राँझा, १९ भदौ । भारतीय शहर लखनऊसम्म अब नेपालगञ्जबाट नेपाल–भारत मैत्री बस सञ्चालन हुने भएको छ । सरकारबाट अनुमति पाएको नेपालगञ्जस्थित भेरी यातायात प्रालिले भारतको उत्तरप्रदेश परिवहन निगमसँगको सम्झौताअनुसार भदौ २२ गतेदेखि नेपालगञ्ज–लखनऊ नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्न लागेको हो । प्रालिका अध्यक्ष राजेन्द्र गिरीका अनुसार प्रत्येक दिन उत्तरप्रदेश परिवहन निगम र भेरी यातायात […]
राजनीति
काङ्ग्रेस महाधिवेशन प्रतिनिधि प्रशिक्षणको तयारी
भक्तपुर, १८ भदौ । नेपाली काङ्ग्रेसले भक्तपुरमा आयोजना गर्न लागेको प्रदेश नं ३ का सातवटा जिल्लाका महाधिवेशन प्रतिनिधिको दुईदिने प्रशिक्षणको तयारी पूरा भएको जनाएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले यही भदौ २० र २१ गते मध्यपुरथिमि नगरपालिका¬–९ बोडे स्थित कृषि विकास बैंकको तालीम केन्द्रमा सो प्रशिक्षण गर्न लागेको हो । […]
अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता
काठमाडौँ, १८ भदौ । दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रियसभा अध्यक्ष मुन हि–साङ बीच भेटवार्ता भएको छ । कोरियाका राष्ट्रियसभा अध्यक्षको कार्यालयमा आज भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडि बढिरहेको बताउनुभएको उहाँका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । प्रेस संयोजक […]
प्रम ओलीको कार्यबोध घटाउन गगन थापाको सत्तारुढ नेकपालाई सदनमा सुझाव
काठमाडौँ, १८ भदौ । प्रतिनिधिसभामा प्रधानमन्त्रीको सिङ्गापुरमा भइरहेको उपचार, कृषि ऋण, गौहत्या, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको ढिलाइ, दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, शान्तिसुरक्षा, संविधान संशोधन, स्वास्थ्य सेवामा बेथिति र एनसेल करसम्बन्धी विषयले प्रवेश पाएको छ । काङ्ग्रेसका गगनकुमार थापाले सिङ्गापुरमा उपचार गराइरहका प्रधानमन्त्रीको स्वास्थ्यवस्थाका बारेमा सदनलाई आजसम्म किन जानकारी गराइएन भनी प्रश्न गर्दै नेकपालाई […]
देशलाई विकासको नयांँ युगतर्फ लैजाने समय आयो: अध्यक्ष प्रचण्ड
चितवन, १८ भदौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई विकासको नयांँ युगतर्फ लैजानुपर्ने समय आएको बताए । भरतपुर महानगरपालिकाले आज यहांँ आयोजना गरेको भरतपुर विमानास्थल विस्तार एवं सुधार सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब विकासको गतिलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याए । छिटोभन्दा छिटो विकास चाहेका जनताले विकासले गति […]
प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्छ: परराष्ट्रमन्त्री ज्ञवाली
काठमाडौँ, १८ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्राकृतिक स्रोतको उपयोग र लाभ सबैले पाउनुपर्ने बताए छ । मालदिभ्सको राजधानी मालेमा मङ्गलबारदेखि शुरु भएको ‘हिन्द महासागर क्षेत्रको सुरक्षा, पारम्परिक एवं अपारम्पारिक चुनौती’ विषयक चौथो हिन्द महासागर सम्मेलनलाई सम्बोधन गर्दै उनले सामुद्रिक स्रोतको उपयोग अन्तर्राष्ट्रिय कानूनअनुरुप हुनुपर्नेमा जोड दिए । “समुुद्रको प्रयोग शान्ति, सुरक्षा र अन्तर्राष्ट्रिय कानूनअनुसार […]
जागरण अभियानमार्फत फेरि जनतामाझ जाँदैछौँ : सिटौला
चितवन, १८ भदौ । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जागरण अभियानमार्फत दोस्रो पटक जनताको माझमा जान लागेको बताएका छन । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले अहिले पार्टीको गतिविधि र सरकारको काम कारवाहीको बारेमा गाउँगाउँमा जानकारी गराउन जागरण अभियानमार्फत जान लागेको बताए। मङ्सिरसम्म सङ्गठन निर्माणका काम सकिएपछि मात्रै महाधिवेशनमा प्रवेश गर्ने भन्दै उनले मङ्सिरअघि १३ […]
मन्त्री भट्टराईले आफुलाई भन्दा पहिले सिटौलालाई स्वागत गर्न भनेपछि
चितवन, १८ भदौ । आज बिहान करीब ९ बजे बुद्ध एयरको जहाजबाट संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई र नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौला भरतपुर विमानस्थल उत्रिए । सरकारी अधिकारी, सत्ता पक्ष र प्रतिपक्ष आ–आफ्नै नेता तथा मन्त्रीको स्वागतमा फूलमाला लिएर विमानस्थलमा पुगेका थिए । जब जहाज रोकियो मन्त्री भट्टराई र नेता सिटौलासँगै झरे […]
निर्वाचन कार्यालयको भवन निर्माण
म्याग्दी, १८ भदौ । बेनी नगरपालिका–७ मङ्गलाघाटमा जिल्ला निर्वाचन कार्यालय म्याग्दीको भवन निर्माण भएको छ । निर्वाचन आयोगले तीन तले ९ कोठे भवन निर्माण गरेको हो । प्रतिरोधी क्षमताको अपाङ्गमैत्री भवन निर्माणको रु एक करोड ६४ लाख १४ हजारमा विसं २०७४ असार ४ गते ठेक्का सम्झौता भएको थियो । १८ महीनामा सम्पन्न गर्ने सम्झौता भए […]
तीन वर्ष बित्दा पनि बनेन पुल
दमौली, १८ भदौ । तनहुँको भीमाद नगरपालिका वडा नं २ र ६ जोड्ने जिदीखोलामाथि निर्माणाधीन पुल अलपत्र बनेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी विसं २०७३ असार २९ गते सम्झौता भएको पुल तीन वर्ष बितिसक्दा पनि अलपत्र अवस्थामा रहेको हो । म्याद सकिएको एक वर्ष भइसके पनि पुलको भौतिक प्रगति ३० प्रतिशत मात्रै रहेको […]










