सरकारले न्यायालयलाई आफ्नो प्रभावमा राख्न खोजेको स्पष्ट सन्देश दिएको छ : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले न्यायालयलाई स्वतन्त्र संस्थाभन्दा आफ्नो प्रभाव क्षेत्रभित्र राख्न खोजिरहेको स्पष्ट सन्देश दिएको बताएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘आव्हान भइसकेको संसद् स्थगन गरेर अध्यादेश जारी गरी सोही अनुरूप संवैधानिक परिषद्को बैठक बसेर निर्णय गरिनु केवल प्रक्रियागत विषय होइन, यसको नियतमाथि नै प्रश्न उठेको थियो । त्यसको […]

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको छ ।

सुदन किराती अब श्रम संस्कृति पार्टीको वरिष्ठ नेता, उपाध्यक्ष, सचिवसहित अरु के-के पाए ?

काठमाडौं । सुदन किरातीले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका छन् । साथै श्रम संस्कृति पार्टीमा एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्यहरु पनि पाउने सहमति भएको किराती पक्षका एक नेताले जानकारी दिए । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमाओवादी नेता किरातीबीच यस सम्बन्धी सहमति बिहीबार […]

बालेन सरकारले स्थगित गर्यो भन्सार बिन्दुमा एमआरपी लेबल अनिवार्य गर्ने आफ्नै निर्णय

काठमाडौं । सरकारले भन्सार बिन्दुमै आयातित वस्तुको अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य गर्ने आफ्नै निर्णय बालेन सरकारले स्थगित गरेको छ । यससँगै प्रमुख भन्सार नाकामा रोकिएको जाँचपास प्रक्रिया बुधबारदेखि पुनः सुरु भएको छ । भन्सार विभाग र व्यवसायीबीच भएको सहमतिअनुसार अब आयातकर्ताले भन्सारमै एमआरपी स्वघोषणा गर्नुपर्नेछ भने सामान आफ्नै गोदाममा लगेर लेबल टाँसेपछि मात्रै बजारमा पठाउन […]

नेपालमा वामपन्थी मात्रै होइन समग्र लोकतान्त्रिक शक्तिहरू नै हारेका हुन्– शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको गत निर्वाचनमा नेपालका वामपन्थी शक्ति मात्र नभइ समग्र लोकतान्त्रिक शक्तिहरू नै पराजित भएको बताएका छन्। महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत् धारणा राख्दै भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी आन्दोलन संकटमा परेको टिप्पणी गर्न नमिल्ने बताएका हुन्। ‘भारतको केरला राज्यमा भएको वामपन्थको हारसँग जोडेर नेपालको वामपन्थी […]

मोहना अन्सारी नेपाली कांग्रेस प्रवेश

काठमाडाँ । राष्ट्रिय मानव अधिकार आयोगको पूर्वसदस्य मोहना अन्सारी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएकी हुन् । अन्सारीले लेखेकी छिन्– ‘आजबाट विधिवत् रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु। नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकाङ्क्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका […]

प्रधानन्यायाधीश सिफारिसबारे छलफल गर्न संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आज (बिहीबार) संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले आज साँझ ५ बजेका लागि बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालका अनुसार न्यायपालिकाको नेतृत्व चयन गर्ने संवैधानिक दायित्वलाई प्राथमिकता दिँदै बैठक आह्वान गरिएको हो । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश […]

सरकारको कडा कदम: ट्रेड युनियन अधिकार खारेज, संरचना नै हटाइँदै

काठमाडौँ । सरकारले अध्यादेशमार्फत निजामती कर्मचारीहरूको ट्रेड युनियनसम्बन्धी अधिकार खारेज गरेसँगै सरकारी कार्यालयहरूमा रहेका युनियनका संरचना हटाउने प्रक्रिया सुरु गरेको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सबै मन्त्रालय, विभाग तथा मातहतका निकायहरूलाई परिपत्र जारी गर्दै युनियनका कार्यालयहरू तत्काल बन्द गर्न र त्यहाँ प्रयोग भएका सरकारी सम्पत्ति फिर्ता लिन निर्देशन दिएको हो। ‘केही नेपाल […]

प्रतिनिधिसभाका सचिव हटाउन सभामुखले सुरू गरे प्रक्रिया

काठमाडौँ । सभामुख डिपी अर्यालले प्रतिनिधिसभाका सचिव हर्कराज राईलाई हटाउने प्रक्रिया सुरू गरेका छन्। अघिल्ला सभामुख देवराज घिमिरेले सचिव नियुक्त गरेका राईलाई हटाउन सभामुख अर्यालले स्पष्टीकरण सोधेको स्रोतले जानकारी दियो। स्पष्टीकरण बुझाउने अन्तिम दिन आज सोमबार थियो। सचिव राईलाई हटाएपछि उनको ठाउँमा नयाँ नियुक्तिका लागि सिफारिस गर्न बाटो खुल्नेछ। प्रतिनिधिसभाका सभामुखले सचिवको नाम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने र […]

३ पटक फिर्ता भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले फेरि राष्ट्रपतिलाई पठायो

काठमाडौँ । सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश जारी गर्नका लागि पुनः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पठाउने निर्णय भएको सरकारको प्रवक्ता समेत रहेको शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए । आइतबार राष्ट्रपतिले उक्त अध्यादेश पुनर्विचारका लागि तेस्रो पटक सरकारलाई नै फिर्ता पठाएका थिए ।