जेनजी आन्दोलनबाट अपदस्त ओलीले जेनजीलाई नै एमालेमा आउन गरे आग्रह

काठमाडौं । जेनजी आन्दोलनको दबाबमा सत्ताच्युत भएका नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सोही पुस्तालाई आफ्नै पार्टीमा प्रवेश गर्न आह्वान गरेका छन्। सोमबार काठमाडौंमा आयोजित पूर्व एमाले नेताकार्यकर्तालाई पार्टी प्रवेश गर्न आयोजित ‘घर फर्क राष्ट्रिय घोषणा सभा’मा ओलीले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरुलाई एमालेमा सामेल हुन आग्रह गर्दै भने, “घर फर्क अभियान सुरु […]

बिश्वासको मत नपाउने भएपछि मधेसका मुख्यमन्त्री सोनलले दिए राजिनामा

jitendra sonal

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल)ले शनिबार प्रदेशसभाको बैठकमा विश्वासको मतको प्रस्ताव फिर्ता लिँदै पदबाट राजीनामा दिएका छन् । विश्वासको मत पारित नहुने स्थिति देखिएपछि सोनारले सभामुख समक्ष राजीनामा घोषणा गरेका हुन् । सभामुख रामचन्द्र मण्डलले त्यसपछि बैठक स्थगित गरे । बैठकमा एमाले र नेपाली कांग्रेसले समर्थन नदिने बताएका थिए भने माओवादी केन्द्रका […]

नेपाली कांग्रेस पार्टीमा रुपान्तरण र पुनर्गठनको माग

ललितपुर । देशको जेठो पार्टी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य राजीव ढुङ्गानाले युवाको प्रतिनिधित्व, भ्रष्टाचारमा शून्य सहनशीलता, रूपान्तरित र पुनर्गठित पार्टी सहित निर्वाचनमा जाने प्रस्ताव गरेका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले उक्त प्रस्ताव पेश गरेका हुन् । केन्द्रीय सदस्य ढुङ्गानाले पार्टीले ‘जेन-जी’ आन्दोलनको भावनालाई सम्मान […]

घरबाट डेराको यात्राः एक अनुभूती

काठमाडौ । १६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति […]

फुट्न माफिर कम्युनिस्ट पार्टी एकसाथ दश दल जुटेर राखे रेकर्ड

nepali communist party

काठमाडौं । नेपालको राजनीतिक इतिहासमा फुट्न माफिर कम्युनिस्ट पार्टीहरु एकसाथ जुटेर रेकर्ड राखेका छन् । विभिन्न पार्टीमा बिभाजित दश वामपन्थी शक्तिहरू मिलेर ‘नेपाली कम्युनिस्ट पार्टी’ नामक नयाँ पार्टी निर्माण गरेका हुन् । देशभरका वाम समर्थकहरूलाई उत्साहित बनाउदै बुधबार नेपाली कम्युनिस्ट पार्टीको एकता सम्मेलन उद्घाटन समेत सम्पन्न गरिएको छ । नयाँ पार्टीमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा(माओवादी […]

माओवादी केन्द्र र एकीकृत समाजवादीसहित आठ दलबीच पार्टी एकता सहमति

नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ राजनीतिक दल–समूहबीच पार्टी एकताको उद्देश्यले १८ बुँदे सहमति भएको छ। आइतबार सम्पन्न बैठकपछि ती दलका शीर्ष नेताहरूले सहमति-पत्रमा हस्ताक्षर गरेका छन्। सहमति-पत्रमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपाका महासचिव […]

प्रधानमन्त्री कार्कीको राजिनामा माग

काठमाडौं । ‘पहिला देश (पिपुल्स रेभुलेसन) अभियान’ ले तत्कालीन प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सिडिओलाई पक्राउ नगरेको विरोधमा कार्तिक १६ गते आइतबार माइतीघरमा प्रदर्शन गर्ने जनाएको छ। शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी अभियानले जेनजीको मागअनुसार काम गर्न नसकेको भन्दै अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामासमेत माग गरेको छ। पहिला देश […]

माओवादी केन्द्रसंग एकता गर्ने एकीकृत समाजवादीको सर्वसम्मत निर्णय

madhav-jhalnath

काठमाडौं । नेकपा एकीकृत (समाजवादी)ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता गर्ने ऐतिहासिक निर्णय गरेको छ। शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले अध्यक्ष माधवकुमार नेपालको प्रस्तावलाई सर्वसम्मत पारित गर्दै पार्टी एकता प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो। बैठकपछि उपाध्यक्ष प्रकाश ज्वालाले सञ्चारकर्मीसँग कुरा गर्दै बैठकमा अध्यक्ष नेपालको एकता प्रस्तावमाथि व्यापक छलफल भएको र अन्ततः सर्वसम्मत रूपमा […]

बञ्चरेडाँडामा अवरोध,घरको फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले राजधानीबासीलाई घरको फोहोर तत्काल बाहिर ननिकाल्न आग्रह गरेको छ। बञ्चरेडाँडा फोहोर व्यवस्थापन केन्द्रमा फोहोर बिसर्जनमा समस्या उत्पन्न भएपछि महानगरले सूचना जारी गर्दै अस्थायी रूपमा घरमै फोहोर सुरक्षित रूपमा राख्न अनुरोध गरेको हो। महानगरका अनुसार बञ्चरेडाँडा ल्याण्डफिल साइटमा स्थानीयवासीले फोहोर व्यवस्थापनका कार्यमा अवरोध गरेपछि पछिल्ला केही दिनदेखि फोहोर संकलन र ढुवानी कार्य […]

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दै छ। बैठकका तयारी पूरा भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। असोज २८ गते सुरु भएको बैठक कातिक १ गते स्थगित भएको थियो। सभापति शेरबहादुर देउवाले सम्बोधन गर्दै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएपछि बैठक स्थगित भएको थियो। त्यसपछि […]