भरतपुर–१९ को पुनः मतदानमा कसले मार्ला बाजी ?

चितवन, २० साउन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान शुरु भएको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । सर्वोच्च अदालतको अन्तिम फैसला आएपछि भरतपुर १९ मा […]

बरिष्ठको विवादले राजपा फेरि फुटको संघारमा । आधा दर्जनले गरे बैठकै बहिस्कार

काठमाडौं, २० साउन । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको बुधबार प्रारम्भ भएको पदाधिकारी बैठक वरिष्ठ नेता हृदयेश त्रिपाठी समूहले बहिष्कार गरेको छ। त्रिपाठी समूहमा सांसदहरू सर्वेन्द्रनाथ शुक्ल, बृजेशकुमार गुप्ता, अकवालअहमद साह, कमलेशवर पुरी गोस्वामीसहित आधा दर्जन नेता छन्। पदीय विवादकै कारण पदाधिकारी बैठक बहिष्कार गरेको त्रिपाठी समूहका एक नेताले बताए । बैठकको दोस्रो दिन बिहीबार […]

११ डिआईजी एआईजीमा बढुवा । बमबहादुर पछि जयबहादुर

काठमाडौं, १९ साउन । नेपाल प्रहरीकाे बढुवा समितिले गरेकाे सिफारिश अनुसार सरकारले ११ डिअाइजीलार्इ एअार्इजीमा बढुवा गरेकाे छ । अाज बिहान सिंहदरवारमा बसेकाे मन्त्रिपरिषदकाे बैठकले उनीहरुलार्इ बढुवा गर्ने निर्णय गरेकाे हाे । यसअघि बढुवा समितिले ११ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेकाे थियाे । मन्त्रिपरिषदले गरेकाे बढुवामा […]

बलात्कारी र भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने माग गर्दै संसदमा एक दर्जन सांसदले गरे हंगामा

काठमाडौं, १७ साउन । संसारभर बलात्कार र भ्रष्टाचार निकै ठूलो अपराधमा दर्ज हुँदैछन । नेपालमा भने बलत्कारी र भ्रष्टाचारीलाई राज्यको कानुन बनाउने सर्वोच्च निकायमा पुर्याउनुपर्छ भन्ने माग उठन थालेका छन् । त्यो पनि अरुले होइन, देशको संविधान बनाउन निर्वाचित सभासद/सांसदहरुले नै संसदमै यस्ताे माग गरेका छन । भ्रष्टाचारलार्इ शुन्य सहनशीलता अपनाउने घोषणा चौतर्फी भइरहेका बेला […]

गृहमन्त्रीसँग विप्लवका प्रवक्ता आगो । हस्तक्षेप नरोके कडा संघर्षको चेतावनी

काठमाडौँ, १७ साउन । नेपाल कम्युनस्टि पार्टीले पोखरा पृथ्वी चोकस्थित सस्तो बजारका व्यवसायीमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । विगत पाँच वर्षदेखि फुटपाथका व्यापारीले लगानी गरेर सस्तो बजार संचलान गर्दै आएका साना व्यपारीलाई उठिबास लगाउन सरकार भ्रष्ट तत्वसँग मिलेको नेकपाले बताएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार विज्ञप्ति जारी गरेर सरकार र नेपाल वायु […]

भरतपुर १९ मा साउन २० गते फेरि मतदान हुने । कसैले प्रचार गर्न नपाउने

काठमाडौं, १७ साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा यही साउन २० गते पुनः मतदान गर्न दलहरु सहमत भएका छन् । २० गते निर्वाचन हुने भएपछि निर्वाचन आयोगले आजैबाट शुन्य समय सुरु भएको जनाएको छ । शुन्य समय सुरुभएका कारण कुनै पनि उम्मेदवारहरुले प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा […]

नेपालका राजनीतिक पार्टीभित्र पदकै लागि ठूलो लडाइँ । बरियता खोजेर हुन्छ यस्तो लडाइँ

काठमाडौं, १७ साउन । नेपालका अधिकांश राजनीतिक दलभित्र नेताबीच ‘पदीय’ विवाद छ। पार्टी शीर्ष नेतृत्वमा विवाद नभए पनि त्यसपछिको नेता को भन्नेमा भने अधिकांश दलमा हानथाप छ। मुख्य नेतापछि को भन्नेमा नेताबीच देखिएको ुटसलु का कारण कतिपय अवस्थामा दलका बैठक प्रभावित हुने गरेको छ। आन्तरिक रूपमा नेताहरूको वरीयता निर्धारण गर्न नसक्दा कांग्रेस, माओवादीदेखि राष्ट्रिय जनता […]

स्थानीय तह सञ्चालन विधेयकमा सैद्धान्तिक छलफल

काठमाडौँ, १६ साउन । पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न भएको अढाइ महिनापछि ‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि सैद्धान्तिक छलफल भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले आज आयोजना गरेको बैठकमा विधेयकमाथि संशोधन दर्ता गराउनुभएका सांसदले संशोधन गर्नुपर्ने सम्बन्धमा आफ्ना विचार राख्दै कानूनका अभावमा निर्देशनका भरमा स्थानीय तह सञ्चालन भएकाले छिटो […]

जुम्लामा दलित नेता जिल्ला समन्वय समितिको प्रमुखमा निर्विरोध निर्वाचित

जुम्ला, १६ साउन । जुम्ला जिल्ला समन्वय समिति जुम्लाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लालबहादुर सार्की निर्विरोध निर्वाचित भएका छन् । नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको सयुंक्त उम्मेदवारका रूपमा सार्की प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । उपप्रमुखमा नेपाली काँग्रेसका पार्टी सचिव कार्मा बुढा निर्वाचित भएका हुन । समितिमा माओवादी केन्द्रका प्रमुखसहित छ जना र नेपाली […]

राजनीतिक संस्कृति र माओवादी

चाल, चलन र चरित्र फेर्ने भनेको फलामकै च्यूरा चपाउनु हो । यो कथन सबभन्दा ज्यादा माओवादी आन्दोलनमा लागु हुन्छ । हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक संघ सस्थालाई फरक पार्ने भनेको उसका चाल, चलन र चरित्र नै हुन् । सोहीअनुसार नियम बनाइएका हुन्छन् । आजको मानिस कथनीमा हैन, करनीमा विश्वास गर्छ । विश्वासमा हैन, […]