काठमाडौँ, २८फागुन । काठमाडौँ महानगरपालिका भित्र रहेका मूर्त अमूर्त सम्पदा पुनर्निर्माण र संस्कृतिलाइ बचाउन महानगरपालिका आफै सक्षम रहेको काठमाडौँ महानगर पालिकाका मेयर बिद्या सुन्दर शाक्यले बताउनुभएको छ । महानगरपालिका अन्तर्गत १७ वडा स्थित इन्द्रायणी मन्दिर परिषद भित्र मंगलबार महानगरपालिकाको अनुदान सहयोगमा निर्माण हुन लागेको सत्तल निर्माणको सिलान्यास गर्दै मेयर शाक्यले सम्पदा पुनर्निर्माणमा सबैको सहयोगको अपेक्षा […]
राजनीति
सभा गृहमा आयोजित समारोहमार्फत राप्रपा र राप्रपा संयुक्तबीच एकता
काठमाडौँ, २८ फागुन । राप्रपा र राप्रपा संयुक्तबीच एकता भएको छ । राजधानीको राष्ट्रियसभा गृहमा आयोजित एक समारोहमार्फत दुई पार्टीबीच एकता घोषणा गरिएको हो । शनिबार दुई पार्टीबीच एकता गर्नेगरी १० बुँदे समझदारी भएसँगै बुधबार औपचारिक कार्यक्रम गरी पार्टी एकता घोषणा गरिएको हो । एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति […]
प्रधानमन्त्री ओली आजै डिस्चार्ज हुन सक्ने
काठमाडौँ, २८ फागुन । दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुधबार साँझसम्म अस्पतालबाट डिस्चार्ज गर्न सकिने चिकित्सकहरूले बताएका छन्। प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणमा संलग्न त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीका मंगलबार साँझसम्मका सबै स्वास्थ्य रिपोर्टहरू सामान्य आएकाले उनलाई बुधबार डिस्चार्ज गर्न कुनै समस्या छैन। ‘आजका केही रिपोर्टहरू आउन बाँकी छ । […]
कार्यबाहक सभापतिको जिम्मेवारी खोसिएपछि पौडेलको पक्ष आन्तरिक छलफलमा
काठमाडौं, २८ फागुन । नेपाली काँग्रेस नवलपरासीका कार्यवहाक सभापति अर्जुन पोखरेलको जिम्मेवारी खोसिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आपत्ति जनाएको छ । सभापति शेरबहादुर देउवाले फागुन २३ गते महासमिति सदस्य विष्णु पौडेललाई नवलपारासीको जिल्ला सभापति तोकेपछि पार्टी कार्यालय सानेपामा पौडेल पक्ष आन्तरिक छलफलमा जुटेको हो । बैठकमा सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । वरिष्ठ नेता […]
विप्लव नेकपाले दियो गोकुल बास्कोटाको घरमा बम विष्फोट गर्नुका १० कारण
काठमाडौं, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा भएकाे प्रेसर कुकर वम विस्फोटकाे जिम्मेवारी नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले लिएकाे छ । बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट गर्नुका १० कारणसहितकाे पत्र नेकपाले सार्वजनिक समेत गरेकाे छ । बुधबार बिहान पौने ८ बजेतिर भक्तपुरको मध्यपुर थिमी नगरपालिका १ […]
बिस्फोटका योजनाकार देव गुुरुङ पक्राउ
काठमाण्डौँ, २८ फागुन । पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । पक्राउ परेका गुरुङ विप्लब नेतृत्वको नेकपा भक्तपुरका जिल्ला सदस्य रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । […]
गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा एकाबिहानै बम विष्फोट
भक्तपुर, २८ फागुन । निर्वतमान संचारमन्त्री गोकुल बाँस्कोटाको भक्तपुर स्थित घरमा प्रेसर कुकर वम विस्फोट भएको छ । बास्कोटाले भक्तपुरमा बनाउँदै गरेकाे नयाँ घरमा बम विष्फाेट भएकाे हाे । बम विष्फोटबाट घरको कम्पाउन्डमा क्षति पुग्नुका साथै छिमेकीका घर र एउटा भ्यानमा समेत क्षति पुगेकाे बताइएकाे छ । विस्फोटबाट घरको सिसाहरु पनि फुटेका छन् । घटनापछि […]
मुख्यमन्त्री शेरधन राईलाई श्रीमान दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता
काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री तथा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता शेरधन राईलाई आफ्नो पति दाबी गर्दै एक महिलाले अदालतमा अंश मुद्दा दायर गरेकी छन् । दोलखा घर भएको बताउँने बालिका खड्काले मुख्यमन्त्री राईविरुद्ध शुक्रबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द प्रसाद श्रेष्ठका अनुसार […]
पुरानो बसपार्क मासेर ३२ तले भ्यूटावर बनाउने भनेका ठेकेदार भेटवाल पक्राउ
काठमाडौं । ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन् । काठमाडौंको पुरानो बसपार्कमा बन्दै गरेको ३२ तले ‘काठमाडौं भ्यूटावर’ ठेक्का लिएर निर्माण कार्य गरिरहेका भेटवाल पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । तेह्रथुम घर भएका भेटवाललाई बैंकिङ कसुर गरेको अभियोगमा पक्राउ गरिएको महानगरीय परिसरंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए […]
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, एकदुई दिनमै डिस्चार्ज हुने
काठमाडौं, २७ फागुन । मिर्गौला प्रत्यारोपण गरेर एक सातादेखि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महराजगञ्जमै आराम गरिरहेका प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आइरहेको छ । ओलीको स्वास्थ्यमा नियमित सुधार आइरहेकाले उनको केही दिनमै डिस्चार्ज गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । ओलीको मिर्गौला प्रत्यारोपणको सातौं दिन आज चार बजे अस्पतालले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको […]











