काठमाडौं, २५ साउन । लोकसेवा आयोगले स्थानीय तहका लागि गत साउन १३ गते सञ्चालन गरेको छैटौ तह वातावरण निरिक्षक पदको नतिजा प्रकाशन गरेको छ ।
लोकसेवाले परीक्षा सम्पन्न गरेको १२ दिनमै नतिजा प्रकाशन गरेको हो । आयोगका अनुसार प्रथम चरणमा वातावरण निरिक्षक पदका लागि २० जना परीक्षार्थीले परीक्षा दिएका थिए । उक्त लिखित परीक्षामा सहभागी भएका मध्ये १११ जना उत्तीर्ण भई दोस्रो चरणका लागि छनौट भएका हुन् ।