विराटनगर आाएर विजयकुमार गच्छदारले पत्रकारसंग पार्टी एकताबारे खोले मुख

विराटनगर । उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीच निर्वाचन अगाडि पार्टी एकीकरकण हुन सक्ने बताएका छन् ।   विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस सम्बन्धमा दुवै पार्टीका नेताहरुबीच छलफल भई सहमतिपश्चात बृहत लोकतान्त्रिक गठबन्धन निर्माण हुने र यसमा अन्य साना दलसमेत सहभागी […]

खुमबहादुर खड्कालार्इ कानुन नलाग्ने कांग्रेसकाे दावी

काठमाडाैं, २६ असाेज । कानुनले भ्रष्टाचार लगायतका मुद्दामा जेल सजाय पाएका व्यक्तिलार्इ उम्मेदवार बन्न नपाउने बारे गरेकाे व्यवस्थाकाे उल्ल‌घन गर्दै नेपाली कांग्रेसले खुमबहादुर खड्कालार्इ उम्मेदवारमा सिफारिस गरेकाे छ ।  दाङ कांग्रेसले भ्रष्टाचार मुद्दामा जेल सजाय काटेका खड्कालार्इ दाङ क्षेत्र नम्बर १ बाट सङ्घीय प्रतिनिधि सभाका लागि उम्मेदवार बन्न सिफारिस गरेकाे हाे । राजनीतिक दलसम्बन्धी ऐनले […]

सरकारमा रहेकै व्यक्तिका कारण गौचनको हत्या : विप्लव

काठमाडौं, २५ असोज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले महासचिव विप्लवले राज्यको जिम्मा लिएका व्यक्तिहरुकै कारण गौचनको हत्या भएको बताएका छन् । ‘राज्यको जिम्मा लिएका व्यक्तिहरू देश लुट्ने भ्रष्टाचार र राष्ट्रघातमा लिप्त भएका कारण नागरिकहरुले यसैगरी दुःखद घटना व्यहोर्नुपरेको उनले बताएका छन् । बुधवार एक विज्ञप्ती जारी गर्दैै महासचिव विप्लवले गौचनको हत्याको घटनाप्रति दुःख व्यक्त […]

बाबुरामले २० सिट मागेपछि एमाले, माके र नयाँ शक्तिको एकता सङ्कटमा

काठमाडौँ, २४ असोज । अागामी मङ्सिरमा घाेषणा गरिएकाे प्रदेश र सङ्घकाे निर्वाचनका लागि गठबन्धनसहित पार्टी एकताका लागि गरिएकाे सहमति सङ्कटमा परेकाे छ । पार्टी एकताका लागि नै भनेर गर्न थालिएकाे याे सहमति सङ्घीय प्रतिनिधि सभाका लागि कसलार्इ कति उम्मेदवार दिने भन्ने विषयमा अाएर अप्ठ्याराेमा परेकाे छ । पार्टी एकताकाे घाेषणा गरेका तीन दल अहिले चुनावी […]

नेकपाका रौतहट जिल्ला नेता कञ्चन पक्राउ । राज्य अातङ्क बन्द गर्न नेकपाकाे चेतावनी

रौतहट, २४ असोज । नेपाल कम्युनिस्ट पार्टी रौतहटका एक जिल्ला नेतालाई प्रहरीले गिरफ्तार गरेको छ । रौतहटको बृन्दावन नगरपालिका वार्ड नं. २ बाट नेकपाका जिल्ला कमिटि सदस्य कञ्चन लामालाई प्रहरीले सोमबार अपरान्ह ५ बजे पक्राउ गरेको हो । बृन्दावन नगरपालिका वार्ड नं. २ मा रहेको आफ्नै घरमा बसेका लामालाई प्रहरीले पक्राउ गरेको हो । विरामी […]

प्रदेशको राजधानी र ‘राष्ट्रपति’ तोक्ने प्रयास अन्तिममा रोकियो

काठमाडौं, २४ असाेज । सात प्रदेशकाे अस्थायी केन्द्र ताेक्ने तयारी अन्तिममा अाएर राेकिएकाे छ । सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेकाे अधिकारसम्पन्न संघीय प्रशासन पुनःसंरचना समितिले सातवटै प्रदेशको सम्भावित राजधानी तोकेर सरकारसमक्ष सिफारिस गर्ने तयारी गरेकाे थियाे । मन्त्री बस्नेेतले मंगलबार नै समितिले तयार गरेकाे उक्त प्रतिवेदन मन्त्रीपरिषदमा प्रस्तुत गर्ने तयारी गरेका थिए । तर, […]

एमाले र माकेसहित अन्य पार्टीमा रहेका क्रान्तिकारीहरुकाबीच विप्लवले ध्रुविकरण अभियान थाल्ने

काठमाडौं, २४ असोज । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले सबै क्रान्तिकारीहरुका बीच धु्रविकरण गर्ने निर्णय गरेको छ । असोज २१ देखि २३ गतेसम्म कास्कीमा बसेको केन्द्रीय समितिको बैठकबाट नेकपाले यस्तो निर्णय गरेको हो । पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको नेकपा (माओवादी) केन्द्र र केपी ओलीको नेतृत्वमा रहेको नेकपा (एमाले)का बीच पार्टी एकताको कुराले […]

नेकपाकाे केन्द्रीय समिति बैठक सम्पन्न

पोखरा,२४ असाेज । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पाँचौ पूर्ण बैठक पोखरा, लुम्लेमा नयाँ निर्णयसहित सम्पन्न भएको छ । पार्टी महासचिव विप्लवद्वारा प्रस्तुत ‘संसदीय चुनाव खारेज गरौँ, क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पारौँ’ शीर्षकको आठ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गर्दै पोखरा बैठक सम्पन्न भएको पोखरा संवाददाताले जनाएका छन् । बैठकमा महासचिव विप्लवले एमाले, माअाेवादी केन्द्र र नयाँ […]

नेकपा (संयुक्त)को सिङ्गो केन्द्रीय समिति माओवादी केन्द्रसँग विलय हुँदै

काठमाडौँ, २४ असाेज । नेकपा (माओवादी केन्द्र) र नेकपा (संयुक्त)बीच एकता हुने भएकाे छ । नेकपा (संयुक्त)ले माअाेवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेकाे सार्वजनिक गरेकाे छ । साेमबार सम्पन्न नेकपा (संयुक्त)काे पोलिटब्यूरोको बैठकले पार्टी एकता गर्ने निर्णय गरेको हो । पार्टीका अध्यक्ष गणेश साहले पार्टी एकताको निर्णय भएको र मंगलबार बस्ने केन्द्रीय समितिको बैठकले […]

यसरी भएको थियो गौचनको दिउसै गोली हानी हत्या

काठमाडौं, २४ असाेज । सोमबार दिउँसो तीन नबज्दै बा १३ च ४९४८ नम्बरको ल्याण्ड क्रुजर गाडी चढेर नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन शान्तिनगर कुमुद देवकोटा मार्गस्थित घरबाट निस्केका मात्रै थिए । घरबाट करिब तीन सय मिटरमात्रै अघि बढेपछि उनको गाडीमा अचानक कसैले ईट्टा प्रहार गर्‌यो । गाडीको अगाडीको सिसामा प्वाल पर्‍यो । चालकले […]