अध्यक्षद्वय ओली र  दाहाल बिच भेटवार्ता, बालुवाटारमा नेकपा सचिवालयको बैठक

काठमाडौं, १४ फागुन । प्रधानमन्‍त्री निवास बालुवाटारमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । अध्यक्षद्वयबीचको छलफलपछि सचिवालय बैठक बस्दैछ। सचिवालय बैठक अघि एजेन्डाका बारेमा गृहकार्य तथा परामर्शका लागि दुई जना अध्यक्ष बसेको सचिवालयका एक सदस्यले बताए।

अध्यक्षद्वयबीचको भेटमा संविधान संशोधनको तयारी र बाहिरको प्रतिक्रिया, गोकुल बाँस्कोटाको अडिओ प्रकरण, एमसीसीलगायतका विषयमा छलफल भएको बुझिएको छ। पछिल्लो समयमा सरकार र पार्टीले नागरिक स्तरबाट खेप्‍नुपरेको व्यापक आरोप र आलोचना कसरी सामना गर्ने भन्‍नेबारेमा छलफल केन्द्रित रहेको थियो। सचिवालयमा बैठकमा कार्यदलको प्रतिवेदनपछि एमसीसीमा कसरी अघि बढ्ने भन्‍ने बारेमा पछि छलफल हुने भएको छ।

Loading...