झापामा विप्लवका १७ कार्यकर्ता पक्राउ

सुरुङ्गा २७ साउन । झापामा प्रहरीले नेत्रविक्रम चन्द समूहका १७ कार्यकर्ता पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट सो समूहका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

सो समूहले भद्रपुर, बिर्तामोड, अर्जुनधारा, दमकलगायत विभिन्न स्थानमा एनसेलका टावरमा आगजनी तथा विष्फोट गराएको भन्दै तिनका कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

आज बिहान बिर्तामोड नगरपालिकाको संयुक्त वडा कार्यालय ७, ८ र ९०मा समेत बम विष्फोट भएको छ । विष्फोटको जिम्मा कसैले नलिए पनि चन्द समूहले नै विष्फोट गराएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक दिनेशराज मैनालीले बताए।

मैनालीका अनुसार वडा कार्यालयमा बम विष्फोट गराउने समूहको खोजी भइरहेको छ । प्रेसर कुकर बम विष्फोटका कारण वडाको सम्पूर्ण काम पूर्णरूपमा प्रभावित भएको छ ।

Loading...