भारतीय दुतावासमा बम विस्फोट, यस्तो छ क्षतिको विवरण

काठमाडौं, ३ बैसाख ।  अनुमतिविना वर्षाैदेखि सञ्चालनमा रहेको विराटनगरस्थित भारतीय राजदूतावासको कार्यालयमा बम बिस्फोट भएको छ । सोमबार राति विराटनगर महानगरपालिका-१३ स्थित भारतीय राजदूतावास इकाइ कार्यालयमा बम विष्फोट भएको हो । साँझ आठ बजेर १५ मिनेटमा भएको बम विष्फोटबाट कार्यालयको पर्खाल भत्किएको छ । मोरङ प्रहरीले बम विष्फोटबाट कार्यालयको पर्खालमा क्षति पुगेको जानकारी दिएको छ । मोटरसाइकलमा […]

मालपोत, नापीदेखि भूमिसुधार कार्यालय खारेज, तर अझै मानेनन कर्मचारीले छोड्न

काठमाडाैं । औपचारिकरूपमा जिल्लास्थित सरकारी कार्यालय खारेज भए पनि व्यावहारिक कठिनाइले स्थानीय तहलाई हस्तान्तरण गर्न भने अझै केही समय लाग्ने भएको छ। सरकारले गत चैत २८ गते बुधबार जिल्लास्थित अधिकांश सरकारी कार्यालयहरू औपचारिकरूपमा खारेज गरेको थियो। खारेज गरिएका कार्यालयहरूमा जिल्लास्थित मालपोत कार्यालय, नापी कार्यालय, भूमि सुधार कार्यालय, कृषि विकास कार्यालय, पशु सेवा कार्यालय, वन कार्यालय, […]

सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावादमा मुलुक हिडेको एमाले नेता भुषालको टिप्पणी

काठमाडौं । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले राजनीतिमा सिद्धान्त र विचार सकिएपछि लोकप्रियतावाद सुरु भएको टिप्पणी गरेका छन् । राजधानीमा नेपाल अध्ययन केन्द्रले प्रकाशन गरेको ‘राजनीतिक अर्थतन्त्र र नेपालको वर्ग विश्लेषण’ नामक अनुसन्धानात्मक पुस्तककाे सार्वजनिक गर्ने कार्यक्रममा नेता भुषालले साे कुरा बताएका हुन् । भुषाल नेकपा एमाले र वामपन्थी अान्दाेलनमा अध्ययनशील र सैद्धान्तिक बहस गर्ने […]

म्यादी प्रहरीका नाममा ५ करोड झ्वाम

काठमाडौं, १ बैसाख । स्थानीय तहको निर्वाचनमा सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीको नाममा अनियमितता भएको खुलेको छ। महालेखापरीक्षकको कार्यालयले सुर्खेतमा भएको म्यादी भर्नामा ठूलो अनियमितता भएको भन्दै छानविन गर्न सुझाव दिएको छ। बिहीबार राष्ट्रपतिलाई बुझाएको महालेखाको ५५ औं वार्षिक प्रतिवेदनमा सुर्खेतमा कति म्यादी प्रहरी भर्ना भएका थिए भन्ने एकिन विवरण प्रहरी प्रधान कार्यालयले दिन नसकेको […]

क्रान्तिकारी पत्रकार संगठन, नेपाल अछामकाे सम्मेलन सम्पन्न, जाजरकोटको सुरु

अछाम, २५ चैत । क्रान्तिकारी पत्रकार संगठन, नेपाल अछाम जिल्ला समितिकाे सम्मेलनले माेहनसिंह धामीकाे अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेकाे छ । संगठनका केन्द्रीय उपाध्यक्ष दीपेन्द्र रावलकाे प्रमुख अातिथ्यतामा सम्पन्न सम्मेलनले अध्यक्षमा माेहनसिंह धामी, उपाध्यक्ष तपेन्द्र शाहीलाइ निर्वाचित गरेको छ । यस्तै सम्मेलनले सदस्यहरुमा राधिका जनाल, कमल विक, सागर देवकोटा, राधिका शाही, कमल शाही, हेमन्त […]

कैलालीमा नेकपा कार्यकर्ता र प्रहरीबीच झडप, दर्जनौं घाइते, १९ गिरफ्तार

कैलाली, २४ चैत । कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा परी प्रहरीसहित करिब १ दर्जन बढी नेकापा कार्यकर्ता घाइते भएको बताइएको छ। दिउसो साढे २ बजेको समयमा धनगढीस्थित चौराहामा दोहोरो झडपपछि प्रहरीले पूर्व सभासद डबल बहादुर शाहसहित नेकपाका १९ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको बताइएको […]

ओली भारत भ्रमणमा गएपछि कार्यवाहक प्रधानमन्त्री बने रक्षामन्त्री पोखरेल

काठमाडौं, २३ चैत ।  प्रधानमन्त्री केपी ओली भारतको भ्रमणमा गएपछि उक्त अबधि भरका लागि कार्यवाहक प्रधानमन्त्रीको जिम्मा रक्षामन्त्री इश्वर पोखरेलले पाएका छन् । ओली ५४ जनाको जम्बो टोलिसहित आजदेखि तीन दिने भारत भ्रमणमा गएका छन् । राष्टपति कार्यलयले विज्ञप्ती जारी गरेर कार्यवाहक प्रधानमन्त्रीमा पोखरेललाई नियुक्त गरेको जानकारी दिएको छ । विज्ञप्तिमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको अनुपस्थितिमा […]

राष्ट्रघातका विरुद्ध ४ कम्युनिस्ट पार्टीद्वारा संघर्ष घोषणा, ओली र मोदीको विरोधमा निकाले संयुक्त वक्तव्य !

काठमाडौं, २२ चैत । राष्ट्रघातका विरुद्ध ४ कम्युनिस्ट पार्टीहरुले संयुक्त संघर्ष थाल्ने भएका छन् । बुधबार बसेको चार कम्युनिस्ट पार्टीहरुको संयुक्त बैठकले  राष्ट्रियता, जनतन्त्र र जनजीविका समस्याहरुलाई लिएर संयुक्त संघर्ष थाल्ने निर्णय गरेको छ। वैठकपछि नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता प्रकाण्ड, नेकपा (मसाल)का महामन्त्री मोहन विक्रम सिंह र नेकपाका अध्यक्ष […]

मुख्यमन्त्री शाहीको अर्को खतरनाक गोप्य काण्ड

कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अर्को गोप्य रहस्य खुलेको छ । यसअघि मुख्यमन्त्री शाहीपत्नी चन्दा शाहीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलासा भएपछि माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । शाहीका बारेमा अाएका पछिल्ला केही समाचारले यति निर्लज्ज नेताकाे नेतृत्वमा प्रदेशकाे अागामी भविष्य नै के हाेला भन्ने प्रश्न पनि उठेकाे छ ।  यो […]

प्रहरी महानिरिक्षकका लागि गोप्य दौडधुप सुरु

काठमाडौं चैत २२ । नेपाल प्रहरीका महानिरीक्षक प्रकाश आर्याल एकसातापछि अवकास पाउँदैछन । उनकाे अवकास पाउने दिन नजिकिएसँगै प्रहरीकाे महानिरिक्षक काे बन्ने भन्ने विषयमा ठूलाे चर्चा छ । प्रहरी महानिरिक्षकमा केही समयदेखि ठूलाे राजनीति पनि हुने गरेकाे छ । साेही कारण यसपटक वामगठबन्धनकाे सरकारले कसरी प्रहरी महानिरिक्षक बनाउँछ भनेर चासाे राख्नेहरु पनि धेरै छन् । […]