व्यवस्थापनलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। वर्षायाम नजिकिँदै जाँदा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी गर्नुपर्ने विषय संसद्मा प्रमुख रूपमा उठेको थियो। सांसद राजेशकुमार चौधरीले रौतहट जिल्ला चारैतिर नदीले घेरिएको हुँदा हरेक वर्ष सदरमुकाम डुबानमा पर्ने गरेको उल्लेख गर्दै […]

‘यो संसद् सिमेन्ट र फलाम मात्र होइन, बलिदानको प्रतीक हो’ : प्रचण्ड

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान संसद् व्यवस्था हजारौँ सहिदको बलिदान, आन्दोलन र संघर्षको उपलब्धि भएको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले अहिलेको संसद् केवल सिमेन्ट, इँट र फलामले बनेको संरचना मात्र नभई सहिदहरूको रगत र बलिदानको प्रतीक भएको बताएका हुन्। “बाहिरबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको […]

शीतल निवासमा राष्ट्रपति–सभामुख भेट, समसामयिक विषयमा छलफल

काठमाडौँ । रामचन्द्र पौडेल र डोलप्रसाद अर्यालबीच मंगलबार भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, संसद्को गतिविधि तथा सरकारको नीति तथा कार्यक्रमसँग सम्बन्धित विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ। संसद्मा सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला भएको यो भेटलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ। पछिल्ला दिनहरूमा […]

राष्ट्रपति बोल्दाबोल्दै प्रधानमन्त्री हिँडेको बिषयमा कांग्रेस आक्रोशित, संसद्मा जवाफ माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहेकै समयमा प्रधानमन्त्री बैठक छाडेर बाहिरिएको विषयलाई लिएर संसद्मा आपत्ति जनाएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरूले उठेर विरोध जनाएका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले कांग्रेस प्रमुख सचेतक बासना थापालाई धारणा राख्न समय दिएका थिए। प्रमुख सचेतक थापाले सोमबारको […]

करको संरचना पुनरावलोकन गर्ने सरकारको घोषणा, तोकेभन्दा बढी लगानी गर्नेलाई ‘लगानी भिसा’

काठमाडौं । सरकारले करको संरचना पुनरावलोकन गर्ने नीति लिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले यस्तो व्यवस्था उल्लेख गरेको हो । उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । ‘करका संरचनाको पुनरावलोक गर्दै उद्यमी तथा मध्यमवर्गीय परिवारमाथिको बोझ घटाइनेछ,’ उनले वाचनका क्रममा भने । यस्तै सरकारले तोकिएकोभन्दा बढी […]

राप्रपाको सांसद ओलीले भनिन- ‘प्रतिनिधिसभा सरकारको कठपुतली होइन’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक व्यवस्थाको दुरुपयोग गरेको आरोप लगाएको छ। सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुश्बु ओली ले सरकारले संसद्लाई बेवास्ता गर्दै अध्यादेशमार्फत शासन चलाउन खोजेको टिप्पणी गरिन्। उनले संविधानको धारा ११४ ले विशेष परिस्थितिमा मात्र अध्यादेश ल्याउन सकिने स्पष्ट व्यवस्था गरेको उल्लेख गर्दै […]

‘बहुमतको अहंकारले सक्षम महिलामाथि प्रहार गरियो’: कमलादेवी पन्त

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलकी नेता कमलादेवी पन्त ले प्रधानमन्त्री बालेन शाह माथि अध्यादेश र बहुमतको आडमा महिलामाथि अन्याय गरेको आरोप लगाएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद पन्तले प्रधानन्यायाधीश सिफारिस प्रकरणलाई लिएर प्रधानमन्त्री शाहको कदममाथि तीव्र आलोचना गरिन्। उनले सक्षम र सिनियर महिला न्यायाधीशमाथि राजनीतिक शक्ति प्रयोग गरेर अन्याय गरिएको […]

नीति तथा कार्यक्रम स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको छ। आज अपराह्न ४ बजे बस्ने संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय छ। त्यसअघि आज बिहान बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको हो। मन्त्रिपरिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले भने, ‘नेपालको संविधानको धारा ९५ […]

बजेट अधिवेशन सुरु हुँदै, आजै नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो दिनमै आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरिले जानकारी दिए । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ः०० बजे सरकारको नीति तथा […]