काठमाडौं, १४ फागुन । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको सम्पती छानविन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै भट्टराईले तेह्रथुमको सानो ‘बुकुरो’मा बस्ने मान्छेको बालकोटमा भव्य दरवार बन्न नसक्ने दावी गर्दै उनको सम्पती छानविन गर्नुपर्ने बताएका हुन् । सो प्रसंगमा भट्टराईले प्रम ओलीको मात्र […]
राजनीति
खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्दै
काठमाडौं, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश प्रसाद खरेल र ज्ञानेन्द्र शाहीले ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान शुरू गर्ने भएका छन् । अभियानको औपचारिक घोषणा भने भोलि बिहीबार साढे दुई बजे काठमाडौंको बिजुली बजारमा एक कार्यक्रम गरी गरिने ज्ञानेन्द्र शाहीले बताए । शाहीले भ्रष्टाचारको अत्य, रोजगारीको सिर्जना, स्वस्थ्य र शिक्षा निशुल्क, राजनीतिक शुद्धीकरण, राष्ट्रियताको […]
नागरिकता कानूनले दिल्लीमा भड्कियो हिंसा, मृत्यु हुनेको संख्या २० पुग्यो
काठमाडौं । भारतको राजधानी दिल्लीमा पछिल्लो तीन दिनदेखि जारी हिंसाका कारण ज्यान गुमाउनेको संख्या २० पुगेको छ । सोमबार रातिदेखि दिल्लीको उत्तरी क्षेत्रमा नागरिकता संशोधन कानून (सिएए) को विपक्ष र समर्थनमा भएको प्रदर्शनले झडपको रुप लिएको हो । घाइतेहरुको उपचार भइरहेको गुरु तेगबहादुर अस्पतालका प्रबन्ध निर्देशक सुनील कुमार गौतमलाई उद्धृत गर्दै समाचार संस्था एएनआईले हिंसाका […]
राष्ट्रियसभा सदस्यमा बामदेवलाई मनोनयन गर्ने नेकपाको निर्णय
काठमाडौं, १४ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।
मन्त्रीका सल्लाहकारबाटै किशोरी बलात्कृत
काठमाडौं, १४ फागुन । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरका आर्थिक मामिला सल्लाहकार अमृतकुमार घलेबाट एक किशोरी बलात्कृत भएकी छन्। सिन्धुली घर भई काठमाडौं बसेर कक्षा १२ मा पढ्दै गरेकी एक किशोरीलाई बलात्कार गरेको पाइएपछि प्रहरीले घलेलाई पक्राउ गरेको छ। काठमाडौं नयाँबजार जान बनेपामा बस पर्खेर बसेकी किशोरीलाई घलेले सम्बन्धित ठाउँ पुर्याइदिन्छु भन्दै आफ्नो मोटरसाइकलमा हालेर […]
अध्यक्षद्वय ओली र दाहाल बिच भेटवार्ता, बालुवाटारमा नेकपा सचिवालयको बैठक
काठमाडौं, १४ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठक बस्दैछ। सचिवालय बैठक अघि एजेन्डाका बारेमा गृहकार्य तथा परामर्शका लागि दुई जना अध्यक्ष बसेको सचिवालयका एक सदस्यले बताए। अध्यक्षद्वयबीचको भेटमा संविधान संशोधनको तयारी र बाहिरको प्रतिक्रिया, गोकुल बाँस्कोटाको अडिओ प्रकरण, एमसीसीलगायतका विषयमा […]
पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै
काठमाडौँ, १४ फागुन । नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले ‘हाम्रो नेपाल हामी नेपाली’ अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए । खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए। […]
नेकपा सचिवालय बैठक बस्दै
काठमाडौं, १४ फागुन । सत्तारुढ दल (नेकपा) कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा के विषयमा छलफल हुने भन्नेमा एजेण्डा खुलाइएको छैन । बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता रसंविधान संशोधनबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने […]
राष्ट्रपति स्वागतका लागि नगरपालिकाले दियो सार्वजनिक बिदा
काठमाडौं, १४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी भवन उद्घाटनका लागि बिहीबार बैतडी जाने भएकी छन् । राष्ट्रपति जाने भएपछि बैतडीस्थित पाटन नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । बैतडीको पाटन नगरपालिका–६ मा निर्माण भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटी भवन उद्घाटनका लागि राष्ट्रपति भण्डारी बिहीबार बैतडी जान लागेकी हुन् । त्यस्तै, नागरिक अभिनन्दन लगायतका […]
नेकपाको नाङ्गो यथार्थ सार्वजनिक, सञ्चार मन्त्रालय भ्रष्ट्राचारको अखाडा: रिजाल
काठमाडौँ, १३ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. मीनेन्द्रप्रसाद रिजालले सरकारको नेतृत्व गरिरहेकोे नेकपाको नाङ्गो यथार्थ सार्वजनिक भएको बताएका छन । निवर्तमान मन्त्री गोकुल बाँस्कोटाले ७० करोड मागेको विषयमा कटाक्ष गर्दै नेता रिजालले बहालवाला मन्त्रीलाई ७० करोड घुस दिनेलाई नै ठेक्का दिने तयारी गर्नुले सरकारले बढी घुस जस्ले दिन्छ त्यसैलाई प्रोत्साहन गर्न […]











