काठमाडौँ, ७ चैत । सरकारले पाँच संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच आयोगका अध्यक्ष नियुक्ति गरेकी हुन् ।
राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्ष पदमा समिम मियाँ अन्सारीलाई नियुक्त भएका छन् । संवैधानिक परिषदले विभिन्न पाँच आयोगमा नियुक्ति गर्नका लागि गरेको सिफारिस वमोजिम उनीहरुलाई राष्ट्रपतिले नियुक्ति गरेकी हुन् ।
पाँचै आयोगका नवनियुक्त अध्यक्षहरुलाई राष्ट्रपतिको समुपस्थितिमा शीतलनिवासमा आयोजित विशेष समारोह आयोजना गरी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पद तथा गोपनियताको शपथ गराएका छन् ।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री भानुभक्त ढकाल, उपसभामुख शिवमाया तुम्वाहाम्फे, संवैधानिक अङ्ग र सुरक्षा निकायका प्रमुख तथा नेपाल सरकारका विशिष्ट श्रेणीका पदाधिकारीको उपस्थिति थियो ।