अब त्रिविमा पारदर्शिता, निपष्क्षता र गुणस्तरको मार्गचित्र ल्याइने

काठमाडौँ, १८ कात्तिक । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले व्यवस्थापनमा पारदर्शिता र निष्पक्षता अपनाउँदै शैक्षिक गुणस्तर मापनका लागि स्पष्ट मादपण्ड तर्जुमा गर्ने सङ्कल्प गर्नुभएको छ । आर्थिक अनियमितता, दलीय राजनीतीकरण र आन्तरिक किचलोले वार्षिक पात्रोसमेत प्रभावित हुँदै आएको त्रिविलाई पुनःजीवन दिने सन्दर्भमा आफूले सम्पूर्ण जानकारी लिएपछि स्पष्ट कार्ययोजनाका साथ आफ्नो विवेकले भ्याएसम्म […]

जब सिआइबीको टोली ग्राहक बनेर गयो…

काठमाडौँ, १८ कात्तिक । विशेष सूचनाको आधारमा वन्यजन्तुको छालाको व्यापार गरिरहेको छ भन्ने जानकारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) मा आयो । वन्यजन्तुको अङ्ग (आखेटोपहार) को अन्तरराष्ट्रिय व्यापार गर्ने गिरोहको क्रियाकलाप निकै गोप्य हुने भएकाले त्यहीअनुसार सिआइबीले योजना बनायो । कारोवारी पक्राउ गर्न सहज नहुने देखेपछि सिआइबीको टोलीले ग्राहक बनेर जाने निर्णय ग¥यो । सोही […]

पूर्व एमाले नेताहरु असन्तुष्ट बन्दा भक्तपुरका नेकपा उम्मेदवारलाई बिबादमा तान्ने प्रयास

भक्तपुर, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भक्तपुर कार्यालयमा तालाबन्दी गरिएको छ । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रदेश ३ भक्तपुर क्षेत्र नं. १ (क) का लागि पार्टीले देवीप्रसाद अर्थात डीपी ढकाललाई उम्मेदवारी बनाएकोमा आपत्ति गर्दै आज कार्यालयमा तालाबन्दी गरिएको हो । नेकपा जिल्ला कमिटी सदस्य मन्दरा मिश्र, साधुराम दाहाललगायत जिल्ला कमिटीका पदाधिकारी, […]

महरालाई जेल पठाउने आदेश दिनुअघि इजलासमा उभिएकी रोशनीलाई सरकारी वकिलले बोल्न दिएनन

काठमाडौं, १८ कार्तिक । साेमवार निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि जेल पठाउने अादेश दिनुअघि इजलासमा केही बाेल्न उठेकी पीडित राेशनी शाहीलाई सरकाी वकिलले बाेल्नै दिएनन् । महरामाथि सुरुकाे दिन बलात्कार प्रयासकाे अाराेप लगाएकी शाही त्यसपछि भने निरन्तर महरामाथि लगाइएको अाराेप सहि नभएको भन्दै खण्डन गर्दै अाएकी छन । उनले प्रहरीमा उनका तर्फबाट दिइएको उजुरी […]

डिल्लीबजार कारागार लगिए महरा

काठमाडौं, १८ कार्तिक । निर्वतनमा सभामुख कृष्णबहादुर महरा डिल्लीबजार कारागार चलान गरिएका छन् । जिल्ला अदालत काठमाडौंले बलत्कार मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएसँगै महरा कारागार चलान भएका हुन । जिल्ला अदालत काठमाडौंमा आजको थुनछेक बहस सकिएपछि अदालतको आदेशअनुसार  महरालाई डिल्लीबजार कारागार चलान गरिएको हो ।  संसद सचिवालयकी एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोप लागेको […]

महराले गल्ती गरेको ठहर गर्दै जेलमा राख्न अदालतको आदेश

काठमाडौँ । निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।  जिल्ला अदालत काठमाडौंँमा दुबै पक्षका वकीलको बहस सुनेपछि न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई थुनामा राख्न आदेश दिएको हाे । महराको मुद्दामा आइतबार र सोमबार गरी दुई दिनसम्म थुनछेक बहस चलेको थियो ।  बिहीबार दर्ता भएको महराविरुद्धको मुद्दामा […]

लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने: मन्त्री थापा

विराटनगर, १८ कात्तिक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले लैङ्गिक हिंसाविरुद्धको कानून कार्यान्वयनमा जोड दिइने बताए । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेपाल सरकारले गत जेठ १६ गते राष्ट्रिय महिला अधिकार दिवस–२०७६ मनएको र सो अन्तर्गत ‘लैङ्गिक हिंसामुक्त देश’ अभियानलाई सङ्घ, प्रदेश र स्थानीय तहले मनाइरहको जानकारी दिए । सो अभियानलाई सफल […]

चन्द्रागिरी हिल्सलाई वाणिज्य विभागको चेतावनी, केवलकार चढेको ७ सय लिनको कारण सोधियो

काठमाडौँ, १८ कार्तिक । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन टोलीले चन्द्रागिरि हिल्स कम्पनीलाई केबुलकार यात्रुसँग ७ सय रुपैयाँ भाडा लिनुको कारण खुलाई ७ दिनभित्र जवाफ पेस गर्न निर्देशन दिएको छ । विभागले आइतबार अनुगमन गरेर एक र दुईतर्फी प्रतिव्यक्ति यात्रा शुल्क ‘के–कति कारणले निर्धारण गरेको हो, प्रमाण पेस गर्नू’ भनी निर्देशन दिएको हो । […]

घाइतेको उपचारमा कमी हुन नदिन काङ्ग्रेस सभापति देउवाको आग्रह

Sher Bahadur Deuba

काभ्रेपलाञ्चोक, १८ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन । उनले आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै नआत्तिन आग्रह गरे । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अस्पतालका चिकित्सकलाई समेत उपचारमा कुनै कमी […]

सत्तारुढ समाजवादी र राप्रपाद्वारा कास्की २ मा उम्मेदवार चयन

कास्की, १८ कात्तिक । कास्कीको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०ले उम्मेदवार चयन गरेका छन् । सत्तारुढ दल समाजवादीले पार्टीका प्रदेश कमिटीका सदस्य इञ्जिनीयर धर्मराज गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका कास्की जिल्ला अध्यक्ष गिरीप्रसाद गुरुङले जानकारी दिए । उम्मेदवार गुरुङ […]