काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको करीब ६० हजार वर्ग किलोमिटर भूमिमा कब्जा जमाएर उपनिवेश कायम गर्नु स्वतन्त्रता र मानव अधिकार उल्लङ्घनको ठोस उदाहरण भएको बताएका छन् । जेनेभाको स्विस प्रेस क्लमा नेपाल, पन्जाब, मद्रास , मणिपुर र त्रिपुराका मानवअधिकार प्रतिरक्षाका क्षेत्रमा सङ्घर्षरत प्रतिनिधिका निम्ति आयोजित प्रेस भेटघाट कार्यक्रममा मोर्चाका […]
राजनीति
बन्दमा चलेका सवारीसाधनमाथि ठाउँ–ठाउँमा तोडफोड, आगजनी र बम (अपडेट)
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीले आव्हान गरेको बन्दकाका कारण पुरै देशको जनजीवन ठप्प बनेको छ । राजधानी काठमाडौंसहित, पोखरा, हेटौंडा, बिराटनगर, धरान, चितवन, बुटवल, दाङ, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, डडेलधुरा लगायत पश्चिम नेपालका मुख्य सहरहरु बन्द रहेका छन् । बन्दका कारण देशभर बिहानी सेवाका यातायात तथा शैक्षिक सस्थाहरु ठप्प बनेका छन् । काठमाडौंमा फ्याट्टफुट्टरुपमा मोटरसाइकल र […]
सरकारको प्रतिबन्ध विरुद्ध विप्लवको कडा जवाफ (विज्ञप्ति)
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नो पार्टीमा सरकारले प्रतिबन्धको सशक्त प्रतिरोध गर्ने बताएका छन् । विप्लवले पार्टीमाथि दमन गरिए त्यसको मुखतोड जवाफ दिने चेतावनी पनि दिएका छन् । फागुन २८ गते मन्त्रिमण्डलको बैठकले नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्धपछि पहिलो पटक विप्लवले विज्ञप्ति दिएर सरकारलाई त्यसको जवाफ दिने बताएका हुन् । “केपी–बादल कम्पनीले आफ्नो पार्टीमाथि […]
विप्लवमाथि प्रतिबन्ध लगाएर सरकार आफै युद्ध उन्मुख भयोः आहुति
काठमाडौं, २९ फागुन । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माणका निम्ति वैचारिक राजनीतिक तथा सामाजिक अभियान समितिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेर सरकार आफै युद्ध उन्मुख भएको ठहर गरेको छ। संयोजक आहुतिले बुधबार जारी गरेको विज्ञप्तिमा सरकारले आफ्नो अक्षम अस्तित्वलाई ठाकछोप गर्न नै नेकपामाथि प्रतिबन्धको घातक नाटक सुरु गरेको उल्लेख […]
नेकपामाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति मोहन बैद्य आक्रोशित
काठमाडौं, २९ फागुन । नेकपा (क्रान्तिकारी माओवादी)ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति निन्दा व्यक्त गरेका छन् । अध्यक्ष मोहन बैद्यले काठमाडौंको बुद्धनगरमा पार्टीको बैठकमा उक्त आक्रोश व्यक्त गरेका हुन् । बैठकमा बैद्यले सरकार फासिवादी शैलीमा अघि बढेको भन्दै आक्रोश व्यक्त गरेको एक नेताले बताए । सो बैठकले सरकारको निर्णयको […]
विप्लवमाथि प्रतिबन्ध पार्टीमा सल्लाह नै नगरेर लगाएको भन्दै माधव नेपालले जनाए आपत्ती
काठमाडौं, २९ फागुन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति धेरैले आपत्ती जनाएका छन् । यसैक्रममा सरकारको नेतृत्व गरिरहेको दल नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले सरकारको निर्णयप्रति आपत्ती जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेता नेपालले सो कुरा बताएका हुन् । नेता नेपालले पार्टीमा […]
विप्लवमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयप्रति नायिका रेखा थापाको कडा विरोध
काठमाडौं २९ फागुन । नेत्रविक्रम चन्द विप्लवकाे पार्टी नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने सरकारकाे निर्णयकाे अभिनेत्री रेखा थापाले विराेध गरेकी छन् । अभिनेत्री थापाले याे निर्णयबाट देशमा द्वन्द्व निम्तिने बताएकी छन । सरकारले देशमा द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाउँदै उनले त्यसप्रति अाक्राेश समेत पाेखेकी छन्। फेसबुकमा स्टाटस लेख्दै नायिका थापाले यसप्रति अाक्राेश पाेखेकी छन् । […]
प्रतिबन्धको विरोध गर्दै बाबुरामले भने, यसबाट केपी, प्रचण्ड र विप्लव सबै समाप्त हुन सक्छन्
काठमाडौ, २९ फागुन । पूर्व प्रधानमन्त्री समेत रहेका नयाँशक्ति नेपालका संयोजक बाबुराम भट्टराईले नेत्रबिक्रम चन्द (बिप्लब) नेतृत्वको समूहमाथि प्रतिबन्ध लगाउने निर्णयको विरोध गरेका छन्। कार्ल मार्क्सको एक भनाई उध्दृत गर्दै र सरकारको निर्णयलाई ‘बिडम्बनापूर्ण’ भन्दै डा भट्टराईले बिप्लब समूहलाई प्रतिबन्ध लगाउने निर्णयको सांकेतिक विरोध गरेका हुन्। सोमबार मध्यरातमा आफ्नो फेसबुकको वालमा भट्टराईले लेखेका छन्, ‘मार्क्सले […]
युरोपियन युनियनले राख्यो १० देशलाई कालोसूचीमा
एजेन्सी । युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ । संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले […]
भरतपुर महानगरपालिकाको वडा कार्यालयमा शक्तिशाली वम विष्फोट
चितवन, २९ फागुन । भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गए राति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । राति करिब १२ः३० बजे विस्फोट भएकाे चितवन प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले विस्फोटबाट कार्यालयको झ्यालका सिसा फुटेको र विस्फोटपछिको आगजनीबाट कागजपत्र जलेर नष्ट भएको बताए । जिल्लामा व्यापकरूपमा […]











