भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि मतदान जारी छ ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार ९९ पदका लागि गएराति १२ बजेदेखि निरन्तर विद्युतीय मतदान भइरहेको छ ।
यही असार ७ गतेदेखि सुरु भएको महाधिवेशनमा मतदान आज बिहान १०ः०० बजेसम्म जारी रहने केसीले जानकारी दिए । बिहान ५ः५० सम्म एक हजार चार सयले मतदान गरेका छन् । मतदान सकिएको दुई घण्टामा मतपरिणाम आउने बताइएको छ ।
निर्वाचनमा ३८४ जना उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । यसअघि रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् ।







