चन्द्रागिरिले बनाउँदैछ आफ्नो छुट्टै नगर प्रहरी

काठमाडौँ, १६ कात्तिक । महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्गादेवी मन्दिर भवन स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिका–१२ निवासी समाजसेवी शान्ति श्रेष्ठले आफ्ना स्वर्गीय पति रामदास श्रेष्ठको स्मृतिमा करीब रु १० लाखको सहयोगमा मन्दिर निर्माण गरिएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक […]

यस्तो बन्दैछ पहाडी क्षेत्रको मेरुदण्ड मध्यपहाडी लोकमार्ग, पश्चिम खण्डमा ६० प्रतिशत काम सकियो

सुर्खेत, १६ कात्तिक । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनाको पश्चिम खण्डमा ६० प्रतिशत काम पूरा भएको छ । बाग्लुङदेखि सुदूरपश्चिम प्रदेश बैतडीको झुलाघाटसम्म सात सय किलोमिटरमा ६० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । आयोजनाको पश्चिम सेक्टर कार्यालय दैलेखका सूचना अधिकारी इन्जिनीयर तुलाराम शर्माले रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख र अछाममा निर्माण […]

पूर्वमन्त्री महेश बस्नेतले भक्तपुरमा गरे यस्तो घोषणा

भक्तपुर, १६ कात्तिक । प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले आफूले सरकारी सेवा सुबिधाको १० प्रतिशत रकम सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य समेत रहनु भएका बस्नेतले सांसदले पाउने सरकारी सेवा सुबिधाको १० प्रतिशत सामाजिक सेवामा प्रयोग गरी समाजको विकास र समृद्धिमा खर्च गर्ने बताएका हुन् […]

नेपाल म्यान्मा सांस्कृतिक सम्बन्ध अझै झाँगिने विश्वास

काठमाडौँ, १६ कात्तिक । नेपाल र म्यान्माले दुई देशबीचको सम्बन्धलाई सुदृढ गर्न संस्कृति र कलाका क्षेत्रमा आपसी सहयोगलाई प्रवद्र्धन गर्ने उद्देश्य राखेका छन् । दुई देशको सांस्कृतिक सम्बन्ध र सहयोगलाई विकास गर्न र बढावा दिनका लागि गरिएको नौबुँदे समझदारीमा संस्कृति र कलाका लागि मानव संसाधन विकासलाई प्रवद्र्धन गरिने, दुवै देशको आपसी समझदारीलाई प्रवद्र्धन गरिने तथा […]

कुलमानले फेरेको प्राधिकरणका दिन, लोडसेडिङ गर्नुपर्ने अवस्थाबाट माग र आपूर्तिको सन्तुलन मिलाएर खपत बढाउने चुनौतीमा

काठमाडौँ, १६ कात्तिक । उपभोक्ताको मागअनुसार विद्युत् उपलब्ध गराउन सरकार सफल भएको छ । पछिल्ला तीन वर्षमा नेपाल विद्युत् प्राधिकरणले उपभोक्तालाई केन्द्रमा राखेर विद्युत् व्यवस्थापन गरेपछि विद्युत् माग र आपूर्तिको सन्तुलन मिलाउन सफल भएको हो । सो सफलतासँगै अब विद्युत् खपत बढाउन लाग्नुपर्ने देखिएको छ । भारतीय विद्युत् प्रयोग गरेर अँध्यारो हटाएको भन्नेजस्ता आरोपबाट समेत […]

नेपाली सेनाले इन्डोनेसियाबाट ३ अर्बमा किन्यो ५१ सिटे यस्तो जहाज

काठमाडौँ । नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार तथा सैनिक प्यारा तालीमका लागि प्रयोग […]

निवर्तमान सभामुख महराको चर्चित बयान (जस्ताको तस्तै)

२०४७ सालदेखि झण्डै चार वर्ष रोल्पा जिल्लामा रहेको मेरो घरमा वृत्त नयाँ बानेश्वर २६(३०) २०७६/७७, बसेकी हुँदा निज (पीडित महिला) लाई पहिलेदेखि नै चिन्छु । उनी मेरो विद्यार्थीजस्तै हुन् । मलाई अहिले पनि महरा सर भनी सम्बोधन गर्छिन् । म उनको अभिभावक नै हुँ । उनको विवाहमा समेत मैले अभिभावकको भूमिका निभाएको थिएँ । २०४८ […]

प्रधानमन्त्री ओलीका अ‌गरक्षक नै लाखौ रकमसहित जुवालखालबाट पक्राउ

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीको सुरक्षा टोलीका वरिष्ठ सुरक्षा अधिकारी जुवाखालबाट पक्राउ परेका छन् । नेपाली सेनाका मेजर (सेनानी) राजेन्द्र शाहीलाई प्रहरीले शुक्रबार साँझ जुवा खेलिरहेको अवस्थामा सामाखुसीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरी टोलीले सामाखुसीस्थित सोमबहादुर मगरको घरबाट शाहीसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने अन्यमा घरधनी मगर, रामेछापका बुद्धिलाल मगर, गोरखाका […]

कात्तिक १७ गते आइतबार पनि सार्वजनिक विदा

काठमाडौ, १५ कात्तिक । सरकारले आइतवार सार्वजनिक विदा दिएको छ । संघियताको कार्यान्वयनसँगै प्रदेश २ सरकारले छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक विदा दिएको छ । यस पटक छठ शनिवार र आईतवार परेकाले आइतिवार पनि विदा दिइएको हो । छठ पर्व कठोर पर्व भएको र दुबै दिन विदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो […]

कर्णालीमा उपनिर्वाचनको सरगर्मी

सुर्खेत, १५ कात्तिक । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि कर्णालीका दुई जिल्लामा तयारी तीव्र पारिएको छ । हिमाली जिल्ला हुम्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष तथा पहाडी जिल्ला सल्यानको कुमाख गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि हुने उपनिर्वाचन हुन लागेको हो । उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु, निर्वाचन कार्यालय र सुरक्षा निकायहरु निर्वाचन लक्षित […]