काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षण गरी आज अपराह्न स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य परीक्षण गर्न यही साउन १८ गते त्यसतर्फ प्रस्थान गरेका थिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री ईश्वर […]
राजनीति
नागरिकका वैयक्तिक गोपनीयता कायम होस्
काठमाडौँ, २७ साउन । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफल सकिएको छ ।समितिको आजको बैठकले उक्त विधेयमाथिको सांसदले दिएका सुझावलाई समेटेर परिमार्जन गरी ल्याउन गृह मन्त्रालयका पदाधिकारीलाई निर्देशन दिएको छ । समितिका सभापति शशी श्रेष्ठले बैठकको अन्त्यमा विधेयकमाथिको दफावार छलफल सकिएकाले विधेयकको प्रतिवेदनमाथि सांसदले राख्नुभएको […]
धार्मिक सहिष्णुतामा आधारित इन्द्रेणी जस्तै सुन्दर छ: मुख्यमन्त्री पौडेल
हेटौँडा, २७ साउन । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै जाति र संस्कृतिका चाडपर्वहरुप्रति सरकारले उत्तिकै सम्मान गर्ने बताए । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद इदुल जोहा का अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री पौडेलले सभ्यता, संस्कृति र कलामा सयौँ वर्षअगाडि देखि नै यस प्रदेशले प्रसिद्धि पाएको तथा यस प्रदेशमा अनगिन्ती प्राकृतिक, सांस्कृतिक र […]
वडा कार्यालयमा बम विष्फोट, वम पडकाउनेको खोजि गर्दै प्रहरी
झापा, २७ साउन । अज्ञात समूहले झापाको बिर्तामोडस्थित वडा कार्यालयको भवनमा आज बिहान बम विष्फोट गराएको छ । बिर्तामोड नगरपालिकाको ७, ८ र ९ नम्बरको संयुक्त वडा कार्यालयमा बिहान ४ः३० बजे बम विष्फोट गराएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । प्रहरी निरीक्षक सुनिल श्रेष्ठका अनासार गरामनीमा रहेको संयुक्त वडा कार्यालयमा बम विष्फोट गराउँदा कार्यालयको […]
गाउँगाउँमा सुरु भयो ‘एक घर, एक रोजगार’ कार्यक्रम
वीरेन्द्रनगर, २७ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिकाले बेरोजगार युवालाई गाउँमै रोजगारीको अवसर जुटाउने भएको छ । जसअन्तर्गत नगरपालिकाले वार्षिक न्यूनतम १०० दिनको रोजगारी दिने कार्यक्रम तय गरेको छ । नगरपालिकाले गरीब, विपन्न तथा पिछडिएका भूगोलका समुदाय र परिवारका बेरोजगार युवालाई ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तगत रोजगार दिने नीति लिएको हो । “कामका लागि विदेशमा जाने […]
गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने, आयो लोकसेवा आयोग सम्बन्धि छुट्टै विधेयक
पोखरा, २६ साउन । गण्डकी प्रदेशले अब आफ्ना कर्मचारी आफै भर्ना गर्ने भएको छ । प्रदेश सरकारले ल्याएको छुट्टै लोकसेवा आयोग सम्बन्धी विधेयक प्रमाणीकरण भएपछि अब कर्मचारी भर्नाको बाटो खुलेको हो । प्रदेश सरकारले लोक सेवा आयोगको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेको छ । गण्डकी प्रदेश सभाले […]
छोरा राहुललाई पछाडि हटाएर भारतीय कांग्रेसको अध्यक्षमा फेरि सोनिया गान्धी
काठमाडौैं । भारतीय कांग्रेसको अध्यक्ष फेरि सोनिया गान्धी बनेकी छिन्। यससँग भारतीय कांग्रेसको नेतृत्व फेरि पनि गान्धी परिवारमै रहने विरासत कायमै रहेको छ । यसअघि पनि सोनिया लामो समय पार्टीको अध्यक्ष थिइन । पछिल्लो समय उनले छोरा राहुललाई जिम्मा लगाएर निस्कृय भएकी थिइन । छोरा राहुल गान्धीले गत निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि पदबाट राजीनामा […]
नेपाली सेनाका मेजरलाई काठमाडौंबाट गएको प्रहरीको टोलीले पूर्वी पृतनाकै गेटमा गर्यो पक्राउ
काठमाडौं, २५ साउन । लागु औषध ब्राउन सुगरसहित नेपाली सेनाका एक बहालवाला मेजर पक्राउ परेका छन् । उनलाई प्रहरीले रहस्यमय तरिकाले पक्राउ गरेको हो । पक्राउ पर्ने नेपाली सेनाका मेजर अजितप्रताप सिंह हुन । उनलाई नेपाली सेनाको पूर्वी पृतना बाहिरबाट प्रहरीले गिरफ्तार गरेको हो । इटहरीको हलगढामा नेपाली सेनाको पूर्वी पृतना छ । मेजर सिंह […]
लोकसेवाद्वारा स्थानीय तहका वातावरण निरिक्षक पदको नतिजा प्रकाशन (पूरा नतिजासहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन १३ गते सञ्चालन गरेको छैटौ तह वातावरण निरिक्षक पदको नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १२ दिनमै नतिजा प्रकाशन गरेको हो । आयोगका अनुसार प्रथम चरणमा वातावरण निरिक्षक पदका लागि २० जना परीक्षार्थीले परीक्षा दिएका थिए । उक्त लिखित परीक्षामा सहभागी […]
लोकसेवाले निकाल्यो जुम्ला केन्द्रको स्थानीय तह शिक्षा समूह अधिकृतको नतिजा (पूरा रिजल्टसहित)
काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन ९ गते सञ्चालन गरेको शिक्षा सेवा, शिक्षा प्रशासन समूह अधिकृत छैटौ तह (प्राविधिक) को नतिजा प्रकाशन गरेको छ । लोकसेवाले परीक्षा सम्पन्न गरेको १६ दिनमै नतिजा प्रकाशन गरेको हो । प्रथम चरणको उक्त लिखित परीक्षामा १०३ जना परीक्षार्थीहरु सहभागी भएका थिए । त्यसमध्ये ५९ […]











