‘राष्ट्र प्रमुखमा राजसंस्था राख्नका लागि उम्मेदवारी’ उम्मेदवार तिमिल्सिना

ललितपुर, ६ मंसिर । श्यामप्रसाद तिमिल्सिना यस पटक पनि प्रतिनिधिसभाको लागि ललितपुर क्षेत्र नं ३ बाट चुनावी मैदानमा उत्रिएका छन् । ललितपुर जिल्लाको दक्षिण भेगस्थित गोटीखेलमा जन्मिनु भएका तिमिल्सिना २०५९ सालतिर तत्कालीन जिल्ला विकास समिति ललितपुरको उपसभापति हुुनुहुन्थ्यो । केशरबहादुर विष्टपछिको राजवादी नेताका रुपमा तिमिल्सिना परिचित छन् । उहाँ यस पटक प्रकाशचन्द्र लोहनीको एकिकृत राष्ट्रिय […]

गिरफ्तार पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीसँग माग

काठमाडौ, ६ मंसीर । नेपाल पत्रकार महासंघले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर केही दिन यता पत्ररकालाई उ परेकाे भन्दै गिरफ्तार पत्रकारलाई तत्काल रिहा गर्न माग गरेकाे छ । पत्रकार महासंघका अध्यक्ष गाेविन्द अाचार्यकाे नेतृत्वमा गएकाे डेलिगेशन टाेलीले प्रधानमन्त्री देउवालाई बुधबार साँझ प्रम निवास बालुवाटारमा भेटी साे माग गरेकाे हाे । प्रहरीले देशका विभिन्न ठाउँबाट ८ जना पत्रकारलाई […]

सरकारले समातेका अधिकां‌श सर्वसाधारण नागरिक

काठमाडाैं, ६ मंसिर । निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ । तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा रहेकाे नेपाल कम्युनिस्ट पार्टीकाे शुभचिन्तक मात्र भएकाे थाहा भएकाे छ । पक्राउ परेका मध्ये […]

निर्वाचन आयोगको धज्जी उडाउँदै एकै दिन एकै जिल्लामा तीन सिडियोको हेरफेर

काठमाडाैं, ६ मंसिर । प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ । अरु सामान्य प्रचलन र अन्य कानुन ताेडेर मनाेमानीपूर्ण तरिकाले काम गरिरहेकाे देउवा सरकारले निर्वाचन […]

शोकमा डुबेका प्रचण्डलार्इ केपीले लेखे भावुक पत्र (चिठीको पूरा पाठ)

काठमाडाैं, ६ मंसिर । अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि परेेकाे शाेकले समस्या पारेकाे पत्रमा अनुभूति दिएका छन् । गठबन्धनका एक मुख्य नेताकाे हैसियतमा निर्वाचन […]

मुटुरोग विशेषज्ञ डा. रेग्मी भन्छन, प्रकाशको मृत्यु हर्ट अट्याकले भयो भन्नु अपरिपक्वता

काठमाडौं, ५ मंसिर । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रकाशराज रेग्मीले प्रकाश दाहालको मृत्यु ‘हर्ट अट्याक’ का कारण भएको भन्नु गैरजिम्मेवारपूर्ण भएको बताएका छन्। डा. रेग्मीले पोष्टमार्टम नगरेर प्रकाशको मृत्यु हर्ट अट्‍याकबाट भए भन्‍न नमिल्ने बताए । प्रकाशको शवको पोस्टमार्टम नगरेका कारण उनको मृत्युको कारण पत्ता लाग्न बाटो सदाको लागि अन्त्य भएको समेत डा. रेग्मीको भनाइ छ […]

एमाले-माकेकाे पत्रकार सम्मेलनबाटै पक्राउ गरियाे पत्रकार डुम्रेलार्इ

काठमाडौं, ५ मंसिर । प्रहरीले पत्रकार प्रकाश डुम्रेलाई एमाले-माओवादीको पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेको छ । रुपन्देही एमाले र माअाेवादी केन्द्रले जिल्ला पार्टी कार्यालय बुटवलमा अायाेजना गरेकाे समंयुक्त पत्रकार सम्मलेनकाे रिपाेर्टिङका लागि पुगेका पत्रकार डुम्रेलार्इ प्रहरीले पत्रकार सम्मेलन स्थलबाटै गिरफ्तार गरेकाे हाे । गर्जन पाेष्ट साप्ताहिकका प्रधान सम्पादक डुम्रे नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका कार्यसमिति […]

नेकपाविरुद्ध सिआइडी गर्नेलाई पनि गिरफ्तार गर्छौं : रणवीर

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य भरत बम ‘रणवीर’ले आफ्ना पार्टीका नेता–कार्यकर्ता र समर्थक–शुभचिन्तमाथि धरपकड र गिरफ्तारी नरोकिए सुराकी गर्नेलाई पनि गिरफ्तार गर्न बाध्य हुने बताएका छन् । उनले राजनीतिक आस्थाकै कारण गरिने गिरफ्तारी रोकिनुपर्ने पनि बताएका छन् । उनले शान्ति सम्झौताको मर्म विपरित एकपक्षीय रुपमा दलाल संसदीय व्यवस्थालाई संस्थागत गर्न चुनाव […]

उम्मेदवारलार्इ एक एक लाख रकम बाँड्याे कांग्रेसले

काठमाडाैं, ५ कार्तिक । कांग्रेसले संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फका उम्मेदवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । दुर्गमका केही उम्मेदवारले रकम लगे पनि बाँकीले रकम नलगेको कांग्रेसका एक नेताले अन्नपूर्णलाई जानकारी दिए । कांग्रेसले २०७० सालको संविधानसभा चुनावमा पनि प्रत्यक्षतर्फका उम्मेदवारलाई एक लाख रुपैयाँ निर्वाचन खर्च उपलब्ध गराएको थियो। यता, एमालेले उम्मेदवारलाई […]

चुनाव अवधिमा कर्मचारीकाे भत्तामा मात्रै ८ अर्ब स्वाहा

काठमाडाैं, ५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अवधिभर खटिने सुरक्षाकर्मी र कर्मचारीका लागि भत्ता सुविधामा मात्रै ८ अर्ब रुपैयाँभन्दा बढी रकम खर्च हुने देखिएको छ । मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको निर्वाचनमा निजामति कर्मचारी, शिक्षक, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी करिब […]