प्रचण्ड र केपी अाेलीलार्इ एकीकृत पार्टीको कार्यदिशा तयार गर्ने जिम्मा, बाँकी काम गर्न कार्यदललार्इ जिम्मा

काठमाडौं, २६ पुस । नेकपा एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको कार्यदिशा दुवै पार्टीका अध्यक्षले टुंगो लगाउने निर्णय गरेका छन् । एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा मंगलबार बसेको पार्टी एकता संयोजन समिति बैठकले पार्टी एकताप्रति दुवै पार्टी दृढ रहेको र त्यसमा कुनै विवाद तथा असहमति नरहेको निष्कर्ष निकाल्दै एकताका लागि थप गृहकार्यमा जुट्ने निर्णय […]

सरकारको अर्को निर्णय विरुद्ध सर्वोच्चमा मुद्दा, पराजुलीले के गर्लान

काठमाडाैं, २६ पुस । निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत निवर्तमान सांसदहरूलाई झन्डै १० अर्ब रुपैयाँ खर्च गर्न दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । कैलाली– २ बाट प्रतिनिधिसभामा निर्वाचित एमाले सांसद झपट रावलले निवर्तमान भइसकेका सांसदलाई उक्त बजेट खर्च गर्न दिन नहुने भन्दै मुद्दा दायर गरेका हुन् । सरकारले यसअघि निर्वाचन क्षेत्र पूर्वाधार […]

प्रचण्डलार्इ अध्यक्ष बनाउन बहस गर्ने एमाले नेताहरुमाथि केपीले गरे यस्तो कारवाही (विज्ञप्ती)

काठमाडौं, २५ पुस । एमालेले पार्टी एकता र नेतृत्वबारे सार्वजनिक अभिव्यक्ति नदिन पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । अध्यक्ष केपी ओली निवास बालकोटमा सोमबार बसेको स्थायी समिति बैठकले एकता प्रक्रिया, पार्टीको मार्गदर्शक सिद्धान्त र नेतृत्बारे नबोल्न नेताहरुलाई कडा निर्देशन दिएको हो । ‘एकीकरणलाई असहज तुल्याउने गरी सार्वजनिक सञ्चारमाध्यमबाट नीति, नेतृत्व र एकताका अन्य […]

राजाको शासनभन्दा चर्को निरङ्कुशता लादियो : गगन थापा

काठमाडाैं,२५ पुस । सर्वाेच्च अदालतका प्रधानन्यायाधिशकाे विराेधमा अनसन बसेकाे भन्दै पक्राउ परेका डा. गाेविन्द केसीकाे पक्षमा पूर्व प्रधानमन्त्री, मन्त्री सहित राजनैतिक दलका नेताहरु सडकमा अाेर्लिएका छन् । केसीकाे गिरफ्तारी व्यक्तिकाे बाेल्न पाउने स्वतन्त्रताकाे विरुद्ध भएकाे भन्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा, विवेकशील […]

रुक्माङ्गतलार्इ माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्ने प्रदेशमा प्रमुख बनाएर पठाउने देउवाको तयारी

काठमाडौँ, २३ पुस । सरकारले पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवाललार्इ प्रदेश प्रमुख बनाउने तयारी गरेकाे छ । कटवालसहित त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश रामनगिना सिंह, पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल र माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालालार्इ समेत प्रदेशकाे प्रमुख बनाउने तयारी शेरबहादुर देउवा नेतृत्वकाे सरकारले गर्न लागेकाे हाे । तर, यस विषयमा सहमति जुटिसकेकाे […]

बाबुराम भट्टरार्इ माअाेवादी केन्द्रमा फर्कदै

काठमाडौं, २३ पुस । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराई पुनः माओवादी केन्द्रमै फर्कने तयारीमा रहेको खुलासा भएको छ । माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आफूलाई भेट्न पुगेका केही नेताहरुसँगको भेटमा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल)ले उक्त कुराको खुलासा गरेका हुन् । उनले नेताहरुसँगको भेटमा आफ्नो केही समयदेखि डाक्टर भट्टराईसँग पार्टी एकता बारेमा […]

ललितपुर १ बाट बामदेवलार्इ जिताउन कमरेड ‘किर्तेबहादुर’लाई जेल पठाउने तयारी !

काठमाडौं, २१ पुस । लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले पूर्व डिअाईजी तथा ललितपुरबाट निर्वाचित सांसद नवराज सिलवालाई जेल पाठएर त्यही क्षेत्रबाट वामदेव गौतमलाई जिताउने डिजाइन भएको हुन सक्ने अाशंका व्यक्त गरेका छन् । नेकपा एमालेप्रति कडा टिप्पणी गर्दै अाएका संग्रौलाले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, ”गुण्डा नाइके मनाङ्गेलाई माननीय भन्नुपर्ने, उता कमरेड किर्तेबहादुर राजधानीबाट बाहिरिए […]

यस्ता छन् सात प्रदेशका अस्थायी राजधानी र कार्यालय भवन

काठमाडाैं, २१ पुस । प्रदेश सभाकाे निर्वाचन भएकाे लामाे समयपछि सरकारले प्रदेश सभा रहने मुकामकाे टुङ्गाे लगाएकाे छ । सहरी विकास मन्त्रालयले सराेकारवालाहरुसँगकाे छलफलपछि तयार गरेकाे याे प्रस्ताव मन्त्रिपरिषदले पारित गरेपछि लागु हुने बताइएकाे छ । निर्वाचन सम्पन्न भएर सांसदहरु चुनिइसकेकाे भए पनि उनीहरु कहाँ रहने भन्ने कुनै टुङ्गाे थिएन । न त प्रदेशकाे राजधानीकाे […]

निर्वाचन अायाेगले भन्याे ‘समानुपातिककाे मतपरिणाम सार्वजनिक गर्न कानुनी अड्चन छ’

काठमाडौं, २० पुस । राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयोगका पदाधिकारीबीच भेटवार्ता भएको छ । शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिएकी छन् । साथै जनअभिमतलाई कदर गर्दै नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न निर्वाचनको मतपरिणाम संविधान र प्रचलित कानूनको मर्म र भावना अनुसार समयमै […]

क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]