काठमाडौं । निरन्तर हाइ प्रोफाइलवालाहरु विभिन्न मुद्दामा परेर पक्राउ परिरहेका बेला अर्का एक मन्त्री करोडौ ठगीमा जोडिएका छन् । १६ करोड रुपैयाँ ठगीमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि मुछिएका हुन। राज्यमन्त्री रावल कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभा ‘क’ बाट निर्वाचित नेकपा सांसद हुन्। भीमदत्त नगरपालिका भाँसीस्थित जनज्योति एजुकेसन फाउन्डेसनको […]
राजनीति
उपचारमा गएका बेला गिरफ्तार परेका गुणराज लोहनीलाई १३ दिनपछि गरियो रिहा
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी रिहा भएका छन् । १३ दिन अघि चितवन स्थित आफ्नै डेराबाट गिरफ्तार परेका लोहनीलाई जिल्ला प्रशासन कार्यालय चितवनले ५ हजार धरौटीमा आइतबार रिहा गरेको हो । रिहा भएपछि सामाजिक सन्जाल फेसबुकमा स्टाटस लेख्दै लोहनीले हजारौँ शहिदहरुको बलिदानबाट प्राप्त गणतन्त्रले आफुलाई फरक राजनैतिक आस्था राखेकै कारण […]
त्रिविको उपकुलपतिमा डा बाँस्कोटा नियुक्त
काठमाडौँ, १७ कार्तिक । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा डा धर्मकान्त बाँस्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आज ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा बाँस्कोटालाई नियुक्त गरेका हुन् । नाक, कान र घाँटी रोग विशेषज्ञ झापा निवासी डा बाँस्कोटा त्रिवि शिक्षण अस्पतालमा सो विषयमा पूर्व विभागीय प्रमुख तथा नेपाल मेडिकल काउन्सिलको […]
सरकारले लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान गर्दै
काठमाडौँ, १७ कात्तिक । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले सरकारले ‘लैङ्गिक हिंसाविरुद्धको प्रदेशस्तरीय अभियान’ शुरु गर्ने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले लैङ्गिक हिंसाको अन्त्य तथा लैङ्गिक समानता, विकास र महिला सशक्तीकरणका लागि हालसम्म प्राप्त उपलब्धिहरू समेट्दै विद्यमान लैङ्गिक हिंसा विभेद असमानता र वञ्चितीकरणका लागि लैङ्गिक हिंसाविरुद्ध शून्य सहनशीलताको […]
महराको पक्षमा २०, विपक्षमा चार जना वकिल, यी हुन पक्ष र विपक्षमा बहस गर्ने वकिल
काठमाडौँ । संसद सचिवालयकी एक कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्ण बहादुर महरामाथिको थुनछेक बहस सोमबार पनि जारी रहने भएको छ । काठमाडौँ जिल्ला अदालतमा सरकारी वकीलका तर्फबाट बहस सकिएको छ भने महराको पक्षमा लवप्रसाद मैनालीले मात्र बहस गरेका छन् । महराको पक्षमा बहस गर्ने वकीलहरुको संख्या धेरै भएको र समयाभावका […]
सरकारले ग¥यो सातवटै प्रदेशका प्रमुख बर्खास्त
काठमाडौं । सरकारले सातै वटै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गरेको छ। मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रमुखलाई बर्खास्त गरेकी हुन्। मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुख प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । २०७४ […]
युवा संघ र वाइसिएलबीच ४२ र ३५ जिल्लाको भागवन्डा
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको जनाएको छ। ७७ वटै जिल्ला र महानगर कमिटीको एकता टुंगो लागेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यस्तै, माओवादी केन्द्र निकट साविक योङ कम्युनिस्ट […]
उपनिर्वाचनमा काङ्ग्रेस विजयी भए अन्तरकलह अन्त्य हुन्छ: सभापति देउवा
चितवन, १७ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा काङ्ग्रेसका उम्मेदवार विजयी भए पार्टीको आन्तरिक कलह अन्त्य हुने बताए । आज यहाँ कार्यकर्तासँग छलफल गर्दै उनले पार्टीभित्रको आन्तरिक कलह अन्त्यका लागि पनि काङ्ग्रेसका उम्मेदवार विजयी हुन आवश्यक रहेको बताए । प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका क्रममा भएको तिक्तताको अन्त्य गर्दै […]
पूर्व सभामुख महराको थुनछेक बहस
काठमाडौँ, १७ कात्तिक । काठमाडाँै जिल्ला अदालतमा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध जबरजस्ती करणी उद्योगमा थुुनछेक बहस शुरु भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा थुुनछेक बयान शुरु भएको उक्त अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले जानकारी दिनुभयो । बहस सकिएपछि उहाँलाई कारागारमै राखिने वा धरौटीमा रिहा गरिने भन्ने आदेश जारी हुने बताइएको छ । […]
सुनसान छन संवैधानिक आयोगहरू
काठमाडौँ, १६ कात्तिक । जावलाखेलस्थित राष्ट्रिय दलित आयोग पुग्दा एउटा कक्षमा उपसचिव मनिता श्रेष्ठ भेट भए । उनी फुर्सदमै देखिन्थे । भेटमा आयोगका अवस्थाबारे जानकारी दिँदै उनले भने, “कर्मचारी त हुनुहुन्छ तर पदाधिकारी नभएकाले खासै काम पनि भएको छैन, सचिव हुनुहुन्थ्यो, उनको पनि सरुवा भयो, पदाधिकारी नहुँदा नीतिगत काम खासै भएको छैन ।” दैनिक जातीय […]











