बर्दिवास, २४ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुबीच कुटाकुट हुँदा आधादर्जन नेता कार्यकर्ता घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा राखिएको प्रदेश २ का आठै जिल्लाका पदाधिकारीहरुको शपथ ग्रहण गर्ने कार्यक्रम यस्तो कुटाकुट भएको हो । कुटाकुटका क्रममा एक नेताको टाउको फुटेको छ भने अरुहरुको पनि गम्भीर चोट लागेको बताइएको छ । बर्दिवासस्थित सेवा […]
राजनीति
प्रत्यक्ष संवाद प्रविधिको शुभारम्भ
विराटनगर, २४ भदौ । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय दिवस तथा संविधान दिवस भव्य एवं रचनात्मक तरिकाले मनाउन निर्देशन दिएका छन । आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नं १ विराटनगर र प्रदेशका १४ वटै जिल्ला प्रशासन कार्यालयबीच प्रत्यक्ष संवाद कार्यक्रमको आज यहाँ शुभारम्भ गर्दै उनले सो निर्देशन दिएका […]
प्रधानसेनापति थापाको सम्पत्ति सार्वजनिक
काठमाडौँ, २४ भदौ । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन । प्रधानसेनापति थापाले आज नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा उनको काठमाडौँ महानगरपालिका–२६ लैनचौरमा आठ आना जग्गा र घर छ । सो जग्गा आमाबाट बकसपत्रमार्फत प्राप्त भएको हो । थापाको लमजुङ बेँसीशहर नगरपालिका–४ मा अंशबण्डाबाट प्राप्त भएको १२ रोपनी, […]
कम्युनिष्टले देशमा पक्षपात र भेदभावको शासन गरेको कांग्रेसको आरोप
कास्की, २४ भदौ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकारले पक्षपात र भेदभावको शासन गरेको बताएका छन । पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियानको शुभारम्भमा आज पोखरामा उनले पक्षपातपूर्ण ढङ्गले आफ्ना कार्यकर्तालाई पोस्ने गरी बजेट विनियोजन गरिएको र विपक्षी पार्टीलगायत अन्यलाई वामपन्थीले थिचोमिचो गरेको बताए । दुई तिहाइ मतसहितको […]
शिक्षा ऐन संशोधन गर्ने विधेयकमाथि प्रतिनिधिसभामा रस्साकस्सी, प्रतिपक्षीको कडा आपत्ती
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएको शिक्षा सम्बन्धि केही नेपाल ऐन संशोधन गर्ने विधेयक माथि प्रतिनिधि सभामा छलफल भएको छ । विधेयक माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले विधेयकमा धेरै प्रश्नहरु उठाएका छन् । कांग्रेस सांसदहरुले विधेयकमा उल्लेख गरिएको विश्वविद्यालय सभाबाट पारित निर्णयलाई अध्यक्षबाट प्रमाणित गराउनु पर्ने संशोधित व्यवस्थाले राजनीतिक प्रभाव […]
राष्ट्रपतिसँग आइरिस सभामुखको भेट
काठमाडौँ, २४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग आयरल्याण्डका संसद्का सभामुख सिन ओ फियरघेल ( क्भबल इ ँभबचनजबष्)ि ले आज शिष्टाचार भेटघाट गरेका छन । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा दुई देशबीच विद्यमान सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए । उक्त अवसरमा नेपाल तथा आयरल्याण्ड […]
‘विपी कोइराला सच्चा राष्ट्रवादी नेता’
काठमाडौँ, २४ भदौ । नेपाली काङ्ग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला सच्चा राष्ट्रवादी नेता भएको बताइएको छ । जननायक विपी कोइरालाको १०६औँ जन्मजयन्ती तथा काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका क्रममा नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ६ प्रदेशले आज यहाँ आयोजना गरेको कार्यक्रममा स्व कोइराला राष्ट्रप्रेमी नेता भएको बताइएको हो । कार्यक्रममा पूर्वमन्त्री एवं काङ्ग्रेसका […]
मस्को निर्वाचन: रुसको राजधानीमै राष्ट्रपति पुटिनलाई धक्का
रुसको सत्तारूढ युनाइटेड रसिया पार्टीले मस्को शहरको संसद्का लागि भएको मतदानमा गम्भीर पराजय बेहोरेको छ। ४५ सदस्यीय संसद्मा लगभग एक तिहाइ सिट गुमाए पनि उक्त दलले २६ सिटमा जित्दै आफ्नो बहुमत भने कायम राखेको छ। अधिकांश विपक्षी उम्मेदवारहरू अयोग्य घोषणा गरिएपछि भएका चुनावमा वामपन्थी, स्वतन्त्र र अन्यले केही सिटहरू हात पारेका छन्। विपक्षीहरूलाई चुनावी दौडबाट बाहिर राखिएपछि […]
नेपाल–चीन वार्ता सम्पन्न, पारस्परिक साझेदारीका तीन सहमति
काठमाडौँ, २३ भदौ । नेपाल र चीनबीच पारस्परिक सहकार्य एवं साझेदारीका तीनवटा सहमतिपत्रमा हस्ताक्षर भएको छ । नेपाल र चीनका परराष्ट्रमन्त्रीको नेतृत्वमा केहीबेरअघि राजधानीमा सम्पन्न द्विपक्षीय प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई देशबीच दुई वटा ‘लेटर अफ् एक्सचेञ्ज’ र एउटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । चीनका विदेशमन्त्री वाङ यी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको उपस्थितिमा अर्थसचिव राजन खनाल र […]
एकता र समर्पण नै विकासको आधार हो: उपप्रम पोखरेल
भक्तपुर, २३ भदौ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले एकता र समर्पण नै विकासको आधार रहेको बताए । सूर्यविनायक नगरपालिका–४ स्थित पुरातात्विक, धार्मिक तथा ऐतिहासिक महत्वको अनन्तलिङ्गेश्वर महादेव मन्दिर तथा झोलुङ्गे पुल उद्घाटनका क्रममा सोमबार उनले नेपाल अनुपम, सभ्यता र संस्कृतिको देश भएकाले यसको पहिचान जोगाउनुपर्नेमा जोड दिए । विकासको नाममा सभ्यता र संस्कृतिको विनाश […]










