लोकप्रियता र चर्चाको मोहमा जनताका मुद्दा ओझेल नपार्न रविको निर्देशन

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकप्रियता र चर्चाको मोहमा जनताका वास्तविक मुद्दा ओझेलमा पार्न नहुने बताएका छन्। ललितपुरको जावलाखेलमा पार्टीको प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै उनले सांसदहरूलाई सामाजिक प्रतिष्ठाभन्दा कानून निर्माण र जनहितलाई प्राथमिकता दिन आग्रह गरे। उनले पहुँच र शक्ति प्रदर्शनको राजनीतिले देश नजित्ने भन्दै विधि, […]

अभिनेता थालापति विजयले लिए तमिलनाडु मुख्यमन्त्रीको शपथ

भारत । तमिल अभिनेता थालापति विजयले तमिलनाडु मुख्यमन्त्रीको शपथ लिएका छन्। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकर ले चेन्नईस्थित नेहरू स्टेडियम मा आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। विजयले मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी थिए। विजयको शपथसँगै तमिलनाडुमा करिब ६ दशकदेखि पालैपालो सत्ता सञ्चालन गर्दै आएका द्रविड़ मुनेत्र कळगम (डीएमके) […]

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ । बैठक आज साँझ ६ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकमा भेला, अधिवेशन विशेष तालिका, आयोग, विभाग पदाधिकारी मनोनयन तथा जिल्ला समिति विघटन गर्नेबारे छलफल र आवश्यक निर्णय हुने प्रवक्ता मनिष झाले जानकारी दिए । त्यस्तै अनुसन्धानात्मक कारबाही सम्बन्धमा र […]

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको सम्बोधनका १० हाइलाइट

काठमाडौँ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल प्रधानन्यायाधीश सिफारिसबारे बोलेकी छन्। शनिबार कानुन दिवसको अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कामू प्रधानन्यायाधीश मल्लले घुमाउरो शैलीमा संवैधानिक परिषदले गरेको प्रधान्यायाधीश सिफारिसबारे बोलेकी हुन्। बिहीबार संवैधानिक परिषदले रोलक्रमअनुसार चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश बनाउन सिफारिस गरेको थियो। सरकारले कार्यक्षमताका आधारमा शर्मालाई सिफारिस गरिएको भनेको छ। कामू प्रधानन्यायाधीश […]

सुकुमबासीलाई घरबारविहीन बनाउने कार्य स्वीकार्य छैन : हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले सुकुमबासी बस्तीका नागरिकलाई घर भत्काएर बेघर बनाउने सरकारको कार्य कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । संविधानले प्रत्येक नागरिकलाई बाँच्न पाउने र आवासको अधिकार सुनिश्चित गरेको उनले बताए । शनिबार हेटौँडा–११ स्थित सिमलटार र थानाभर्याङमा आयोजित सुकुमबासी तथा अव्यवस्थित बसोबासीसँगको भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले […]

वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छ- राष्ट्रपति पौडैल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन्। मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्। ‘ज्येष्ठ नागरिकले गरेका काम, कारबाहीका असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तरक्रियामार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्छ भने शारीरिक दृष्टिले काम गर्न सक्ने […]

सुदनपछि बाबुराम भट्टराईले पनि छाडे प्रलोपा

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) छाडेका छन्। गत फागुन २१ गतेको चुनावअघि बनेको प्रलोपामा उनी संरक्षक थिए। भट्टराईले आफू कुनै पनि सांगठनिक जिम्मेवारीमा नरही स्वतन्त्र बस्न चाहेको व्यहोरा पार्टीलाई जानकारी गराएका छन् । त्यहीअनुसार पार्टीले वैयक्तिक छनोटलाई सम्मान गर्दै भट्टराईलाई शुभकामना दिने निर्णय गरेको हो। शुक्रबारको बैठकबाट बाबुराम औपचारिक रुपमा […]

प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाए : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानन्यायाधीश सिफारिस गर्दा प्रधानमन्त्रीले संविधानको धज्जी उडाएको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति थापाले यस्तो टिप्पणी गरेका हुन् । संवैधानिक परिषद्‍मा प्रधानमन्त्रीको दादागिरी चल्नुहुँदैन भनेर संविधानमा नै त्यस्तो व्यवस्था गरिएको भन्दै थापाले प्रधानमन्त्रीले कम्प्लेटली त्यसको धज्जी उडाएको बताएका हुन् । उनले भने, ‘संवैधानिक […]

सर्ट लिष्टमा पर्ने उपकुलपति उम्मेदवारबारे सार्वजनिक सुझाव मागिने

काठमाडौँ ।  सरकारले विभिन्न विश्वविद्यालयका उपकुलपति छनोट तथा नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरी सार्वजनिक गरेको छ। यससँगै त्रिविसहित ८ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रिया सुरू भएको छ। जसका लागि आवेदन माग गर्दै आज गोरखा पत्रमा सूचनासमेत प्रकाशन गरिएको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित […]

विपद् व्यवस्थापन सम्बन्धी ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको विपद् जोखिम न्यूनीकरण तथा विपद् व्यवस्थापनका विषयमा ‘राष्ट्रिय नीति मन्थन’ कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीको ‘पार्टी-सांसद-सरकार समन्वय समिति’को आयोजनामा यो विशेष अन्तरक्रिया कार्यक्रम हुन लागेको हो। मुलुकमा विपद्को जोखिम बढ्दै गएको सन्दर्भमा प्रभावकारी नीति निर्माण र व्यवस्थापनका उपायहरूबारे छलफल गर्न यो कार्यक्रम तय गरिएको पार्टीले जनाएको छ। […]