काठमाडौं, २६ कार्तिक । वाम गठबन्धनको नारा लिएर चुनावी मोर्चामा होमिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्र १० मंसिरमा हुने पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअगावै पार्टी एकीकरण हुने भएको छ । निर्वाचनमा गठबन्धन गरी देशैभर उम्मेदवारी दिएका दुई पार्टीबीच भावनात्मक रूपमा एकताको भावना मजबुद बन्दै गएको निष्कर्षसहित शीर्ष नेताहरूबीच ९ मंसिरमा पार्टी एकीकरण घोषणाको […]
राजनीति
कांग्रेसको सभामा प्रमुख अतिथि बन्न सप्तरी पुगेका पर्यटन मन्त्रीलाई आयोगको २४ घन्टे स्पष्टिकरण
काठमाडौँ, २५ कार्तिक । पर्यटन मन्त्री जीतेन्द्रनारायण देव स्पष्टिकरणमा परेका छन् । उनलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको हो । मधेशमा आयोजना गरिएको एउटा कार्यक्रममा प्रमुख अतिथि बनेका मन्त्री देव आयोगको स्पष्टिकरणमा परेपछि अक्क न बक्क भएका छन् । निर्वाचन आयोगले उनलाई प्रमुख अतिथि बनेका कारण स्पष्टिकरण भने सोधेको होइन । उनले सरकारी सवारी साधनको दुरुपयोग […]
रोल्पामा दोहोरो गोली हानाहान, वर्षमान पुनसहितका उम्मेदवारहरु चढेको गाडी एम्बुसमा
काठमाडाैं, २५ काठमाडाैं । माओवादीका केन्द्रिय नेता तथा रोल्पाका प्रतिनिधिसभा सदस्य उम्मेदवार वर्षमान पुन ‘अनन्त’ चढेको गाडी अज्ञात समुहले थापेको बिद्धुतिय धरापमा परेको छ । रोल्पा जिल्लाको माडीगाउँपालिका-१ स्थिति भिट्टाबाङ भन्ने ठाउँमा माओवादी नेता वर्षमान पुन चढेको गाडी जमिनमुनि बिछ्याइएकाे बिद्धुतिय धराप बिस्फोटमा परेको हाे। गाडीमा रहेका सबैजना सकुशल रहेको र अहिले स्थिति सामान्य भइसकेको […]
१६ बुँदेमा प्रचण्डकाे हस्ताक्षर : माअाेवादीकाे दुर्दशाकाे प्रमुख कडी
राजनीतिक स्खलनको यात्रामा जो जति माथिबाट खस्छ, ऊ त्यति नै बढी चकनाचुर हुन्छ। आफ्नो गौरवमय अतीत, उदात्त आदर्श र नैतिक निष्ठालाई दाउमा राखेर सोह्रबुँदे स्रेस्तासामु नतमस्तक भएका पुष्पकमल दाहाल यस कुराका कारुणिक उदाहरण हुन्। सोह्रबुँदे लिखतमा दाहालको हस्ताक्षर एमाओवादीको दुर्दशाको पछिल्लो कडी हो। यो दुर्दशाको अर्थ हो— म हारेँ, म गलेँ, म ठाडो भएर उभिन […]
निर्वाचन आउनै लाग्दा अध्यक्ष ओलीमाथि घरमै गोली हानियो
चुनावको मुखमा जनप्रतिनिधिमाथि गोली प्रहार भएको छ । बाँकेको राप्ती–सोनारी गाउँपालिका–९ का वडा अध्यक्ष महावीर ओलीमाथि गोली प्रहार गरेको हो । निर्माण व्यवसायी समेत रहेका वडा अध्यक्ष ओलीमाथि कोहलपुरस्थित घरमै गोली प्रहार भएको प्रहारले बताएको छ ।इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार अज्ञात समूहले विहीबार राति ९ बजे भौतिक आक्रमणपछि […]
