नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्समार्फत आज मन्त्रिपरिषद बैठक बस्दै

काठमौं, ९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय आफ्नो मन्त्रिपरिषदमा प्रविधिको उच्च प्रयोग गर्ने जमर्को गरेको देखिन्छ । यसअघि सबै मन्त्रीलाई ल्यापटपसहित आफ्नो कार्यायोजनाको प्रस्तुति दिन लगाएका प्रम ओलीले आफू उपचारको लागि विदेश जाँदा पनि मन्त्रिपरिषदको बैठक बसाल्न प्रविधिको प्रयोग गर्दैछन् ।

प्रविधिकै प्रयोग गरेर आज सोमवार मन्त्रिपरिषदको बैठक बस्दैछ । प्रधानमन्त्री ओलीले भिडियो कन्फेरेन्समार्फत् यो बैठक बसाल्न लागेका हुन् ।

यतिबेला प्रम ओली सिंगापुरको नेशनलल नेशनलल युनिभर्सिटी अस्पतालमा उपचार गराइरहेका छन् । स्रोतका अनुसार उनले सिंगापुरबाट मन्त्रिपरिषदको बैठकमा भिडियो कन्फ्रेन्समार्फत सहभागिता जानाउनेछन् । अरु मन्त्रीहरु भने सिंहदरबारमा एकै ठाउँमा बस्नेछन् । भिडियो कन्फेरेन्समार्फत प्रधानमन्त्रीले मन्त्रिपरिषदको बैठकलाई सम्बोधन गर्ने बताइएको छ ।

आज दिउसो १ बजे बैठक बस्ने बताइएको छ । आजको बैठकमा गर्नैपर्ने अत्यावश्यक र नियमित काम रोक्न नहुने कुराहरुमा छलफल हुने बताइएको छ । नेपालमा पहिलो पटक भिडियो कन्फेरेन्सबाट मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।

ओलीको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रक्रिया गएको शुक्रबारबाट नेशनलल युनिभर्सिटी हस्पीटल सिंगापुरमा शुरु भएको छ। प्रम ओली उपचारका क्रममा झण्डै एक महिनासम्म सिंगापुर रहने बताइएको छ ।

Loading...