नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं, १४ फागुन । सत्तारुढ दल (नेकपा) कम्युनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक बुधबार बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे बस्ने बैठकमा के विषयमा छलफल हुने भन्नेमा एजेण्डा खुलाइएको छैन ।

बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता रसंविधान संशोधनबारे छलफल हुने बताइएको छ। साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने सम्भावना छ ।

पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने सम्भावना रहेको स्रोतले बताएको छ। बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ।

९ फागुनमा एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाएको थियो । कार्यदलको सो प्रतिवेदनबारे शीर्ष नेताहरुले आज आ आफ्नो प्रतिक्रिया दिनेछन् ।

Loading...