छोरा राहुललाई पछाडि हटाएर भारतीय कांग्रेसको अध्यक्षमा फेरि सोनिया गान्धी

काठमाडौैं । भारतीय कांग्रेसको अध्यक्ष फेरि सोनिया गान्धी बनेकी छिन्। यससँग भारतीय कांग्रेसको नेतृत्व फेरि पनि गान्धी परिवारमै रहने विरासत कायमै रहेको छ ।

यसअघि पनि सोनिया लामो समय पार्टीको अध्यक्ष थिइन । पछिल्लो समय उनले छोरा राहुललाई जिम्मा लगाएर निस्कृय भएकी थिइन । छोरा राहुल गान्धीले गत निर्वाचनमा पार्टी नराम्ररी पराजित भएपछि पदबाट राजीनामा दिएका थिए।

राहुलले राजिनामा दिएपछि कांग्रेसमा को अध्यक्ष बन्ने भन्ने बारे लामो छलफल सुरु भएको थियो । यही विषयमा छलफल गर्न शनिबार रातिसम्म चलेको कांग्रेस कार्यसमितिको बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो। यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए।

सोनियाले १९९८ देखि २०१७ सम्म कंग्रेसको नेतृत्व गरेकी थिइन्। त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो। तर सोनियाले नेतृत्व लिन अस्वीकार गरेकी थिइन्।

यस्तै कांग्रेसलाई जसैगरी पनि १५ तारिख अगाडि नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

भारतीय कांग्रेसको १५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तोलन गर्ने चलन छ। शनिबार कार्यसमितिको दोस्रो बैठकमा राहुलले पुनः अध्यक्षको जिम्मेवारी सम्हालन अस्वीकार गरेका थिए।

त्यसपछि प्रियंका गान्धीलाई अध्यक्ष बनाउने प्रस्ताव गरे पनि यसमा भने सहमति जुट्न सकेन्। नेताहरुले प्रियंका र राहुल मिलेर नयाँ अध्यक्ष चयन गर्न भन्दा पनि उनीहरुले त्यो प्रस्ताव पनि अस्वीकार गरेका थिए।

त्यसपछि कुनै पनि विकल्प नभएपछि सोनियालाई नै अन्तरिम अध्यक्षको रुपमा प्रस्ताव गरिएको हो।

Loading...