संसद्को प्रभावकारिताका लागि महिला सांसदको भूमिका महत्वपूर्ण

काठमाडौँ, १० भदौ । संसदीय अभ्यासका विविध आयाममाथि जानकारी गराउने उद्देश्यले सङ्घीय संसद् सचिवालयद्वारा आज यहाँ प्रतिनिधिसभा र राष्ट्रियसभाका महिला सांसदसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अन्तरक्रियामा शून्य, विशेष र ढ्यापढ्यापे समयमा आफ्नो प्रस्तुती कसरी गर्ने, कानून निर्माणको संसदीय चरण र संसद्मा प्रश्नोत्तर सैद्धान्तिक र व्यावहारिक पक्षका बारेमा जानकारी दिने कार्यक्रम रहेको सङ्घीय संसद् […]

छिटो सेवाप्रवाह दिन अध्यक्ष तिमिल्सिनाको आग्रह

परासी, १० भदौ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकलाई झण्झटमुक्त सेवाप्रवाह गर्न जनप्रतिनिधिलाई आग्रह गरे । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिकाले आज परासीमा गरेको स्वागत कार्यक्रममा सो कुरामा जोड दिँदै उनले भने, “नागरिकलाई यो पुगेन, त्यो पुगेन भनेर अल्झाउने होइन, जसरी हुन्छ छिटो सेवा दिने हो, गणतन्त्रमा पनि प्रशासनिक वा राजनीतिक रुपले झण्झटमा पार्ने काम जनप्रतिनिधिबाट […]

योगेश भट्टराईका १४१ बुँदे छुट्टै प्राथमिकताका कार्यक्रम घोषणा

काठमाडौं, ९ भदौ । नेपालको एकमात्र अन्तराष्टिय विमानस्थल अब २४सै घन्टा सञ्चालनमा आउने भएको छ । मन्त्रालय सम्हालेपछि पहिलो पटक आफ्नो प्राथमिकताका कार्ययोजनाहरु सार्वजनिक गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस्तो घोषणा गरेका हुन् । सोमवार सिंहदरवारभित्र मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री भट्टराईले आफ्ना १४१ बुँदे प्राथमिकताका कार्यक्रमहरु सार्वजनिक गर्दै अब हवाई […]

नेकपाः अनुशासन उल्लङ्घन गर्नेमाथि कारवाही हुने

काठमाडौँ, ९ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीभित्र अनुशासन खस्कँदै गएको भन्दै कुनै पनि विषय पार्टीभित्र नराखी सार्वजनिक रुपमा प्रचारबाजी गर्नेमाथि कारवाही गर्ने निर्णय गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का अध्यक्षतामा पार्टी कार्यालय धूम्रबाराहीमा आज बसेको सचिवालय बैठकले कुनै पनि विषयलाई पार्टीभित्र छलफल नगराई सार्वजनिक रुपमा लगिए स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । […]

दशगजाका सीमास्तम्भ धेरै हराइसके, केही जीर्ण, तर छैन चासो सरकारलाई

बाँके, ९ भदौ । विसं १९१४ मा भारतमा भएको सिपाही विद्रोह दबाउन तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले इष्ट इन्डिया कम्पनीलाई सहयोग गरे । त्यसबापत १८७३ को सुगौली सन्धिबाट गुमेको भू–भागमध्ये पुरस्कारस्वरुप १९१७ मा बाँके, बर्दिया, कै लाली र कञ्चनपुर नेपाललाई फिर्ता आयो । यी चार जिल्ला नयाँ मुलुकका रुपमा चिनिन्छन् । नयाँ मुलुक र भारतबीचको सीमा छुट्याउन […]

काङ्ग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छ: वरिष्ठ नेता पौडेल

चितवन, ९ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताएका छन । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताए । नेता पौडेलले भने “सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको […]

नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत आज मन्त्रिपरिषद बैठक बस्दै

काठमौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो मन्त्रिपरिषदमा प्रविधिको उच्च प्रयोग गर्ने जमर्को गरेको देखिन्छ । यसअघि सबै मन्त्रीलाई ल्यापटपसहित आफ्नो कार्यायोजनाको प्रस्तुति दिन लगाएका प्रम ओलीले आफू उपचारको लागि विदेश जाँदा पनि मन्त्रिपरिषदको बैठक बसाल्न प्रविधिको प्रयोग गर्दैछन् । प्रविधिकै प्रयोग गरेर आज सोमवार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले […]

उपाध्यक्षको सवारीसाधन खरीद गर्ने बजेटले एम्बुलेन्स

काभ्रेपलाञ्चोक, ९ भदौ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लागेकि छिन । उनको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत पारित गरिसकेको छ । “यो हप्ता दुई वटा एम्बुलेन्स गाउँपालिकामा आइपुग्ने प्रक्रियामा छ”, उपाध्यक्ष बर्तौलाले भनिने । उनलाई गाडी खरीदका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु […]

डा. भगवानलाई त्रिविको उपकुलपति बन्न प्रम ओलीको प्रस्ताव, सुध्रिएला त त्रिवि

काठमाडौं, ९ भदौ । बरिष्ठ चिकित्सक डा. भगवान कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्न प्रस्ताव गरिएको थाहा भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपकुलपतिका लागि आग्रह गरेका हुन् । हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा बरिष्ठ मुटुरोग विशेषज्ञका रुपमा काम गरिरहेका कोइराला एक उदाहरणीय चिकित्सक मानिन्छन । त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति तीर्थ खनियाँको […]

चितवनमा कर्फ्यु : सोमबारदेखि पाँच जना भन्दाबढी एकै ठाउँमा जम्मा हुन नपाइने

चितवन, भदौं ८ । जिल्ला प्रशासन कार्यालय चितवनले भोलि (सोमबार)देखि जिल्लाको सुरक्षाको व्यवस्थापनमा थप कडाइ गर्ने भएको छ । आइतबार राती सकिएको सुरक्षा समितिको बैठकले स्थानीय प्रशासन ऐन २०२८ प्रयोग गर्दै सोमबार विहान ६ बजेदेखि अर्को आदेश नभएसम्मका लागि तोकिएको चार किल्ला भित्र पाँच जना भन्दा बढी व्यक्ति एकै ठाउँमा भेला नहुन आदेश गरेको हो […]