सोलुखुम्बुमा कांग्रेस र वामगठबन्धनबीच झडप, २ घाइते, दुबै पक्षका उम्मेदवार चौकीमा
सल्लेरी, २४ कार्तिक । साेलुखुम्बुकाे साेताङमा वाम गठबन्धन र नेपाली कांग्रेसका कार्यकर्ताबिच झडप भएकाे छ । झडपमा परी दुर्इ जना घाइते भएका छन् । घाइते हुनेहरुमा वामगठबन्धनका कार्यकर्ता घनश्याम बस्नेत र कांग्रेसकी पेमा लामा छन्। चुनावी अभियानका क्रममा दुबै समूहका प्रचार टाेलीहरु एकै क्षेत्रमा परेका बेला याे झडप भएकाे हाे । नेकपा एमाले र माअाेवादी […]
चीनकाे विकास देखेपछि बाेली फेरेर ट्रम्प भन्न थाले, चीन र सी जिनपिङ महान छन्
काठमाडाैं, २४ कार्तिक । चीनकाे तीन दिने भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले अाफ्नाे बाेली फेर्दै चीनकाे प्रशंसा गर्न थालेका छन् । यसअघि राष्ट्रपतीय चुनावी दाैरान र त्यसपछि पनि चीनसँगकाे व्यापार असमान भएकाे विश्लेषण गर्दै अाएका ट्रम्प चीन पुगेपछि एकाएक बाेली फेर्दै चीनले अमेरिकाबाट फाइदा उठाए पनि त्यसकाे दाेष चीनलार्इ नदिने बताएका छन् । उनले […]
आफूलार्इ आतङ्कित पार्न नारायणकाजीले गोरखामा हतियार भित्र्याएको बाबुरामको दावी
गाेरखा, २४ कार्तिक । सबै सहकर्मीले छाेडेर गएपछि एक्लै बनेका बाबुराम भट्टरार्इ गाेरखा २ बाट प्रतिनिधि सभाका लागि अाफूलार्इ भाेग माग व्यस्त छन । गाेरखा २ नम्बरमा घरदैलाे अभियान चलाएर भाेट मागिरहेका बाबुरामले अाफूलार्इ खतरामा पार्न हतियारसहितका मान्छे परिचालन गरिएकाे बताएका छन् । नेपाली कांग्रेसकाे साथ लिएर चुनावी मैदानमा कस्सिएका नयाँ शक्ति नेपालका संयाेजक बाबुरामले […]
माकेका कार्यकर्ताले कांग्रेस नेताको टाउको फुटाए
गोरखा, २३ कार्तिक । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशिला सिंखडा सवार मोटरसाइलकमा पेस्तोल भेटिएको २४ घण्टा बित्न नपाउँदै हिंसात्मक घटना भएको छ । गोरखाको घ्याम्पेसालमा नेपाली काँग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । माकेका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी काँग्रेसका स्थानीय नेता सबिन बानियाँलाई गम्भीर घाइते बनाएका छन् । बानियाँको टाउकोमा गम्भीर चोट […]
कुनै चुनावी क्षेत्र नपाएका बादललार्इ राष्ट्रपति बनाउने तयारी सुरु
काठमाडौँं, २३ कार्तिक । वामगठबन्धनकाे चर्चाले कांग्रेस हताेत्साही देखिइरहेकाे बेला वामगठबन्धनभित्र चुनावपछि बन्ने सरकारकाे नेतृत्व र अन्य भागवण्डाकाे कुरा पनि सुरु भएकाे छ । अाअाफ्नै पार्टी भित्र र दुर्इ पार्टीका बीचमा पनि चुनावका लागि बनेकाे वाम एलाइन्सपछि पार्टी एकता तहमा लगेर त्यसपछि कुन पार्टीबाट कुन कुन नेताले के के जिम्मेवारी पाउने भन्ने पनि छलफल सुरु […]