काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हालैको हिंसात्मक घटनाबारे सत्यतथ्य छानबिनको माग गरेका छन् । शनिबार भक्तपुरको गुन्डुमा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष अोलीले सो माग गरेका हुन् । ओलीले गोलीकाण्ड र त्यसपछिको घटनाक्रमबारे व्यक्त गरिएका चिन्ता र सरकारप्रति उठेका प्रश्नका सबालमा समेत […]
राजनीति
प्रचण्डकै नेतृत्वमा माओवादी महाधिवेशन, केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण
काठमाडौं । नेकपा माओवादी केन्द्रको दुई दिनसम्म चलेको केन्द्रीय समितिको बैठकले आफैँलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेको छ । केन्द्रीय समिति आयोजक समितिमा रुपान्तरण हुँदा पुष्पकमल दाहाल प्रचण्ड पनि अध्यक्षबाट संयोजकमा रुपान्तरित भएका छन् । काठमाडौंको प्रज्ञा भवनस्थित बैठकस्थलबाट बाहिरिँदै गर्दा प्रचण्डले पत्रकारहरूलाइ सम्छिप्त प्रतिक्रिया दिए, ‘म अब अध्यक्ष रहिँन, संयोजक भएँ ।’ प्रचण्डको यो […]
तत्काल शासकीय स्वरुप परिवर्तन गर्न नसकिने प्रधानमन्त्रीको प्रष्टाेक्ति
काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले वर्तमान अन्तरिम सरकारले संविधान संशोधन वा शासकीय प्रणाली परिवर्तन गर्ने अधिकार नभएको स्पष्ट पारेकी छन् । बिहीबार देशवासीका नाममा विशेष सम्बोधन गर्दै उनले जेन–जेड आन्दोलनका क्रममा उठेका राजनीतिक मागबारे प्रत्यक्ष कदम चाल्ने जिम्मेवारी आगामी निर्वाचनपछिको संसदकै हुने बताइन् । उनले भनिन्, “छ महिनाको म्याद पाएको यस सरकारलाई सबै आन्दोलनका माग […]
ललितपुर-१ मा अभियन्ता महतको उम्मेदवारी घोषणा
ललितपुर । ललितपुर प्रतिनिधिसभा क्षेत्र नं. १ मा नयाँ राजनीतिक बहसका साथ अभियन्ता सनोज महतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। ‘नागरिक प्रथम अभियान’ का अभियान्ता महतले बिहीबार अनामनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन्। उनले वैकल्पिक राजनीतिक संरचना र नयाँ शासन प्रणालीबारे बहसलाई केन्द्रीत गर्दै उम्मेदवारी घोषणा गरेका हुन्। महतले आफूलाई केवल […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा उपाध्यक्ष श्रेष्ठको छुट्टै प्रस्ताव
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विशेष महाधिवेशनमा जाने प्रस्ताव प्रस्तुत गरेलगत्तै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि लिखित प्रस्ताव पेश गरेका छन् । ‘तरलतायुक्त परिस्थिति र हाम्रो कार्यभार’ शीर्षकमा प्रस्तुत गरिएको उक्त प्रस्तावमा केही बुँदामा सहमति जुट्न नसकेकाले वैकल्पिक सुझावसहित राखिएको उपाध्यक्ष श्रेष्ठले स्पष्ट पारे । उनले यसअघि पनि […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रज्ञा भवनमा केन्द्रीय समिति बैठक सुरु हुनेछ । यसअघि बुधबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको एजेन्डा तय गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डद्वारा राजनीतिक प्रतिवेदन पेस गर्ने, प्रस्ताव र विशेष महाधिवेशनका सम्बन्धमा […]
नेतृत्व परिवर्तनबारे प्रचण्डले भने : महाधिवेशनसम्म सबै हल हुन्छ
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’ले पार्टीको आगामी महाधिवेशनले नेतृत्व परिवर्तन हुने बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा स्थायी कमिटीको बैठकपछि उनले यस्तो बताएका हुन् । नेतृत्व परिवर्तनबारे पार्टीमा छलफल भइरहेको उनको भनाइ छ । नेतृत्व परिवर्तनबारे पनि बहस भइरहेको छ नि भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भने, ‘त्यो पनि छलफल […]
अध्यादेश जारी भएसँगै मतदाता नामावली संकलनको बाटो खुल्यो
काठमाडौँ । निर्वाचन आयोगलाई मतदाता नामावली संकलन गर्न बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न अध्यादेश जारी गरेसँगै आयोगलाई नयाँ मतदाताको नाम संकलन गर्न बाटो खुलेको हो । यसअघिको कानुनअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न मिल्दैनथ्यो । मतदाता […]
कांग्रेसले लियो मधेस सरकारलाई दिएको समर्थन फिर्ता
जनकपुर । मधेस सरकारबाट कांग्रेस बाहिरिएको छ । प्रदेश राजधानी जनकपुरमा आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री शतिस सिंहको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता कृष्णा यादवले बताए । उनका अनुसार दलको बैठकमा सांसदहरूले सरकारमा नबस्न सुझाव दिए बमोजिम बैठकले निर्णय गरेको हो […]
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक सुरु हुनेछ । बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने सचिव देवेन्द्र पौडेलले जानकारी दिए । साथै […]










