रास्वपा सरकार सर्वसत्तावादतर्फ उन्मुख भयो, हैकमी अभ्यास तुरुन्त रोकियोस् : नागरिक समाज

काठमाडौँ । बालेन्द्र शाहको नेतृत्वमा रहेको र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सम्मिलित झण्डै दुई तिहाइको वर्तमान सरकारले नागरिक स्वतन्त्रता र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रहार गरेको भन्दै नागरिक समाजका अगुवाहरूले गम्भीर आपत्ति जनाएका छन् । २८ जना प्रबुद्ध व्यक्तिहरूले एक संयुक्त नागरिक अपिल जारी गर्दै सरकारको हैकमी शासन अभ्यास तुरुन्त रोक्न माग गरेका हुन् । नागरिक अगुवाहरूले […]

राष्ट्रपतिबाट तेस्रो पटक फिर्ता भयो संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश तेस्रो पटक फिर्ता गरेका छन्। पछिल्लो पटक राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले उक्त विधेयक स्वीकृतिका लागि गत चैत १४ राष्ट्रपति कार्यालय शीतल निवास पठाएको थियो। तर, आइतबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश सरकारलाई नै फिर्ता पठाइदिएका हुन्। सोही अध्यादेश तत्कालीन केपी शर्मा ओली […]

सीमा क्षेत्रको तस्करी नियन्त्रण गर्न कडाइ आवश्यक : रवि लामिछाने

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् । अहिले सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिएपनि तस्करी नियन्त्रण गर्नैपर्ने अवस्थामा सरकारले कडाइ गर्नुपरेको उनको भनाइ थियो । आइतबार निजी क्षेत्रसँगको संवादमा उनले सीमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरूको जीवनशैली नै वारिपारि आवतजावत गरेर […]

आफ्नो नियत र बाटो सच्च्याउन बालेन सरकारलाई सीके राउतको चेतावनी

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तत्काल आफ्नो बाटो सच्च्याउन चेतावनी दिएका छन्। सरकार बनेको सय दिन पनि पूरा नहुँदै राउतले सामाजिक सञ्जालमार्फत टिप्पणी सार्वजनिक गर्दै सरकारको ‘विकास’ सम्बन्धी अवधारणा र नागरिकप्रतिको व्यवहारमाथि प्रश्न उठाएका हुन्। विकास भनेको चिल्ला फुटपाथ र चौडा सडक मात्र नभई […]

चिकित्सा शिक्षा, मेडिकल काउन्सिल, स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी रिक्त

काठमाडौँ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३’ जारी गरेसँगै चिकित्सा शिक्षा आयोग, मेडिकल काउन्सिल, विश्वविद्यालयहरू, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूका पदाधिकारी एकैचोटि रिक्त भएका छन्। बालेन शाह नेतृत्वको रास्वपाको एकल सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै विभिन्न ऐन र संरचनाअन्तर्गत रहेका राजनीतिक नियुक्ति पाएका विभिन्न संरचनाका […]

आज रास्वपा सचिवालय बैठक, अनिवार्य उपस्थित हुन सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ । बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए । साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ । साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे पनि छलफल […]

नेकपा कार्यसंयोजन समिति पहिलो बैठकका सातबुँदे निर्णय सार्वजनिक

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकका सातबुँदे निर्णयहरू सार्वजनिक गरेको छ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता र सह-संयोजक माधव कुमार नेपालको सञ्चालनमा सम्पन्न बैठकले पार्टीको आगामी एकता महाधिवेशनको कार्यतालिका र साङ्गठनिक सुदृढीकरणको मार्गचित्र तय गरेको हो। बैठकले आगामी २०८३ मंसिर ११ देखि १५ गतेसम्म काठमाडौँमा पार्टीको एकता राष्ट्रिय महाधिवेशन […]

रवि लामिछानेले बोलाए रास्वपा सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार पार्टी सचिवालयको बैठक भोलि मध्याह्न १२:३० बजे बस्ने भएको हो। बैठक काठमाडौंस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक विषय, पार्टीको आगामी कार्यक्रम तथा संगठनात्मक गतिविधिबारे छलफल हुने अपेक्षा गरिएको छ।

राष्ट्रपतिलाई भेटेर आङ्देम्बेले जानकारी गराए अध्यादेशबारे विपक्षी दलको धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शनिबार बिहान भेटवार्ता भएको हो । भेटवार्ता करिब एक घण्टा चलेको थियो । भेटवार्ताका क्रममा समसममयिक राजनीतिक विषयमा संवाद भएको सचिवालयले जनाएको छ । त्यस क्रममा आङ्देम्बेले अध्यादेशका सन्दर्भमा विपक्षी दलहरूको धारणा पनि राष्ट्रपतिलाई अवगत गराएका थिए । सरकारले […]

सुकुमबासीलाई पर्याप्त सूचना र समय नै नदिएर हतारमा हटाइयो : कांग्रेस महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिएर मात्रै हटाउनु पर्नेमा हतार गरिएको टिप्पणी गरेका छन्। पर्याप्त सूचना र समय नदिई डोजर लगाउनु मानवीयता र व्यवहारिकता नभएको उनको भनाइ थियो। महामन्त्री पौडेलले सुकुमबासी बस्तीमा सुकुमबासी नै थिएनन्, हुकुमबासी मात्रै थिए भन्ने प्रचार गलत भएको दाबी गर्दै वास्तविक सुकुमबासीहरूको पहिचान […]