मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा समस्या

भीमदत्तनगर, ७ साउन । सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका मुक्त कम्लहरीले परिचयपत्र नपाउँदा विभिन्न समस्याबाट पीडित बनेका छन् । कैलालीमा तीन हजार र कञ्चनपुरमा सात सय मुक्त कम्लहरी रहेको मुक्त कम्लहरी विकास मञ्चका केन्द्रीय अध्यक्ष सुनिता चौधरीले जानकारी दिईन् । “कैलालीमा चार सय र कञ्चनपुरमा तीन सय मुक्त कम्लहरीले मात्रै परिचयपत्र पाएका छन्”, अध्यक्ष चौधरीले […]

बुटवल: शान्तिसुरक्षाको अधिकार प्रदेशलाई हुनुपर्छ ः सभापति शाह

रुपन्देही, ७ साउन । संसद्को सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले शान्तिसुरक्षाको अधिकार प्रदेशकै मातहतमा हुनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले संविधानमै व्यवस्था भएका विषयमा केन्द्रले एकाधिकार गर्न नहुने समेत बताए । “अधिकार बाँडफाँटमा सङ्घले कन्जुस्याइँ गर्नु हुँदैन, प्रजिअ प्रदेशकै मातहतमा हुनुपर्छ”, उनले भने । सभापति […]

मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै : मुख्यमन्त्री गुरुङ

पोखरा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उनले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको […]

सङ्घीय संसद्का कामकारवाहीबारे कर्णालीमा छलफल

सुर्खेत, ७ साउन । गत आर्थिक वर्ष २०७५/७६ को असार महीनामा सङ्घीय संसद्मा भएका कामकारवाहीबारे कर्णाली प्रदेशमा छलफल भएको छ । नेपाल कानून समाजअन्तर्गत नागरिक संवाद केन्द्र कर्णाली प्रदेश कार्यालयको आयोजनामा सङ्घअन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रस्तुत विधेयक, प्रतिवेदन र विभिन्न संसदीय समितिको काम कारवाहीबारे सोमबार सुर्खेतमा छलफल भएको हो । छलफलमा सरकारले निर्माण गर्ने कानूनमा […]

गुल्मीमा ठूलो पहिरो, ६ जनाको मृत्यु, आधा दर्जन बढी वेपत्ता

गुल्मी, ७ साउन । गुल्मीको सत्यवती गाउँपालिकामा भीषण पहिरो गएको छ । पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने १२ जना वेपत्ता भएका छन् । सत्यवती गाउँपालिका वडा नम्बर ३ र सोही गाउँपालिकाको वडा नम्बर ४ मा भीषण उक्त पहिरो गएको हो । पहिरोमा परेका दुई जनाको उद्धार गरिएको छ । गए राति खसेको […]

माहिला लामा पछि पक्राउ परे जुम्ला सेक्रेटरी सहित २ जना कार्यकर्ता

जुम्ला, ६ असार । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई नेता पक्राउ परेका छन् । हिमा गाउँपालिका–७ धाँचुगाउँका ४६ वर्षीय जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका–२ कालीकोटका युवा सङ्गठन नेपाल कर्णाली ब्यूरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई आज बिहान प्रहरीले पक्राउ गरेको हो । जिल्ला सेक्रेटरी शाहीको घरबाटै दुवै जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन […]

एकाबिहानै रअका प्रमुख दलबलसहित किन पुगे प्रचण्ड निवासमा

काठमाडौं, ६ साउन । भारतीय गुप्तचर संस्था रअका प्रमुख दलबलसहित नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्डनिवास पुगेका छन् । पाँच दिने नेपाल भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका रअ प्रमुख सामन्त गोयल सोमवार विहान प्रचण्डनिवास पुगेका हुन् । नेकपामा भइरहेको कार्यविभाजन र प्रमुख विभागहरुको संयोजक तोक्ने विषयमा प्रचण्ड निवासमा हिँजो आइतवारदेखि वार्ता भइरहेको थियो । पूर्व माओवादीको […]

भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल सुटुक्क नेपालमा

काठमाडौं, ५ साउन । भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख समान्तकुमार गोयल सुटुक्क नेपाल आएका छन् । उनीसहित पाँच जनाको टोली आइतबर काठमाडौंमा उत्रिएको हो । रअ प्रमुख गोयल नेतृत्वको टोली पाँच दिन नेपालमा रहने उच्च सुरक्षा स्रोतले बतायो । उनको नेपाल बसाई अझै लम्बनसक्ने स्रोतको दाबी छ । काठमाडौं उत्रिएको […]

प्रधानमन्त्रीको दावी विपरित मन्त्री यादवले भने, ‘मन्त्रीहरु घुस खुवाउन लागेका छन्, कर्मचारी काँतर छन्’

काठमाडौं, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकारका पालामा भ्रष्टाचार नै नभएको भनेर दावी गर्छन । भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने भनेर निकै कडा कुरा गरेका प्रधानमन्त्री ओलीले त्यो दावी गरिरहँदा उनकै एक मन्त्रीले भने सरकारका मन्त्रीहरुमाथि नै गम्भीर प्रश्न उठाएका छन् । उद्योग तथा वाणिज्य आपूर्ति मन्त्री मातृका यादवले मन्त्रीहरुले नै […]

नेकपामा वैचारिक विवाद ज्युँका त्युँ, स्कुल विभाग तानातान

काठमाडौं ,६ साउन । नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्ने विवाद झनै उग्र भएको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र पूर्वमाओवादी पक्षका नारायणकाजी श्रेष्ठको दाबी परेकाले आन्तरिक टकराव तीव्र भएको हो । पोखरेल र श्रेष्ठ दुवै नेकपाको शीर्ष नेताहरू रहेको नौ सदस्यीय सचिवालयका नेता हुन् । यो विवाद टुंगोमा […]