इतिहास उल्ट्याउन प्रयास गर्नेलाई फोहरको थुप्रोमा मिल्क्याउने प्रचण्डको चेतावनी

काठमाडौँ, २५ साउन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताएका छन् । शनिबार काठमाडाैंकाे बुद्धनगरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनले अायाेजना गरेकाे उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरण सहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दाबी […]

२ करोड चन्दा मागिएपछि गाउँ छोडेर काठमाडौं बसिरहेका गाउँपालिका अध्यक्षको यस्तो पीडा

काठमाडौँ । रामेछापको लिखु–तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का विगत एक महीनादेखि निक्कै तनावमा थिए । अपरिचित व्यक्तिबाट फोनमार्फत दुई करोड रुपैयाँ नदिए अपरहण गर्ने र मार्ने धम्की लगातार आइरह्यो । त्यसैले उनी पछिल्लो समयमा गाउँपालिका फर्केका थिएनन् । काठमाडौँस्थित घरमै बसे । खड्काले भने, “यति बजे त घरबाट निस्किस्, फलानो ठाउँमा पुगिस्, तैले यस्तो कपडा […]

बागलुङमा उपःनिर्वाचनको तयारी

गलकोट, २५ साउन । निर्वाचन आयोगले मङ्सिर १६ गते देशभरका रिक्त पदमा उपनिर्वाचन गर्ने घोषणा गरेसँगै बागलुङमा निर्वाचनको तयारी थालिएको छ । बागलुङमा मृत्युु तथा जिल्ला समन्वय समितिमा निर्वाचित भएर खाली भएको एक प्रदेशसभा र एक वडाध्यक्ष गरी दुई स्थानमा उपःनिर्वाचन हुँदैछ । गण्डकी प्रदेशसभा सदस्यअन्र्तगत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वाचित टेकबहादुर […]

उप–निर्वाचनका लागि ३४ मतदानस्थल

लमही, २५ साउन । दाङमा हुने उप–निर्वाचनका लागि ३४ मतदानस्थल तय गरिएको छ । दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ र घोराही उप–महानगरपालिका–१६ मा उप–निर्वाचन हुने भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार घोराही उप–महानगरपालिका–१६ मा दुई मतदानस्थल रहनेछन् । त्यस्तै दाङ क्षेत्र नं ३ को प्रदेशसभा ‘ख’ मा ३२ मतदानस्थल रहने छन् । […]

ऐनको पर्खाइमा प्रदेश सरकार

सुर्खेत, २५ साउन । सङ्घीय निजामती ऐन निर्माण र प्रदेश लोकसेवा आयोग गठनमा भइरहेको ढिलाइका कारण यस वर्ष पनि कर्णाली प्रदेश सरकारलाई कर्मचारीको अभाव कायमै हुने भएको छ । सङ्घीय निजामती ऐन नबन्दा प्रदेश लोकसेवा आयोगलाई आवश्यक कर्मचारीको पदपूर्ति, बढुवालगायत सार्वजनिक प्रशासनसँग सम्बन्धित काम गर्न समस्या भएको छ । कर्णाली प्रदेश सरकारले अघिल्ला दुई आर्थिक […]

‘पार्टीले समय अनुसार सिद्धान्त परिमार्जन गर्नुपर्ने’

काठमाडौँ, २४ साउन । राजनीतिक दलले समयअनुसार आफ्ना पार्टीका सिद्धान्तलाई लागू गराउनुपर्ने राजनीतिक विश्लेषकले बताएका छन् । समाजशास्त्रीय समाजले आज आयोजना गरेको ‘हामीले चाहेको लोकतन्त्र’ विषयक अन्तक्र्रिया कार्यक्रममा राजनीतिक विश्लेषक प्रा डा कृष्ण खनालले राजनीतिक दलले पुरानो विचार लादेर राजनीतिक गरिरहेका बताए । “कम्युनिष्ट पुष्पलाल श्रेष्ठको र नेपाली काङ्ग्रेस बिपी कोइरालाको बिचारमा अहिले पनि अघि […]

कामचोर प्रवृत्ति नदेखाउन मन्त्रीको निर्देशन

काठमाडौँ, २४ साउन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आज चालू आर्थिक वर्षमा सम्पादन गर्नुपर्ने गतिविधिका सम्बन्धमा द्विपक्षीय सम्झौता भएका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालका बीचमा समेत आर्थिक वर्ष २०७६/७७ का लागि विनियोजित पूँजीगत खर्च तथा कार्यक्रम तोकिएकै समयमा सम्पादन गर्न सम्झौता भएको थियो । प्रधानमन्त्री […]

भाकपाका महासचिव सिताराम याचुरी काश्मिरबाट पक्राउ

काठमाडौं । भारत प्रशासित जम्मु र काश्मिरका बारेमा विवाद चलिरहेका बेला मोदी सरकारले भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का महासचिव सीताराम याचुरीलाई पनि पक्राउ गरेको छ । सिताराम याचुरीसँगै सो पार्टीका अर्का प्रभावशाली नेता डी राजा पनि पक्राउ परेका छन् । उनीहरु दुबै जनालाई कश्मीरको श्रीनगरमा नै पक्राउ गरिएको हो । याचुरीले आफुहरु पक्राउ परेकोबारे सामाजिक […]

‘अब अधिकारका लागि हतियार उठाउनु पर्दैन’: पूर्वसभामुख नेम्बाङ

इलाम, २४ साउन । संविधानसभाका पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अब मुलुकमा अधिकारका लागि हतियार उठाउनु नपर्ने बताएका छन् । स्थानीय आदर्श माविको सूचना प्रविधि मैत्री सभा शुभारम्भ गर्दै उनले संविधान संशोधनमार्फत अधिकार पाउन सकिने भएकाले अधिकारका लागि अब कसैले लड्नु नपर्ने उल्लेख गरेका हुन् । “संविधान सबै दल मिलेर ल्यायौँ । त्यसरी नै संविधान संशोधनमार्फत अधिकार […]

उत्तर कोरियाबाट साइबर हमला हुन सक्ने भन्दै नेपालमा सतर्कता

उत्तर कोरियाले उच्चस्तरका साइबर हमलाहरू गर्दै विभिन्न देशका ब्याङ्कहरूबाट पैसा लगेको समाचार सार्वजनिक भएपछि नेपालमा पनि वित्तीय संस्थाहरूलाई सचेत बनाइएको अधिकारीहरूले बताएका छन्। राष्ट्रसङ्घको एउटा गोप्य प्रतिवेदनमा उत्तर कोरियाले आफ्ना हातहतियार परियोजनाका लागि साइबर हमला गरेर झन्डै दुई अर्ब डलर अवैध रूपमा जुटाएको आरोप लगाएको सूत्रहरूले बीबीसीसँग पुष्टि गरेका थिए। यस्तो खबर सार्वजनिक भएपछि नेपालमा […]